राष्ट्र बैंकले भन्यो : निक्षेप भन्दा बढी कर्जा प्रवाहले वित्तीय असन्तुलन

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेपको तुलनामा कर्जा लगानी बढी भएको भन्दै यसले वित्तीय असन्तुलन निम्त्याएको ठहर गरेको छ । समीक्षा अवधिमा कर्जाको वृद्धिदर निक्षेप परिचालनभन्दा लगातार उच्च रहँदै आएको छ । कर्जा प्रवाह १९.५ प्रतिशत वृद्धि भएको छ । निक्षेप परिचालनको १५.३ प्रतिशत मात्र रहेको छ । सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय असन्तुलनमा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेपको तुलनामा कर्जा लगानी बढी भएको भन्दै यसले वित्तीय असन्तुलन निम्त्याएको ठहर गरेको छ । समीक्षा अवधिमा कर्जाको वृद्धिदर निक्षेप परिचालनभन्दा लगातार उच्च रहँदै आएको छ । कर्जा प्रवाह १९.५ प्रतिशत वृद्धि भएको छ । निक्षेप परिचालनको १५.३ प्रतिशत मात्र रहेको छ । सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय असन्तुलनमा सहजता ल्याउने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।

चालु आवको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचलानको तुलनमा ९५ अर्ब १८ करोड रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । ९ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचालन २ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ मात्र गरेका छन् । यस्तै ३ खर्ब २२ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

हालसम्म बैंकले २६ खर्ब २ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ९ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । चैतसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.७, ३५.८ र ४४.९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.१ प्रतिशत छ ।

निजी क्षेत्रतर्पm प्रवाहित मध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको १६.२, विकास बैंकको २४.७ र वित्त कम्पनीको १० प्रतिशत बढेको छ । चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको मध्ये ६१.४ कर्जा घर जग्गाको धितोमा र १४.८ चालू धितोमा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७०.९ प्रतिशत अर्थात ४५ अर्ब ७५ करोड रुपैयाँ वृद्धि भई १ खर्ब १० अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज १० र ओभरड्राफ्ट कर्जा १४ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १३.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत चैत मसान्तमा १५ अर्ब ११ करोड रुपैयाँ पुनरकर्जा लगानीमा छ ।

भूकम्प पीडितहरूलाई २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न शून्य ब्याजमा उपलब्ध गराउने व्यवस्था अन्तर्गत गत चैतमा १ अर्ब ५० करोड रुपैयाँ पुनरकर्जा उपयोगमा रहेको छ ।

सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६ हजार ९५६ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ७ अर्ब ८४ करोड रुपैयाँ कर्जा बक्यौता छ । ४१ करोड ८० लाख ब्याज अनुदान प्रदान गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

Share News