डाटा डिस्प्लेमा समस्या देखिएपछि नेप्सेले भन्यो- ‘सरी ’

  २०७६ जेठ २३ गते १२:३५     विकासन्युज

काठमाडौं । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को साइटमा समस्या देखिएको छ । बजार खुलेको करिब एक घण्टाको अवधिमा नेप्सेको लाइभ डाटा डिस्प्लेमा समस्या देखिएको हो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेप्सेको डाटा देखाउने सर्भरमा समस्या देखिएको र समाधानकाे लागि प्राबिधिक टोलीले काम गरिरहेको बताए । उनले भने विकान्युजसँग भने- ‘साइटमा समस्या देखिएपछि कारोबार भने टीएमएस प्रणालीबाट भइरहेको छ ।’

साथै, नेप्सेले डाटा डिस्प्लेमा समस्या उत्पन्न भएसँगै लगानीकर्तामा परेको असहजता प्रति ‘सरी’ भनेको छ ।

नियमित समयमै खुला भएको बिहीबारको नेप्से केही समयमै ६ अंकले उकालो लागेको थियो ।