कोरोना महामारी र हाम्रो भविष्य  (निबन्ध)


देशमा स्मार्ट सिटी होइन स्मार्ट कृषिको विकास हुनेछ

प्रकृति अहिले बिरामी परेको छ । उसलाई केहि समय आराम अनि शान्तले श्वास फेर्न स्वच्छ हावा चाहेको अवस्था छ ।अर्थात मानव स्वार्थी क्रियाकलापबाट पृथ्वी दुषित बनेको छ । गहिरिएर बुझ्नु पर्दा प्रकृतिले वास्तविक भाइरसलाई संशोधन गरेको अवस्था भनेर बुझ्न सकिन्छ । जब पृथ्वीमा विकासको नाममा विनाश हुँदै जान्छ, जसले विश्वकै अस्थित्वलाई धरापमा पार्दछ । यस्तो कठिन परिस्थितिमा प्रकृतिले आफुलाई रिचार्ज गर्न अर्थात स्वस्थ रहन र सम्पुर्ण मानव जातिलाई भयानक घट्नाबाट बचाउन यस्ता विभिन्न कदमहरु चाल्नु पर्ने अवस्था आउछ । जसलाई प्राकृतिक प्रकोप भनेर चिनिन्छ । भुकम्प, आगलागी, सुनामी, रोगब्याधी जस्ता प्राकृतिक प्रकोपबाट बेला बेलामा मानव जातिले ठुलो  परिमाणमा धन जनको क्षति ब्यहोर्नु पर्दछ । मानव सभ्यताको इतिहास हेर्दा महामारीको संक्रमणबाट पनि करोडौ मानवीय क्षति भएको पाइन्छ । मानव जातिले यो भन्दा पहिले धेरै वटा महामारीको सामना गर्नु परेको थियो । ब्ल्याक डेथ नामक महामारीबाट सबै भन्दा बढी १३ करोड माथिले ज्यान गुमाउनु परेको थियो । यस रोगको संक्रमणले सन १४४७ देखि १३५३ सम्म तान्डब मच्चाए, करिब छ बर्षको अन्तरालमा यसबाट युरोपको एक तिहाइ जनसंख्या बिनाश भएको थियो । सन १५२० मा फैलिएको बिफरले पटक पटक गरि हालसम्म ५ करोड भन्दा माथिको ज्यान लिइसकेको छ । त्यस्तै, हैजाले १० लाख भन्दा बढिको मृत्यु भएको अनुमान गरिएको छ। सन १८८८ मा हैजाबाट काठमाडाैंमा मात्र ९ हजारको ज्यान गएको थियो जुन बेला यहाँको जनसंख्या ५० हजार थियाे । स्पेनिस फ्लु नामक महामारीले पाँच करोडको ज्यान लिएको थियो । एचआईभी एड्सबाट तीन करोड बीस लाख जतिको ज्यान गएको तथ्यांक छ । त्यस्तै एसियन फ्लु, सार्स कोरोना, स्वाइन फ्लु, दादुरा आदि महामारीले पनि लाखौको ज्यान गएको थियो । सन २०१४ देखि २०१६ सम्म फैलिएको इबोला भाइरसलाई सबैभन्दा अन्तिम महामारीको रुपमा लिन सकिन्छ । महामारीको तथ्यांक अनुसार उच्च मानवीय क्षति भएको महामारीहरुमा ब्लाक डेथ, बिफर, स्पेनिस फ्लु, एचआईभी एड्स, एशियन फ्लुलाई मानिएको छ । विगतका धेरै जसो महामारीहरु जनावरबाट सरेको देखिन्छ । विश्व मानव सभ्यताको इतिहास केलाउदा जस्तोसुकै महाबिपत्तिमा पनि मानव जातिले लडेर जीत हासिल गरेको देखिन्छ तसर्थ एकाइसौं शताब्दीको खोज प्रविधिको युगलाई प्रयोग गरि ढिलो चाडो  प्रकृतिको नियम, प्रक्रिया अनुसार मानव जातिले यस महामारीलाई पार गरि पुनः सामान्य जीवनमा फर्कनेछ । लेखक जुनसुकै घट्नाको पछाडी राम्रा नराम्रा दुबैपक्षबाट हाम्रो भविष्य जोडिएको हुन्छ। चाहे त्यो सानो होस् या कोरोना संक्रमण जस्तो  बिकराल परिस्थिती जसले विश्वलाई नै हल्लाइ दिएको छ। आजको चुनौतीलाई अबका दिनहरुमा नयाँ सोच, खोज र बिकल्पका साथ लाग्ने हो भने हाम्रो भविष्यमा नयाँ पालुवा पलाउने छ। सन २०१९ डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस महामारीलाई विश्व स्वास्थ्य संगठनले कोभिड-१९ नाम दिएका छन् र यसलाई विश्व महामारीको रुपमा घोषणा गरेको छ। यो कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो जुन यो भन्दा पहिले मानव जातिमा भेटिएको थिएन । यस किसिमको भाइरस मानवीय सम्पर्कबाट सजिलै सर्दछ । यो रोग हावाबाट सर्ने नभएता पनि संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युं गर्दा निस्कने छिटाबाट यसको भाइरस  नजिकको व्यक्तिमा सर्दछ। यस संक्रमणको विरुद्धमा हालसम्म भ्याक्सिन वा औषधि पत्ता लागेको छैन । सुरुमा सामान्य रुघाखोकी जस्तै लक्षण देखिने, लगातार सुख्खा खोकी लाग्ने, १०४ डिग्रीफरेनहाइट वा सो भन्दा बढी ज्वरो आउने जस्ता लक्षणहरु देखापर्छ, रोग गहिरिएर श्वास फेर्न गार्हो हुने र यसले मृगौलामा समेत नराम्रो असर पार्दछ । यसबाट बच्न बेला बेलामा राम्रोसँग साबुन पानीले हात धुने र भौतिक दुरि कायम राख्नु नै यसको प्राथमिक उपाय हो । आज कोरोना भाइरसको संक्रमणबाट विश्वमा नै हाहाकार मच्चिएको छ। यसले विज्ञानलाई नै चुनौती दिएको छ । विश्वका कतिपय देशहरु लकडाउनमा छन् । यति धेरै मानिसहरुलाई एकै चोटी लकडाउनमा पारेको पहिलो पल्ट हो । यो लेख तयार पार्दासम्म विश्वका करिब २०९ देशहरुमा यो संक्रमण फैलिसकेको छ। विश्वमा १९ लाख २६ हजार भन्दा बढी संक्रमित एक लाख १९ हजार भन्दा बढिको मृत्यु निको भएका ४ लाख ५२ हजार भन्दा माथी आजसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित र मृत्यु अमेरिकामा भएक छन जहाँ ५ लाख ८७ हजार भन्दा माथि संक्रमित २३ हजार भन्दा बढीको मृत्यु भै सकेको छ। छिमेकी देश भारतमा समेत यो रोगको संक्रमण १० हजार नाघिसकेको छ भने ३ सय ३९ भन्दा बढीको मृत्यु भै सकेको छ। यो मृत्यु हुने र संक्रमणको प्रकृया दिनानुदिन बढ्दै छ । सन १८८८ मा हैजाबाट काठमाडाैंमा मात्र ९ हजारको ज्यान गएको थियो जुन बेला यहाँको जनसंख्या ५० हजार थियाे । स्पेनिस फ्लु नामक महामारीले पाँच करोडको ज्यान लिएको थियो । एचआईभी एड्सबाट तीन करोड बीस लाख जतिको ज्यान गएको तथ्यांक छ । त्यस्तै एसियन