कविता


भो नसुत डा. केसी ! (कविता)

भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौहरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त के भो यहाँ डकारेर सुत्नेहरुकै इज्जत छ, भो नसुत अब घुम्ने मेच माथी डा. केसी तिमी बलिको बोको बन्ने निश्चित छ, यो देशका काकाहरुलाई तिमी मरेकै मा फाइदा छ, भो नसुत अब निर्दाहरुको पक्षमा, उठ जुरुक्क डा. केसी जाउँ तिमी जनताको माझमा अनि उठाउ निमुखाले जीवन जीउने एजेण्डाहरु, तिमीलाई स्वागत गर्न पर्खिरहेछ गरिबको झुपडी, म गरिबको छोरो कसरी डाक्टर बन्न सकुँला र डा. केसी ? डाक्टर बन्न त धनीको कोखमा पो जन्म लिनु पर्छ हैन र ? तिम्रो इमानले यो देश चल्ने भए बेइमानले भिखारी बनेको कहाँ सुहाउँछ र यहाँ, भो नसुत डा. केसी तिम्रो इमानको खरानी दलिसके चण्ड मुण्डहरुले त्यो सुकिलो अनुहारमा, तिमी भीरको चिचिण्डो बन्नु अघिनै उठ जुरुक्क डाक्टर केसी शहरका भाग्यले ठगिएकाहरुलाई तिम्रो खाँचो छ, तिम्रो अस्तित्व मेटिदा गरिबको अस्तित्व अवश्य डग्मगाउने छ, तिमी उठेनौ भने म कसरी डाक्टर बनुँला र त्यसैले त तिमीलाई स्वागत गर्न पर्खिरहेछ गरिबको झुपडी । बिराटनगर

स्वच्छन्द भई आकाशमा उड्न मन लाग्यो 

स्वच्छन्द भई आकाशमा उड्न मन लाग्यो हिमचुलिको काखमा निदाउन मन लाग्यो हृदयदेखी सबैलाई स्वागत गर्न मन लाग्यो शान्त छन गगन अनि, स्वतन्त्र छन् पखेटाहरु शान्तिका दूत बनि, सन्देश छर्न मन लाग्यो हरेकको भित्री मनमा, उत्साह भर्न मन लाग्यो निदाएका छैनन् मेरा यी, सपना अझै देख्दैछु चारैतिर उमङ्ग अनि, सौहार्द हेर्न मन लाग्यो मिलनका गीत सँगै, बासुरी बजाउन मन लाग्यो कल्कलाउदा छन् रहर मेरो, प्रीतको धुनमा रम्दै सङ्गीतको तालमा ताल मिलाई नाच्न मन लाग्यो हृदयदेखि सबैलाई फेरी स्वागत गर्न मन लाग्यो अतृप्त छन् चाहना मेरो, अझै मुस्कुराउन पाउँ जताततै सबैतिर खुशियाली भर्न नि भर्न पाउ परेवाको पखेटामा, शान्तिको बिउ नि छर्न पाउ कलिला ती पाइलाहरु, लम्किदैछ देख्दैछु बुद्धका देशमा, उपदेश होइन मित्रता गर्न आउँदैछु त्यसैले तँ मुटु खोली हास्न मन लाग्यो एक्लै होइन एकजुट होउ, बाटो आफै बन्दै जान्छ पाइला पाइला अघि बढौं कसिङ्गर नि हराउँछ शान्ति दीप प्रज्बलन गर्न, धेरै मन लाग्यो हृदयदेखि सबैलाई स्वागत गर्न मन लाग्यो

बालदिवसको नाममा कोकोहोलो गर्दै नगर (कविता)

