जनउत्थान लघुवित्तको असार २ गते बुक क्लोज, १००% हकप्रद सेयर निष्काशन गर्दै

  २०७६ जेठ २३ गते १३:२१     विकासन्युज

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आगामी असार २ गते बुक क्लोज हुने भएको छ । संस्थाले सेयरधनीलाई हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।

संस्थाले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले गत २०७४ साल पुस ३० गते बसेको सातौं वार्षिक साधारणसभाले पारित गरेबमोजिम सो मात्राको सेयर निष्काशन गर्न लागेको हो ।