फ्लु, सार्स कोरोना, स्वाइन फ्लु, दादुरा आदि महामारीले पनि लाखौको ज्यान गएको थियो । युरोपेली देशहरुमा यसको संक्रमण फैलने गति तीब्र छ। यस महामारीको उच्च चपेटामा परेका देशहरुमा अमेरिका, इटाली, फ्रान्स, स्पेन, जर्मनी, बेलायत आदि छन् । यसको संक्रमणको प्रकृति हेर्दा विश्वमा ठूलै संख्यामा मानव क्षति हुने आशंका गर्न सकिन्छ। आफन्त गुमाउनु पर्ने पिडा संगसंगै एकाइसौं शताब्दीको मानव स्वतन्त्रताको परिवेशमा लामो समयसम्म लकडाउनको अवस्थाले विश्व नै अस्तब्यस्त अनि जनजीवन कष्टकर बनेको छ । संक्रमणको अवस्था हेर्दा विश्व कतिसम्म थुनेर बस्नु पर्ने हो यसको आँकलन गर्न सकिने अवस्था छैन । शुरुको संक्रमणको अवस्थामा चीनमा मात्र हुँदा विश्व स्वास्थ्य संगठन लगायत अन्य मुलुकहरुले त्यति गम्भीरतापूर्वक लिएका थिएनन् । जसले पुर्व तयारीको जोहो गर्न नसक्दा अमेरिका, इटाली जस्ता सम्पन्न योग्य देशहरुले ठूलो संख्यामा मानव क्षति सहनु परेको छ। कति देशहरुले यस  महामारीलाई सरकार एवम् जनताले गम्भीरतापूर्वक नलिदा ती देशहरुले ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ। सम्बन्धित विशेषज्ञहरुले यसलाई तेस्रो विश्व युद्धको संज्ञा समेत दिएका छन् । यस संक्रमणको अवस्थाको छाप कहिलेसम्म भन्ने अनुमान गर्न सकिने अवस्था छैन . त्यसैले विश्वले ठूलो संकट झेल्नु पर्ने देखिन्छ। इटाली, अमेरिका जस्ता पर्याप्त स्रोत, साधन, जनशक्ति भएका देशहरु पनि कोरोना भाइरसको अगाडी झुक्नु परेको अवस्थाले विकाशोन्मुख देशहरुमा संक्रमण फैलियो भने समस्या भयावह हुनसक्ने संकेत देखिन्छ । संक्रमणले प्रत्यक्ष रुपमा मानवीय क्षतिका साथसाथै अबको विश्वमा आर्थिक, राजनैतिक, सामाजिक, शारीरिक, मानसिक, नैतिक क्षेत्रमा नराम्रो धक्का लाग्नेछ। विश्वमा उधोग कलकारखाना व्यापार ठप्प भएको अवस्था छ । लकडाउनको अवस्था लामो समयसम्म रहेमा संसारभरि आवश्यक सामाग्रीको बिस्तारै कमि  हुँदै जानेछ । सामानको मुल्य आकाशिने छ । मानिसमा पुंजीको कमि भइ आवश्यकता जोहो गर्न गाह्रो  हुनेछ जसले भविष्यमा गरीबी, बेरोजगारी, पारिवारिक समस्या, सामाजिक कलह बढ्ने छ। आवश्यकता परिपुर्तिका लागी चोरी, डकैती जस्ता अपराधिक कृयाहरु बढ्नेछन् । नैतिकताको  हनन् हुनेछ यसरी लामो समयसम्म संक्रमणको तनावमा रहनु पर्दा रोग प्रतिरोधात्मक शक्ति कमी भै विभिन्न रोगका शिकार हुनु पर्नेछ । मानिसहरुमा आत्मबल घटेर पहिलेको जस्तो काम गर्न सक्ने सामर्थ्य हुने छैन । यस्तो परिस्थितिमा मानसिक रोगी बन्ने धेरै संभावना छ जसले स्वास्थ्यमा नकारात्मक असर परि अर्थतन्त्रमा नराम्रो झट्का लाग्नुका साथै अन्य क्षेत्रमा पनि यसको छाप पर्नेछ । विश्व नै त्रसित भैरहेको अवस्थामा विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना संक्रमणको उच्च जोखिममा छ भनिरहँदा शुरुमा सरकार एवम् आम मानिसहरु कति पनि चिन्तित थिएनन् । हाम्रो भौगोलिक अवस्था, खानपान, दैनिक जीवन चर्याको कारण नेपालीलाई संक्रमण हुँदैन, हामी त वीर गोर्खाली पो हो त भन्ने टिका टिप्पणी, व्यंग्य गरिरहँदा नेपाल पनि यस संक्रमणको दायरामा पर्यो । फ्रान्सबाट नेपाल फर्किएकी एक महिलामा कोरोना संक्रमित भन्ने समाचारबाट सरकार बिउँझियो अनि तत्कालै चैत ११ गतेबाट एक हप्ता लकडाउनको घोषणा गरियो।यो भन्दा पनि पहिले चीनबाट नेपाल आएको एक पुरुषमा पनि संक्रमण देखिएको थियो । यो लेख तयार गरुन्जेल नेपालमा संक्रमित संख्या १६ पुगेको छ जसमा एक जना निको भै सकेको अन्य पन्ध्र जना उपचारको क्रममा छन् । खुशीको कुरा अहिलेसम्म महामारी नेपालमा नियन्त्रण भन्दा बाहिर गएको छैन यसो भन्दैमा भाइरस विरुद्धको पर्याप्त स्रोत, साधन,पद्दती, जनशक्ति नभएको हाम्रो जस्तो मुलुक ढुक्क भएर बस्ने अवस्था छैन । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा प्रशासनिक स्तरमा रहेका नीति, निर्माताहरुको योग्यता, कुशलताको कमी, पूर्वतयारी वा अति आवश्यक सामाग्री जोहो गर्न नसकिनु, छिमेकी मुलुक भारतसँगको खुल्ला सिमानाबाट आफ्नो देश फर्केकाहरुलाई संक्रमणको उचित व्यवस्था नहुनु, चोर बाटो अपनाएर नेपाल भित्रिनु जस्ता कारणहरुबाट नेपाल उच्च जोखिममा रहेको संभावना भएकोले देशले ठूलो चुनौतीका साथ सतर्कता अपनाउनु पर्ने देखिन्छ । यदि महामारी  फैलियो भने यहाँ नियन्त्रण गर्न सक्ने अवस्था छैन स्थिति भयावह हुनसक्छ । कतिपय विदेशबाट आएकाहरु क्वारेन्टाइनमा बस्न नमान्ने सो ठाउंबाट भाग्ने नमुना जाँच नगरी घरैमा लुकेर बस्ने जस्ता कृयाकलापबाट पनि समस्याले डरलाग्दो रुप लिने होकि भन्ने आशंका गर्न सकिन्छ । यसका लागि सरकारले क्वरेन्टाइनमा बस्नेहरुलाई उचित बन्दोवस्त, व्यवहार, सरकारको नीति नियमको सहि जानकारी, सरकारका हरेक काम कुराको पारदर्शीता आदि कुराहरूमा ध्यान दिन सके चुनौती केहि हदसम्म कम गर्न सकिन्छ । भारतबाट भित्रिएका नेपालीहरुलाई साथै लामो दुरिमा आफ्नो गाउँ फर्केकालाई उचित व्यवस्थापन, व्यवहार गर्न नसक्दा यसले अझ बढी संक्रमणको त्रास र देशमा आक्रोशको स्थिति देखा पर्न सकिन्छ । विश्व नै आर्थिक मन्दीमा परेको बेला नेपाल अछुतो रहन सक्दैन । नेपाल कृषि प्रधान