२९ भाद्र आज फेरि मनाइदैछ बाल दिवस लाखौँ बालबालिका जिउदै मर्न छन् यहाँ विवश बाल दिवसको नाममा बन्ने लाखौँका भर्पाइ अनि बिल हुन्छन् के यो वर्ष किनकी कोरोनाले तारे होटल सब छन् सिल । खोलाको किनारमा बाबु आमा संगै गिट्टी कुट्ने इटा भट्टामा आफु भन्दा गहौ भारी बोकी कुद्ने गल्ली गल्लीमा फोहरसंग भेटिने बालअधिकार सबै गरिबीमै रेटिने । निशुल्क शिक्षा संविधानको धारामै सिमित हुँदा स्कुल छोड्न बाध्य छन् बालबालिका कापी र कलम नहुँदा सिकुटे शरीर छ पौष्टिक आहार कुन चरिको नाम हो मन्त्रालय पनि छ रे त्यसको खै के काम हो । ट्याम्पो अनि ट्याक्सीमा झुण्डिएर दिनभरी सम्झिन्छ विद्यालय अनि भविष्य घरीघरी बाल विकास, बचाउ संरक्षण र सहभागिता बाल अधिकार संरक्षणमा खै कस्को छ संवेदनशिलता । विकास छैन सबैतिर तिरस्कारमा बालबालिका परिवारमै सुरक्षित छैनन् नेपालमा बालबालिका बाल सहभागिता समाजमा विरलै स्वीकारिन्छ माउ भन्दा चल्ला बाठा भनेर हकारिन्छ । पर्दैन हाम्रा नाममा सेमिनार अनि गोष्ठी गर्न वर्षको एकदिन शुभकामनाले पत्रिका भर्न सक्छौ भने संवैधानिक व्यवस्था कार्यान्वयन गर नत्र बाल दिवसको नाममा वर्षको १ दिन कोकोहोलो गर्दै नगर । कोहलपुर बाँके

अब देश अम्रिका हुँदैछ हरी

अब देश अम्रिका हुँदैछ हरी । हराएको तिम्रो DV कागज, खोज्न जरुर छैन हरी, भुलेको त्यो DV Code, सोच्न जरुर छैन हरी !! पहिले पो दुःख थियो यहाँ, थिए थुप्रै बाधा अडचन, हिलो थियो, धुलो थियो, गरिबीको गन्ध थियो, विभेद मञ्चन भै रहन्थ्यो । राजनिती पनि अस्तव्यस्त थियो, नेता पनि भ्रस्ट थिए, जनतालाई कष्ट थिए । राजा पनि एउटै थिए, रानी पनि एउटै ! गाउँमा स्कुल थिएनन् , स्कुल थिए विद्यार्थी थिएन्न, विधार्थी थिए, मास्टर थिएनन् । रहर थिए, शहर थिएनन , शहर बन्दा रहर परदेश पुगे । जवान देख्न पाईन्थेन, बिरोजगारीको रोग थियो । सपनाका आकार थिएनन् । समाधानका प्रकार थिएनन् । बुढाबुढिले गाउँ ढकमक्क थिए । बाटो थिएन, बत्ती थिएन, अनेकन गुनासा थिए, कति सरकारसङ्ग, कति बाआमासङ्ग कति आफ्नै भाग्यसङ्ग । यस्तै थुप्रै बेदना थिए । विडम्बना थिए । दोष थिए, अफसोच थिए । तर आज देश बद्लेको छ हरी, सङ्गै परिवेश पनि बदलेको छ हरी ! हो देशको स्वरुप पनि बद्लेको छ ! हिजोको जस्ता अध्यारो छैन । न छ गरिबको गन्ध , नेता बाईबलका भक्त छ्न्, सप्पै अचेल धार्मिक भा छ्न् ! सयौ राजा छन, सयौ रानी छ्न् ! जनता पनि घरमै सुतेर खान्छ्न् ! रहर पनि शहरका कोठामै छ्न् ! हात हातमा मुबाईल छ ! मुबाईल भरी खाता छ्न् ! खुसी हुन सिकाउने Google छ ! लुडो को Worldcup खेलिन्छ ! फुट्बल जस्तो ४ वर्ष कुर्नु पर्दैन ! अनलाईनमै अन्त्यष्ठी गरिछ ! रुनु पर्दैन ! आसु पनि कृतिम छ्न् । सब विज्ञानको फड्को ! देशमा आमूल परिवर्तन भा छ ! हो हरी, खत्रा परिवर्तन भा छ ! जवान हर्षिदै देश फिर्दैछ्न्, वर्षौ भएर होला, बाटो बिराएछ्न क्यारे ! कोहि जङ्गल हुदै आउदै छन् । कोहि महाकालीमा पौडेर आउदैछ्न् ! देश फिर्न जोखिम मोल्न राजी छ्न् ! सब देश फिर्न आतुर  छ्न् । mexico सिमामा अमेरिका छिर्न, गरेको संघर्ष भन्दा कम छैन ! अर्को कुरा सुन हरी, स्कुल पनि रित्ता छ्न् ! अब एउटै कक्षामा १,२,३,४ सङ्गै, सबलाई राखेर पढाउनु पर्दैन । नबोक्नु नै पर्छ ५ किलो भारी ! हेर त देश साच्चै बद्लेको छ ! विभेदलाई पनि जनताले भेरिमा बगाईसके ! गरिबी त बाकी के रहन्थ्यो र ? रोग पनि थ्रुरै कामी रहेको छ र पो, सरकार स्वास्थको प्रमाणपत्र बाडि रहेको छ ! तीन बजे उठने कालिमाटी, टुकुचा रात भरी नसुत्ने ठमेल, पोखरा गन्तव्यमा नपुगेका मोटर, घोडा, हेर त सब लामो निन्द्रामा छ्न्! आराममा छ्न ! सडकमा धुलो हराई सक्यो । न बाकी नै छ हिलो । रङ्गिबिरङ्गी फुल देखिन्छन् , हिमाल पनि सेतै, खुला निलो आकाश , कन्चन ताल तलैया , न धोनी प्रदुषण छ । न छ वायु प्रदुषण  । पशुपतिनाथ, स्वयम्भुनाथ पुर्वको पाथिभरा, पश्चिमको छायानाथ, भाकल पुजा बिनै सन्तुष्ट छ्न् ! Yes i have a Dream ! Is no more need to repeat ! अनि किन जाने अम्रिका हरी ? यसै भन्दा उत्तेजित हुँदै, श्रीराम सरको लाईनमा, तिमिलाई सोध्न मन लाग्छ ! R u believe me ? देख्दै छौ नि आफै तिमी ! अब देश अम्रिका हुदैछ हरी ! भोलि MCC पर्सि BRI पनि त पास हुदैछ हरी ! अब देश अम्रिका हुदैछ हरी ! १५ हजारमा तु बनाएको पासपोर्ट, ३ घण्टा लाईनमा बसेर भरेको EDV, फर्किदा खाएको रु. ८० को म:म, अनि दाह्री कपाल काटेको दाम खेर गो हरी ! अब हर साल DV भर्नुपर्दैन हरी ! नबस्नु पर्नेछ ३ घण्टा लामो लाईन ! न काट्नुपर्ने छ गालाका काला दाह्री ! दराजमै बूढो हुने भो पासपोर्ट पनि ! अब जानू पर्दैन अम्रिका हरी !! त्यसैले, हराएको तिम्रो DV कागज, खोज्न जरुर छैन हरी , भुलेको त्यो DV Code , सोच्न जरुर छैन हरी !! अब यो देश नै अम्रिका हुँदैछ हरी !