देश, अहिलेको समय बाली रोप्ने, भित्र्याउने बेला हो। आजको परिस्थितिमा किसानले बीउ,मल पाउन सकिने अवस्था छैन । त्यस्तै बारीमा  उत्पादित वस्तु खेतमै कुहिएको अवस्था छ भने अर्कोतिर बजारमा सामान नपाउँदा काला बजारी, महंगाई बढेको छ । त्यस्तै अर्को पक्षबाट यो वर्षमा बाली लगाउन पाएनन् भने आउदो सालको लागि खाद्यन्नको अभावका साथै यो कर्ममा लागेका सम्बन्धीत सम्पूर्ण कृषक, व्यापारी, ढुवानीकर्ता, उद्याेग चलाउने मालिक अनि यस भित्र काम गर्ने मजदुरहरुको जागिर गुम्दछ। प्रत्यक्ष रुपमा कृषि ,व्यापार, खाद्यान्न, उद्योग, बैंक, जागीर, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रमा धक्का पुग्दछ । जस्तै, एक किसानको उखु उत्पादनमा समस्या आउने बितिक्कै चिनी उधोग बन्द गर्नुपर्ने स्थितीसंगै त्यहाँ भित्रका मजदुरहरुले काम पाउँदैनन् । यसरी मानिसहरु रोजगार बिहिन र गरिबीमा धकेल्ने छ । लामो समयसम्म काम नगरे आफुमा सञ्चित मुद्रा सकिँदै जाने तर आवश्यक बढेको हुन्छ । यो अवस्थामा आम जनता गरिब  हुनु भनेको देश नै गरिब हुनु हो । दैनिक ज्याला मजदुरी गर्नेहरुको जीवन निकै कष्टकर बनेको स्थितिमा लामो समयसम्म यो अवस्था रहेमा सरकार एवम् आम जनताले कहिलेसम्म खानपानको व्यवस्था गर्न सकिने भन्ने विषयमा पनि सोच्नु पर्ने देखिन्छ । त्रासयुक्त परिस्थितिमा बस्नु पर्दा नेपालीहरुमा शारीरिक, मानसिक अस्वस्थ भै पहिलेको जस्तो अवस्थामा काम गर्न नसकी आम्दानीमा-हास आउने छ । जसले प्रत्यक्ष रुपमा अर्थतन्त्रमा धक्का लाग्ने छ । भिजिट नेपाल २०२० को तयारीका साथ जुटेका ठूल ठुला होटल, होमस्टे, रिसोर्टका संचालकका लगानी कामदारहरु लगायत पथ प्रर्दशकहरुले रोजगारी गुमाउनु परेको छ । अबका दिनहरुमा विदेशिएका युवाहरु देशमै फर्किदा बेरोजगारीको समस्या झन उत्पन्न हुनेछ । आर्थिक स्थिती कमजोर हुने वितिक्कै सामाजिक, शारीरिक, शैक्षिक, नैतिक स्तरमा स्वतः गिरावट आउने छ । लामो समयसम्म हाम्रा बालबालिका शिक्षाबाट बञ्चित हुनु पर्दा बालबालिकाको सिकाइमा न्युनतम असर आउनेछन् । जस्तै, बालकहरु सिकाईमा अलमलिनु, ढिला सुस्ती आउनु, पढ्ने बानी हट्नु आदि, यो परिस्थिती कहिलेसम्म हुने कुनै यकिन गर्न नसकिने अवस्थामा विद्यार्थीहरु झन पछिल्तिर धकेलिने छन् । भविष्यका जनशक्तिलाई घाटा हुनु भनेको सिंगो राष्ट्रकै अर्थतन्त्रमा नकारात्मक असर पर्नु हो । सरकारी तहमा बसेकाहरुले तत्कालीन समस्या संगसंगै पछि आइपर्ने  संकटलाई पनि मध्यनजर  गरि आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य आदि महत्वपूर्ण पक्षमा संवेदनशील भई काम गर्नु पर्ने देखिन्छ । यसका लागि बाली नाली लाउने, भित्र्याउने किसानहरुलाई स्थानीय प्रशासनको निगरानीमा सुरक्षित दायरामा राखी आवश्यक बीउ,मल उपलब्ध गराइ काममा लगाउन सकिन्छ जसले आगामी दिनहरुमा खाद्यान्नको हाहाकारलाई न्यून गर्न सकिन्छ। विद्यार्थीहरुको भविष्य एवम् देशकै जनशक्तिलाई बचाउन सम्भव भएसम्म रेडियो, टेलिभिजन, ईन्टरनेटको माध्यमबाट पाठ्यक्रम एवम् अन्य सिकाइलाई निरन्तरता दिनु पर्दछ । नेपालमा सरकारी स्तरबाट कोरोना  नियन्त्रणका कामहरु निकै कछुवा गतिमा भैरहँदा संक्रमणका लागि चाहिने अति आवश्यकीय सामान सरकारले जोहो गर्न सकेको अवस्था छैन । देशमा संक्रमण एक महिना हुन लाग्दा पनि आवश्यक सामाग्रीहरु ल्याउने कुराहरुमा विवादमै सरकार अल्झिएको देखिन्छ । राष्ट्रलाई संकट परेकोबेला यस्ता नीति, नियम बनाउने सरकारी पक्षका व्यक्तिहरु बढी संवेदनशील हुनुपर्नेमा आजसम्म त्यस्ता प्रभावकारी कामहरु सरकारी स्तरबाट भएको  देखिएको छैन । जहाँ समस्या त्यहाँ समाधान अवश्य छ । कुनै पनि घट्नाको जन्मसँगै पतनको निश्चित छ । संसारमा थिर केही पनि छैन यो यथार्थ बिगतका महामारीको इतिहासले पनि देखाउँछ। हामी यो बिपत्तिमा एक अर्काको मुख ताक्नु भन्दा पनि आफै नै सतर्क हुनुपर्दछ । आजको विषम परिस्थितिमा हामी माथि आइपरेका साझा समस्यालाई पार गर्न सर्वप्रथम त संक्रमण नहुनका सजकताहरु अपनाएर अनुशासित भएर घरैमा बस्नु सिवाय अर्को विकल्प छैन । त्यस्तै आफू बाचौं र अरुलाई बचाउको धारणालाई मनन गरि यो स्थितिमा अरुको पीडा बुझेर सक्दो सेवा, सहयोग गर्ने हो भने हामीले यस महामारीलाई नियन्त्रणका साथै अन्य समस्यामा परेका आम जनतालाई उन्मुक्त गर्न सकिन्छ । यसको ज्वलन्त उदाहरणमा महाबीर पुन एक हुन उहाँले आफ्नै प्रयासबाट पी.पी.ई. बनाई  बितरण गरिरहेका छन् । हाल महामारी सन्दर्भमा संकटमा परेका विभिन्न समस्याहरुलाई सरकार एवम् व्यक्तिगत तवरका कामहरुमा अझ बढी संवेदनशील, मानवताका साथ लागि परे देशले साझा रुपमा संकटलाई पार गर्न सकिने देखिन्छ । ज्याला मजदुरी गरेर खानेलाई सरकारको तहबाट र स्थानिय प्रयासबाट राहत वितरण भैरहेको छ । यस सर्हानीय काममा जनताले ठूलो सहयोग गरिरहेका छन् । कहिँ लामो दूरिमा गाउँ जानेहरुको लागि खानेकुरा, पानी पूर्ति गरेर होस् या मनकारी नेपालीहरुले कोरोना संक्रमण कोषमा पैसाबाट सहयोग गरेर त कहिँ  भारतबाट आफ्नै देश भित्रिने क्रममा सिमानामा रोकिएका नेपालीलाई खानपिन, बस्ने सुबिधा दिई नेपालीले आफ्नो वास्तविक परिचय दिएका छन् । आजको परिस्थितिमा सरकारी पहलबाट अति संवेदनशील भएर यसका लागि  पर्याप्त गुणस्तरीय सामाग्री, उचित व्यवस्थापन, योग्य जनशक्तीलाई प्रभावकारी ढंगमा लान सक्नु पर्दछ । त्यस्तै, आम जनताले पनि यसरी नै अरुको पिडामा मानवताको दायित्व निभाउँदै जाने हो भने यो महामारीको रोग र यसबाट निम्त्याएको भोगबाट हामी उम्कन सक्छौं । सरकारी निकायले संक्रमण प्रभावित देशहरुबाट आएकालाई अनिवार्य स्वास्थ्य जाँच गर्नु पर्ने कुरामा बेलैमा ध्यान पुर्याउन नसकेता पनि हाल उनका परिवार उनीहरुसँग सम्पर्कका ब्यक्तिहरुमा कोरोना जांच अगाडि बढाइ रहेको पाइन्छ। सरकारले लक्षण देखिए पश्चात् भन्दा पनि शंकाको दायरामा परेकाहरुलाई नमुना जांच गर्दा अझ बढी प्रभावकारी हुनेछ। सरकारको तर्फबाट बेलैमा लकडाउनको घोषणा साथै जनताहरुले पनि यसमा सहयोग,समर्थन गरेको हुंदा आजसम्मको तथ्यांक हेर्दा सशंकित  हुनुपर्ने देखिदैन । अहिलेको परिस्थितिमा तत्कालीन संकटको सामनासंगै लामो समयसम्म यो परिस्थिति रहेमा आगामी दिनमा यसले नराम्रो छाप छोड्ने अवस्थालाई पनि त्यति नै ध्यान दिनु पर्ने हुन्छ । तसर्थ सरकारी तहमा बसेकाहरुले तत्कालीन समस्या संगसंगै पछि आइपर्ने  संकटलाई पनि मध्यनजर  गरि आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य आदि महत्वपूर्ण पक्षमा संवेदनशील भई काम गर्नु पर्ने देखिन्छ । यसका लागि बाली नाली लाउने, भित्र्याउने किसानहरुलाई स्थानीय प्रशासनको निगरानीमा सुरक्षित दायरामा राखी आवश्यक बीउ,मल उपलब्ध गराइ काममा लगाउन सकिन्छ जसले आगामी दिनहरुमा खाद्यान्नको हाहाकारलाई न्यून गर्न सकिन्छ। विद्यार्थीहरुको भविष्य एवम् देशकै जनशक्तिलाई बचाउन सम्भव भएसम्म रेडियो, टेलिभिजन, ईन्टरनेटको माध्यमबाट पाठ्यक्रम एवम् अन्य सिकाइलाई निरन्तरता दिनु पर्दछ । यो कोरोनाको सम्बन्ध मानव सभ्यतासँग जोडिएको हुँदा यसले मानवसभ्यता, संस्कृतिमा सिधै प्रभाव पार्दछ । मानिसको जीवन प्रतिको  सोच, शैली संस्कार लगायत जीवनलाई हेर्ने कोण नै बदल्ने छ जस्तै युरोपेली संस्कार अंकमाल गर्ने, हात मिलाउने संस्कारबाट नमस्कारको प्रचलन अपनाउने छन् । स्वार्थी, लोभ, बिलासिताले बिनाश ल्याउछ भन्ने सत्यतालाई आत्मबोध गरि सामान्य जीवनयापन गरी सुखको अनुभुति गर्नेछन् । यान्त्रिक मानव प्राकृतिक युगमा बदल्ने छ । सभ्यताले नै कांचुली फेर्ने कुरामा दुई मत छैन । विश्वकै राजनितिक, आर्थिक, सामाजिक,आदि इत्यादि क्षेत्रमा उथलपुथल हुनेछ। केही समय जीवन अकाल्पनिक भएपनि विस्तारै नैतिक, प्राकृतिक, भावानात्मकताको बिकाश भै एउटा स्वच्छ आदर्श  समाजको रुपमा सम्वृद्ध विश्वको निर्वाण हुनेछ । लामो समयसम्म एक साथ ठूलो  परिमाणमा उद्याेगगधन्दा, यातायात ठप्प हुँदा पृथ्वी दुषित हुनबाट जोगिएर सन्तुलितमा आउने छ । ग्लोबल इको सिस्टममा सुधार आउनेछ । पृथ्वी पुनः हराभरा हुनेछ। कयौं जीवहरुले आश्रय पाउने छन् । जीवहरुको संख्यामा वृद्धि हुनेछन् । स्वार्थीपनले आफैलाई पतन गराउछ भन्ने सत्यताको बोध गरि मानव आफूले गरेको कर्मको पाठ सिक्नेछन र पैसा भन्दा जीवन अनि आफन्त ठूलो भन्ने आत्मबोध गरी भावानात्मक सम्बन्धलाई जोड दिनेछन् । अँध्यारो रात पछि सुनौलो बिहानी आउँछ भने झै यस महामारीले पनि मानव जातिलाई उद्दार गर्नेछ । प्रकृतिले मानव सभ्यताको अस्थित्वलाई बचाउन चालिरहने यस्ता कदमहरुले वास्तवमा विभिन्न पक्षबाट राम्रो भएको स्वीकार्नु पर्दछ । लामो समयसम्म एक साथ ठूलो  परिमाणमा उद्याेगगधन्दा, यातायात ठप्प हुँदा पृथ्वी दुषित हुनबाट जोगिएर सन्तुलितमा आउने छ । ग्लोबल इको सिस्टममा सुधार आउनेछ । पृथ्वी पुनः हराभरा हुनेछ। कयौं जीवहरुले आश्रय पाउने छन् । जीवहरुको संख्यामा वृद्धि हुनेछन् । स्वार्थीपनले आफैलाई पतन गराउछ भन्ने सत्यताको बोध गरि मानव आफूले गरेको कर्मको पाठ सिक्नेछन र पैसा भन्दा जीवन अनि आफन्त ठूलो भन्ने आत्मबोध गरी भावानात्मक सम्बन्धलाई जोड दिनेछन् । जस्तोसुकै शक्तिशाली योग्य सम्पन्न देशले पनि झुक्नु परेको उदाहरणले मृत्यु सबैको लागि समान भन्ने महसुस मानव जातिले गरेको छ । यान्त्रिक रुपमा प्रवेश गरेका मानिसलाई संवेदनशील भइ पारिवारिक, सामाजिक, प्राकृतिक सुखमा फर्किन प्रकृतिले आग्रह गरेको बुझिन्छ । साथै, अब पछिका जीवनलाई नयाँ सोच, सुधारका रुपमा शुरूवात गर्ने अवसरको रुपमा अगाडी बढ्नु पर्ने बोध गराइएको छ । कर्म गर्ने सक्षम युवाहरुलाई आत्मियता, राष्ट्रियताको आत्मबोध गराई भौतिक सुखलाई बिर्सेर आफ्नै देशमा  कर्म गरेर खुशी पाउन्छ भन्ने महसुस गराइएको छ । आउँदा दिनहरुमा हाम्रो देश नेपालले कृषि प्रधान देश उपनामको सार्थकता पाउनेछ। देशमा स्मार्ट सिटी होइन स्मार्ट कृषिको विकास हुनेछ । खेतीयोग्य जमिनले पुनः न्याय पाउने छ । घरेलु उत्पादन साथै उपभोगमा प्राथमिकता दिइने छ । अति आवश्यक औषधि अन्य सामानमा देशकै जडिबुटी, कच्चापदार्थको सदुपयोग हुनेछ। जसले नेपाली मुद्रा बाहिर जाने छैन । कोरोनाले हामीलाई एक किसिमबाट करुणा थपिदिएको छ । युरोपेली देशको संक्रमणको तीब्र गतिलाई बुझ्दा स्वार्थी, बिलासिता जीवनको लागी घाटक रहेछ भन्ने कुरा बिदेशिएका, शहर पसेका युवाहरुले मनन गरि आफ्नै गाउँ-ठाउँमा फर्कि खेतीपातीमा लागेर आफुलाई एवम् कृषि कार्यलाई मजबुत गरि सिंगो देशलाई नै मजबुत बनाउने छ । सम्पूर्ण विश्व लगायत हाम्रो देश नेपालले पनि एउटा स्वच्छ, आदर्शको समाज निर्माण गर्ने छ ।