श्रमिक वेदना

    चुहिन्छन् पसिना हाम्रा दिनहुँ झरना सरि    खिइन्छन् तनका हड्डी खान पुग्दैन तैपनि !    उज्यालो भुइँमा खस्ता थाल्यो जोतिन काममा    आधा रात हुँदासम्म आराम हुन्न ज्यानमा !!    सधैं असारको पन्ध्र, हुन्न फुर्सदको क्षण    पेट पाल्नै सधैं गाह्रो बढ्दैछ गरिबी झन !    शिक्षा स्वास्थ भए स्वप्न छैनन् पहुँचमा कुनै    न्याय भो कल्पनामात्रै घटेन दासता अझै !!    बढ्छ बजारमा भाउ सेवा वस्तु सबैतिर    बढ्दैन श्रमको मूल्य झाँगिदै जान्छ शोषण !    हाम्रो श्रम डकार्दैछन् ठालुहरू बसीबसी    अवस्था बिग्रदो हाम्रो रातोदिन खटे पनि !!    हाम्रो नाम भजाएर सत्तामा उक्लिए कति    योजना बुनिए लाखौं हाम्रो उन्नतिका पनि !    हाम्रो चर्चा भयो धेरै गोष्ठी भेला जताततै    किन्तु भलाइका निम्ति काम शून्य भए सधैं !!    हाम्रैनिम्ति खुले भन्छन् संघसंस्था धमाधम    छन् रे कानूनका ठेली हाम्रै उन्नति खातिर  !    पक्ष विपक्ष सत्ताका भिडन्तमा जुटे अरे   कठै! हाम्रो अवस्था यो सुध्रिएन कसै गरे !!                                      पोकली, ओखलढुंगा