हजुरबा, म र छाेरी

“बाबा कोलोना भाइलच भनेको के हो ?” सानी छोरीले आफ्नै लवजमा जिज्ञासा राखिन् । “जतासुकै बाहिर हिँड्यो भने, पसलको चकलेट, चाउचाउ खायो भने पेटमा ऐया बनाउने डरलाग्दो– लायन (सिंह) जस्तै हो ।” मैले उत्तर दिएँ । छोरीले बुझेको झै  गरी टाउको हल्लाइन् । मानौँ समर्थनमा । “बाबा यो कचली (कसरी) आम्छ (आउँछ) ?” “यो गाडी चढेर, हवाइजहाज चढेर आउँछ ।” यो कुरा चाहिँ मैले सही नै भनेको भान भयो । केवल सानो विषाणु “कोरोना भाइरस” ले संसारमै यत्तिका धेरै मान्छेलाई कसरी भयभित तुल्याउन सकेको होला ? आखिर मानिस नै उसको सहयात्री बन्यो । हवाइजहाजमा सररर यात्रा गराउने पनि मानिस र उसँग डराउने पनि मानिस । चीनको वुहानमा गरिएको कठोर निर्णयलाई स्पेन, अमेरिका, भारतदेखि विश्वले नै किन हलुका रूपमा लियो ? आखिर भाइरसले सीमाको नियम देख्थ्यो र ! महामारीको विपद् व्यवस्थापनमा र सचेतनाको अभावले मान्छे भयभित भयो । “यो कोरोना त लिसोझैँ, ऐँझेरुझै या त भनौँ आफैँमा जरा नभएर पनि सीमालीकै आडमा फैलिने पहेँलो लहरोझैँ रहेछ, हजुरबा ।” मलाई मेरो हजुरबाको चित्त बुझाउन समर्थ भएकोमा खुशी लाग्यो । मानौँ म कोरोनाको विशेषज्ञ नै हुँ । मैले मेरा हजुरबादेखि मेरी साढे तीन वर्षे छोरीसम्मलाई कोरोनाको ज्ञात-अज्ञात विषयलाई बुझाउन पाउँदा त खुशी मान्नैपर्छ । नोेबेल कोरोना अर्थात् कोबिड १९ को विश्वयात्राको ताण्डवमा म कति जानकार हुँ कुन्नि । भनिन्छः साबुनपानीले मिचीमिची हात धुनुपर्छ, भिडभाडबाट जोगिनुपर्छ, सामाजिक दूरी कायम राख्नुपर्छ इत्यादि सचेतनाका सन्देश । म आफैँले आफैँलाई अपनाउन सक्छु । कमसेकम मेरै लागि । अर्गानिक विधिमा । तर, म उठ्दा, बस्दा, सुत्दा, फेरि उठ्दा, “प्रिय साथी इन्टरनेट” । सामाजिक सञ्जालका दस्तावेजभित्र उही कोरोनाका नामसँगै घोत्लिन्छु । मानौँ म पनि “घोप्टेयुग” को एकजना सक्रिय कार्यकर्ता । लेखक मेरो हजुरबा भन्नुहुन्छ-“बाँच्नु नै ठूलो कुरा हो । सम्पत्ति त हातको मैलो हो ।” कोरोनाले पैसाका निम्ति नसुत्ने मान्छेलाई पहिलोपटक जीवन रक्षाका निम्ति घरमा सुत्न दियो । पैसाको तनाव भिर्नेले पहिलोपटक जीवनरक्षाको बारेमा सोच्यो । २१ औँ शताब्दीको युगमा सङ्कटको पहाडभित्र एकपटक प्राकृतिक जीवनको सन्देश प्रवाह भइरहेको छ । अलिकति प्रकृतिले रम्यता पस्कँदै छ, आत्मनिर्भर रहने वन्यजन्तु स्वच्छन्द विचरण गर्दै छन् । पूर्वीय “नमस्कार” संस्कृतिको विश्वव्यापीकरणको विषयले पनि विज्ञानसँग नातो गाँस्यो । अनि, प्रश्न तेर्सिन्छ– विज्ञान भनेको सर्वेसर्वा हो ? “हुलमुलमा जिउ जोगाउनु, अनिकालका बिउ जोगाउनु” हजुरबाको उक्ति आजकै सन्दर्भपरक । स्वर्ण अक्षरमा लेख्न योग्य । तब मैले भनेँ-“हजुरबा ! हुलमुलमा जिउ जोगाउनु भनेको ‘लकडाउन’ हो । अनिकालमा बिउ जोगाउनु भनेको चाहिँ ‘भोकमरीबाट बच्ने उपाय खोज्नु’ हो ।” छोरीका लागि उत्तर दिएँ– “छोरी लकडाउन भनेको ‘ज्ञ–ज्ञानी’ बन्ने हो । घरमै बसेर पढ्ने हो ।” छोरी विद्यालय जान नपाएकैमा खुशी छिन् । घरमै बसेर रमाएकी छिन् । हरेक मान्छे संसारमा नयाँ रहेछ अनि हरेक समस्या पुरानै हो । हरेक मान्छेले समस्यालाई भिर्छ, अनि संसारबाट जाने क्रममा यही धर्तीमा छोड्छ । म विनाशकारी कोरोनाको उक्ति परिवर्तित वंशजतिर घोत्लिन चाहेँ । डार्विनका विचारसँग । लुप्त गुण हुँदै फुत्त–फुत्त आवागमन गर्ने पुर्ख्याैली समानता बोकेका उस्तै सरुवाहरूको इतिहास । आततायी पीडाको इतिहास । १३–१४ औँ शताब्दीतिरै “प्लेग” नामक रोग आएछ । सायद सम्बन्धका हिसाबमा त्यो कोरोनाको जिजुबा पर्ने हुन सक्छ । उसले पनि बढी आवागमन हुने क्षेत्र र शहरतिरै अड्डा जमाएछ । सन् १३४७ देखि १३५२ को “ब्ल्याक डेथ” ले युरोप (इटाली) बाट कान उखेल्न थालेको रहेछ । यो कोरोनाको मावलीतिरको जस्तो लाग्यो । कंशको जस्तो स्वभाव भएकैले लगभग ४० प्रतिशत अर्थात् २० करोड युरोपका मानिसको प्राणलाई सर्लक्कै निलिदिएको रहेछ । मानिस नवीन उपचार प्रविधि, सुविधा, शिक्षा र रोजगारको केन्द्र भन्दै शहरमा भिड गर्छ । बसिखाने अपेक्षामा मनुष्य पिरो नयन बोकेर बाक्लो समाजमा एक्लो जीवन जिउँछ । अमेरिका, युरोप, अस्ट्रेलियातिर हुरिन पाए नाक फुलाउँछ । सन् १५२० मा एसिया, युरोप हुँदै मेक्सिको, अमेरिकासम्म यात्रा गरेको कोरोनाकै काका पर्ने “बिफर” ले लगभग ५ करोड ६० लाख मानिसको ज्यान लिएको रहेछ । सन् १८५५ मा चीन (युनान) बाट जन्मिएर भारतको भूमिमा ताण्डव मच्चाएको “तेस्रो प्लेग” पनि कोरोनाको नजिककै परिचित हुन सक्छ । यसले पनि १ करोड २० लाख मानिसको जीवनलीला समाप्त गरिदियो । १९१८ मा “स्पेनिस फ्लु” ले विश्वमा करिब ५ करोड मानिसको प्राण हरण गर्यो । यस विरुद्धको खोपको विकास पनि सन् १९४० मा मात्र भयो । कोरोना विरुद्धको औषधी वा खोप निर्माणका लागि सायद अहिलेको प्रविधि र मानिसको बुद्धिमता नै विपत्तिका सहायक बन्छ । यसको पाशविकता र कोरोनाको अनुहार मिल्छ । त्यतिखेरै प्रयोग भएको “क्वारेन्टाइन” शब्दको अर्थलाई म आज बल्ल बुझ्न–बुझ्न लागेको जस्तो हुँदै छु । त्यतिखेर नै सामाजिक दूरी कायम राख्न भनेर विद्यालय, मन्दिर, मस्जिद आदि भिडभाडलाई बन्द गरिएको रहेछ । तर, मैले मेरा हजुरबा र छोरीलाई “क्वारेन्टाइन, आइसुलेसन, लकडाउन” आदिको अर्थलाई अझै राम्रोसँग बुझाउन सकेकै छैन । हजुरबाले भन्नुभयो-“२०२८ सालमा घोर अनिकाल बिहोरियो ।” मैले सोचेँ– तबदेखि आजसम्म हाम्रो कृषिप्रधान देशले कसरी आफूलाई समृद्ध तुल्यायो र ! बरु खेतीयोग्य जमिनमा प्लटिङ भए । बरु आपसी राजनीतिक विद्रोहलाई प्राथमिकता दिइरहियो । आखिर राजनीतिक विषय मात्र ठूलो भयो । सामाजिक, सांस्कृतिक, पर्यावरणीय जीवनका विषय छायाँमै रहे । मुलुकमा ठूला–ठूला राजनैतिक क्रान्ति र परिवर्तनका कुरा आए । नेपाल बन्द भन्दै गरिएका काटाकाट र मारामारको ताण्डवले सिन्दुर पुछिए, काख र कोख रित्तिए । परिणामतः शान्ति, संवाद र सहकार्यकै बाटो निर्णायक रहेछ । २०४५ र २०७२ का भूकम्पले पनि मानवताको चेतना र आत्मनिर्भरता सिकाएन । वर्षेनी भयङ्कर बाढी आए, डुबान भए तर पनि सतर्कताका बारेमा सोच्न सकिएन । यी त आखिर प्राकृतिक विपत्ति थिए । “नाकाबन्दी” छिमेकीद्वारा गरिएको मानवनिर्मित विपत्तिले पनि हामीलाई स्वाभिमानी र आत्मनिर्भर हुन सिकाएन । हुन त त्यतिखेर दाउरा बालियो, ग्याँस खानीको सर्वेक्षण समेत भएका समाचार आए, विकल्पका थुप्रै तरिका बजारमा सुझावको झोला भिरेर आए अनि नाकाबन्दी खुल्दानखुल्दै विलय भए । आखिर-विकास, अवसर, अध्ययन, स्वास्थ्योपचारको अभिलासाले शहरीकृत गरायो । अझ बढी त द्वन्द्वकालले थुप्रै परिवारलाई नै शहरतिर लघार्यो । भूकम्पले समेत गाउँ फर्काउन सकेन । बरु राहतलाई तह लगाउनका लागि गाउँमा सानो टहरो बनाइयो । चाहे त्यो बिस्याहार होस् । राहतकै आहत भयो । नक्कली र सक्कली पीडित अनि सक्कली र नक्कली दाता । गाउँको जग्गा बाँझो राखेर भाडाको कोठामा बास्मतीको भुजा ज्यूनार गर्ने हामी पसलेसँग भन्छौँ– “यो सब्जी ताजा हो र ! बासी जस्तो छ ।” कोरोनाले मानिसको बुद्धिको बिर्को खोल्दिए महामारीरूपी अभिशाप पनि बाँच्नेको लागि वरदान हुनेथ्यो । गाउँको जग्गा बाँझो राखेर भाडाको कोठामा बास्मतीको भुजा ज्यूनार गर्ने हामी पसलेसँग भन्छौँ– “यो सब्जी ताजा हो र ! बासी जस्तो छ ।” कोरोनाले मानिसको बुद्धिको बिर्को खोल्दिए महामारीरूपी अभिशाप पनि बाँच्नेको लागि वरदान हुनेथ्यो । एकजना मलेसियामा कार्यरत दाइले भन्नुभयो– “मलाई घरको यादले दुःखाउँछ । घरमा आउन पनि मिल्दैन । पैसा सकियो । हामीलाई काम नगरेको दिनमा तलब पनि दिँदैन । एटियमसम्म जान सकिया छैन । खै कसरी बाँच्ने !” गरिबीले हृदयलाई गाँठो पारेर परदेशमा डन्डा मार्छ । आखिर बेरोजगारिताको पीडा र गरिबीले थिचेको छ । वास्तवमा कृषियोग्य जमिनमा महल ठड्याएर आयातित सामग्रीमा परनिर्भर हामी आफ्नै कोठेबारीलाई घृणा गर्दैछौँ । सङ्कटमा शहर त विरानो हुन्छ । एक्लो भीडमा विक्षिप्त छ मान्छे । गुणात्मक शिक्षा र स्वास्थ्यको भौतिक चाहनाको लालसमा कङ्क्रिट महलको घना बस्तीमा भूत जस्तो हुन्छ । पलायनवादी सोचभित्र परनिर्भरताको पराकाष्ठालाई झेल्दै छ । तनाव ओढ्छ अनि तनाव बिसाउँछ । कृत्रिमताभित्र टेकेर प्राकृतिक जीवनको आलापमा दुःखी हुन्छ । कौसीको गमलामा धनीया पत्तामा पर्यावरणीय सुख चाहन्छ । हजुरबा भन्नुहुन्छ– “शहरमा त महामारीको महासङ्कट आइपर्यो भने सबैभन्दा पहिला अत्यन्तै निम्न वर्गबाट पीडा सुरु हुन्छ ।” हो, हुनेलाई मस्ती नहुनेलाई सास्ती हुन्छ । तर, यदि सचेत जनता भएका स्थानमा महाविपत्ति आयो भने सबैभन्दा बढी पीडा धनाढ्यहरूमा हुन सक्छ । किसानहरूले आफ्ना लागि अन्नपात सङ्कलन गरेर राखेकै हुन्छन् । लास जलाउँदा त भीआइपीको दर्जा हुने स्थानमा अनि न्यायको भिख माग्दै गरेका मृतात्माहरू सायद चिहानमा कोटा पद्धतिलाई खोतल्दा हुन् । विडम्बना महामारीका लप्का सेलाउँदै जाँदा उही शहर व्यापार, लुट, ठग, घुसखोरीमा उसै गरी जाग्दै जान्छ । उसै गरी चलायमान हुन्छ । उसै गरी आत्महत्याका घटना बढ्लान् । त्यसपछि नवउदारवादले वरदान बनाइदिएको निजीकरणको मारमा गरिबले गरिबकै स्थानमा कोच्याइदिन्छ । सार्वजनिक सेवाको गुणस्तर वृद्धिमा अधिनायकवाद र नवअधिनायकवादको कालोधन बटुल्ने पासो थापिन्छ । च्याँखे दाउमा । दुहुनु गाई बनाएर । सरकारी काम र कार्यालयमा अविश्वासको बादलले ढाकिरहन्छ । हैरानी र बेचैनीले अड्डा जमाउँछ । मानवताको ठूलो तगारो । चुनावी नारामा, घोषणापत्रमा, नीति तथा योजनामा कोरिएका स्वप्नाभित्र स्वतन्त्रताको ऐठन हुन्छ । आधा शताब्दीकै अन्तरालमा प्रकृतिको प्रतिद्वन्द्वी बन्यो मानिस । आखिर प्रकृतिले आफ्नै अनुकूलताको अपेक्षा गरेको पनि त हुँदो हो । प्रविधिकै आडमा “कोरोना नियन्त्रण क्याम्पसुल” बनाउन प्रकृतिप्रदत्त जीवनको अपेक्षा मान्छेलाई हुन्छ । हजुरबाले भन्नुभयो– “आगामी पुस्ताका लागि पनि त योजना उन्नुपर्ने हो ! हामीले उनेका ‘बसुधैव कुटुम्बकम् र परोपकार नै धर्म हो’ भन्ने उक्तिको त ख्याल भएन नै ।” महामारी बाजा बजाएर पनि त आउने होइन । हाम्रा पुर्खाले प्रविधिसँग यति धेरै अन्तरसम्बन्ध गाँसेका हुँदा हुन् त आज मानिसको अस्तित्व नै सङ्कटको घेरामा पौडँदै हुन्थ्यो होला । महामारीको सहकर्मी पनि प्राविधिक दम्भ नै भयो । गरिब मान्छेले अप्ठ्यारोसँग जसरी सामना गर्न सक्छ त्यसरी विलासीले सक्दैन । पैसामा कमजोर भए पनि सङ्कटमा आत्मबल र शारीरिक दुवै बलमा सक्षम हुन्छ गरिब मानिस । समस्या ओढेर समस्या निल्दै समस्या ओकल्छ उसले । मानौँ ऊ समस्यामा विद्यावारिधि हो । सायद शताब्दीगत महामारीका आततायी दृश्यबाट लुछिएर मान्छे त्राहीत्राही भइरहन्थ्यो । कोरोनाले गरिब मार्ने महामारीको इतिहासलाई पल्टाएर सम्पन्नमै पीडाको मुसल प्रहार गरिदिएपछि फेरि प्राकृतिक, जैविक जीवन पद्धतिको मूल्यबोध हुनुपर्ने हो । अनि, पैसा ठूलो कि जीवन ? वैश्विक भविष्य कल्पनाको गहिराइ अचम्मको । गरिबी र खाद्यसङ्कटको डढेलोमा विश्व पिल्सिरहँदा मानवताको महल नढलोस् । मेरो हजुरबाले मलाई जीवन ठूलो भन्नुहुन्छ । मेरी सानी छोरी बिचरा अबोध छिन् त्यसैले “पैसा ठूलो” भन्छिन् तर तिनको भावनामा मानवता ठूलो छः वसुधैव कुटुम्बकम् । गरिब मान्छेले अप्ठ्यारोसँग जसरी सामना गर्न सक्छ त्यसरी विलासीले सक्दैन । पैसामा कमजोर भए पनि सङ्कटमा आत्मबल र शारीरिक दुवै बलमा सक्षम हुन्छ गरिब मानिस । समस्या ओढेर समस्या निल्दै समस्या ओकल्छ उसले । मानौँ ऊ समस्यामा विद्यावारिधि हो । मलाई समस्याका चाङभित्र घोत्लिन विवस बनायो । नेपालमा २०२० मा १५ प्रतिशत अर्थात् ४५ लाख मानिस अति गरिब मान्छे नै विश्वमा जसरी नै पीडामा पिरोलिने सम्भाव्यता रहने देखियो । केवल व्यवस्थाले किनभने गरिबी मान्छेको व्यवस्थामा बाँधिएको पासो हो । मानिस जन्मँदै गरिब जन्मँदैन । मरेर जाँदा धनीले धन लैजाँदैन । कामबाट बिदा नै नपाउनेको आलापमा सायद मेरी छोरीको जस्तो तोते लवजको जिज्ञासामूलक वचन सुन्ने रहर हुँदो हो । “एकान्तवास” को नियमलाई तोड्छ । कल्पनै नगरेको विश्वव्यापी जटिलताले तल्लो दर्जा दिइने महत्वपूर्ण कर्मवादी व्यक्तित्वमा गाँस र सासको समस्याले पिरोल्छ । जनताले कसरी बुझ्ने ? “लकडाउन” भनेको गाडी, पसल, सामाजिक सम्बन्धलाई बन्द गर्नुपर्ने अवस्था हो ! सरकार स्पष्ट सूचना नदिएकोमा गल्ति सम्झँदैन । अनि शिक्षाको उज्यालोबाट बञ्चित रहर बुझ्न नसक्ने, बुझ्न चाहेर पनि बुझ्न नजान्नेको मनोविज्ञानसम्म सोच्न सक्दैन तब निरीह मान्छे दण्डित हुन्छ । मानिस समस्या रहुन्जेल सचेतनाको ढोल पिट्छ अनि उही छेपारे । युद्ध विभीषीकाभित्र आफैँले निम्त्याएको मृत संवेदनामा जीवनको मूल्यलाई क्षणभरमा समाप्त गराउने मानिस नै हो । प्रकृति खुशी हुँदा गरिबलाई यसले दुःखी बनायो । आफ्नो जीवनरक्षाको आलापमा मानिस कोठाभित्र किन बन्दी बन्यो ! भलै पशुप्राणीबाट आयातित रोग हो तर मानिस बुद्धिमताको सदुपयोग नगरेरै पीडाको सिकार हुन्छ । संसारको मुखमा माक्सको मखुन्डो लगाइदियो अनि दम्भको मखुन्डो अलिकति उतारिदियो । लाखौँको प्राण लिएर ताण्डव मच्चाएको कोरोनाले धरावासीमा रक्तबीज बनेर भयभित तुल्याउँदा डाक्टरले भगवान् बन्नु छ । विना हतिहारको युद्धमा विजयको ध्वजा कसरी फहराउने ? विज्ञानले क्याप्सुल रच्नु छ । संसारको मुखमा माक्सको मखुन्डो लगाइदियो अनि दम्भको मखुन्डो अलिकति उतारिदियो । लाखौँको प्राण लिएर ताण्डव मच्चाएको कोरोनाले धरावासीमा रक्तबीज बनेर भयभित तुल्याउँदा डाक्टरले भगवान् बन्नु छ । विना हतिहारको युद्धमा विजयको ध्वजा कसरी फहराउने ? विज्ञानले क्याप्सुल रच्नु छ । देहान्तभन्दा एकान्त अवश्य ठूलो हो । हजुरबा भन्नुहुन्छ– “यो विज्ञानको हार हो ?” म भन्छु-“पुँजीवादको पतन हुनुपर्छ ।” तर म दोधारमा छु । दानवीरहरूलाई देख्दा– मानवतावादको प्रारम्भ हो कि अन्त्य ? मानवताभन्दा ठूलो जात हुँदैन अनि दया र प्रेमभन्दा ठूलो धर्म छैन । सबै शास्त्रका कुरा धर्मसँग तोलेर ज्ञान बिर्सन पारङ्गत मान्छे हामी । विज्ञान जान्दा शास्त्र बिर्सनुपर्छ भन्न जान्ने अनि सियो पनि अर्काकै भरमा परेर किन्ने हामी । पुर्खाको सीप र कलालाई पुनर्विकास नगर्ने, बरु छोड्ने अनि पुर्खालाई रुढीवादी भन्न जान्ने हामी । पुर्खाको नैतिक शिक्षाले आज व्यावहारिक चित्र देखाउँदा हामी शङ्काको घेरामा निर्लज्ज छौँ । अल्पज्ञान भिरेर । दिव्योपदेशभन्दा मार्क्सवाद ठूलो हुनुको अर्थ नवसामन्तको जन्म हो ? दम्भले उन्मत्त हुँदा मान्छे स्वार्थ कुइरोमा हराएको छ । प्रविधिले मान्छेलाई जन्माएको होइन, मान्छेले प्रविधिलाई जन्माएको हो । मेरो हजुरबुवा युट्युबमा महाभारत हेर्नमा व्यस्त हुनुहुन्छ । अनि भन्नुहुन्छ– “महत्वाकाङ्क्षी नेतृत्वका उत्तराधिकारी र आसेपासे दुर्योधन र दुस्सासन बनेपछि, अवसरवादी मामा शकुनीले अत्याचारको पासा फ्याँकेपछि पाण्डुपुत्रजस्ता असल, सत्यवादी, कर्मवादी, बलशालीले आँखाअघि धर्मपत्नीको वस्त्रहरण भएको देखेर पनि चुप बस्नुपर्छ ?! उल्टो वनवास, गुप्तवास, लाक्षगृहजस्ता विनागल्तीको सजाय भोग्नुपर्छ । काण्डैकाण्डमा फसाइएपछि त भिष्मपितामह, द्रोणाचार्य, कृपाचार्यजस्ता महारथी पनि द्रौपदीजस्ती रजश्वला भएकी नारीको वस्त्रहरणमा अन्धो बनेर सहन गर्छन् । प्रतिकार गर्दैनन् । अनि भिषण युद्धको पीडामा छिया–छिया भएका कुन्ती र गान्धारीको पीडालाई कसले बुझ्छ ?” प्रकृति, जीवन र समाजको संरचनामा भोकको पीडाले थिचेपछि अहिलेको मान्छे अराजक बन्छ । प्रकृतिका हरेक सजीव तथा निर्जीवको अस्तित्व आवश्यक र अनिवार्य छ । मानिस एक्लै यो धर्तीमा बाँच्न चाहने निहित स्वार्थले अन्य प्राणीको जीवन समाप्त पारिरहन्छ भने त्यसको सजाय मान्छेले नै भोग्नुपर्छ । जैविक विकासको सारमा मानिस प्रकृतिप्रदत्त हुन सक्नुपर्छ नत्र विनासको डङ्का बजिरहनेछ । शक्ति, सम्पत्ति र सम्मानको घुम ओढेर । खाद्य सङ्कटको स्वीकारोक्तिमा त्रसित मनहरूले आर्थिक मन्दी, बेरोजगारिताको चुनौती क्षितिजमा पहाड बनेर ठडिँदै छ । मान्छेले स्वअहम् र महत्वाकाङ्क्षाले निम्त्याएका विपत्तिसँगका प्रतिविपत्तिका माझमा जुध्नु पर्ने सम्भाव्यतामा जकडिन्छ । तर, चिन्ता होइन चिन्तनको खुबी मानिसभित्र छ । आयातित चुनौतीको भारीमा थिचिएर राजनीतिक र सामाजिक सङ्कटको दायराभित्र हामी विछिप्त छौँ । समृद्धिको स्वप्नाभरि ऐठनले सताइरहँदा ग्रामीणीकरणको विकासमा नेपाल अघि बढ्न सक्छ । पेटपूजाको चुनौतीलाई उघारेर प्रवेश गरेपछि राजनीति तथा घरेलु जीवनको प्रताडना हुन्छ । भूकम्पीय समस्याबाट तङ्ग्रिन नपाउँदै बाढी, डुवान अनि कोरोनाको पीडा एकपछि अर्को लामबद्ध आइरहे । दातृ निकायसँग भिख मागेरै जीवन कतिसम्म चल्ला ? हजुरबा भन्नुहुन्छ-“मागेर धनी र दिएर गरिब होइँदैन ।” कोरोनाभन्दा कडा भ्रष्टचारको भाइरसले गरिब मुलुक आक्रान्त हुन्छ भने तिल पहाड बन्छ । ऋणको बोझमा थिचिएर देश कसरी तङ्ग्रेला ? तर, भित्री चाहनाले मानिसलाई विकेन्द्रीकृत पद्धतिसँग ग्रामीण जीवनशैलीको माग गर्दैछ । अनि आत्मस्वाभिमानी माटो सुहाउँदो आत्मनिर्भरताको । हामी साना र मझौला उद्योग र रोजगारीको अपेक्षामा छौँ । अनि आर्थिक स्रोत व्यवस्थापन र परिचालनमा विश्वसनीयता र पारदर्शिता नहुँदा, अनुशासनहीनताको मुसल बोकेर धमिलो पानीमा माछा मार्नेको लर्को लाग्छ । श्रमजीवीहरू रोगका लागि भनेर घरभित्र बसेर शोक र भोकको प्रतिशोध साँध्न सडकमा उत्रिए भने विश्व जोखिम प्रतिवेदनका पानाले अर्थतन्त्रको जोखिमसँग भूराजनीतिको सामाजिक र प्राविधिक खतरा मडारिन सक्छ । सङ्क्रामक रोगसँग उपरोग र जोखिमसँग उपजोखिमका सिँढीहरूमा भोक संस्कृति, भोक पीडाले लघार्छ तर त्यसपूर्व पुर्ख्याैली पेसा कृषि र आत्मनिर्भर बन्ने संस्कारसँग नातो गाँस्नुपर्छ । युरोपियन युनियनतिरका सबल र सम्पन्न राष्ट्रमा बजेको कोरोनाको ढोलसँग हामीले गरिब हुनुको पीडामा मन किन कुँड्याउने ? देश–विदेशको आवागमनको घनचक्करबाट जोगिनुको मजा नै बेग्लै छ । आत्मबलमा कमजोर नहोइयोस् पनि । तब त सङ्कटको पूर्वाभास हुँदा, दिगो समाधानमा बाँच्ने आधार रहला । सोच र संरचनाको कसीभित्र लघारिएको मानिस जैविक अस्तित्वको विश्वव्यापी खोजीमा लुटपुटियोस् । जोखिमको कालो सुरुङमा नफसोस् । अधिनायककै कुहिरोभित्र काग नबनोस् । मलाई विज्ञका विचार र सिद्धान्तले घच्घच्यायो । सबैले अर्थतन्त्रका जोखिमका प्राक्कल्पनाका ठेली हाम्रा लागि पस्किए पनि हामी नेपालीपनाबाट सयौँ कोश टाढा पुग्यौँ । हाम्रो पनाभित्रको विज्ञानभित्रको जादुमा हिरा फल्छ अनि हामी अर्काको सुनको बोटतिर लम्कियौँ । नीति बनायौँ, कार्यान्वयन गर्न जानेनौँ । इतिहासलाई गाली गरेर पनि त समाधान हुँदैन । भौतिकवादका लामा सूत्रभित्र प्रकृति, विज्ञान र अर्थशास्त्रको सामीप्यताले समाज मनोविज्ञानको गाडी चल्नुपर्छ । स्वास्थ्यविज्ञानको पोल्टामा शिक्षाको निःशुल्क व्यवस्थालाई हालिदिने हो भने सायद गरिबले खानका लागि मर्नु पर्दैन । सामाजिक सोच परिवर्तन (प्याराडाइम सिफ्ट) को एउटा विश्वव्यापी लर्को चल्ला । अझ ईश्वरीय सत्तासँग लडेको भौतिकवादी सोचभन्दा माथि मानवतावादले श्रमजीवीका आवाजलाई किन बाँधिन्छ ? त्यो कुण्ठा नेपाली धर्तीमा बेमौसमी बाजा हो, नबजोस् । अभावले चोरी, डकैती, लुटपाट हुन्छ तब मान्छेले जीवनमा पैसालाई सर्वेसर्वा मानिदिन्छ । मान्छेले नै छापेको पैसाको अभावमा मान्छे गरिब बन्छ । पेट भोकै रहेर बाँच्नुभन्दा मर्नु निको भन्ने भएकैले नियम विपरीत कार्यकलापमा मान्छे निर्लज्ज बन्छ । नेपाल आमा भोकको राजनीतिबाट भन्दा व्यवस्थापकीय अप्ठ्यारोको गुमराहमा चिन्तित छिन् । आगो लागेपछि कुवा खन्ने शैलीले घाटा पनि हुन्छ र दुःख पनि पाइन्छ । एउटाको गल्तिलाई धेरैले भोग्नुपर्छ । जैविक वास्तविकता बिर्सन्छ अनि प्रकृतिले बाँचेर उभ्रिने लाखौँ, करोडौँ टन खाद्यान्नलाई दुरुपयोग गरिदिन्छ । कँज्याएर राख्छ । दोस्रो विश्वयुद्धको मोहोडामा संसार चलायमान होला तर नेपाल पेट्रोल, डिजेल, ग्याँसको महङ्गीको विकल्पमा पूर्वतयारी गर्ने आधारलाई आन्तरिक विद्युतको विकास सुन्दर बाटो बन्छ । आर्थिक मन्दीले कैयौँ उद्योग डुब्नाले नेपालीहरू स्वदेशमै आउँछन् र आऊन् पनि । ४० प्रतिशत युवाशक्ति भएको सक्षम देशले माटो सुहाउँदो कर्मका मार्गलाई चालोस् । देश तब व्यवस्थापकीय सक्षमताको अभावको रडाकोभित्र फस्छ जब भद्रगोल राजनीतिक कार्यशैलीको गोलघरमा घुम्छ । राजनीतिभन्दा अझै ठूलो कुरा त बाँच्नु नै रहेछ । राजनीतिमा असन्तुष्टि नै असन्तुष्टिको मुस्लो हुन्छ । समाज विकासभित्र समाधान र आगामी विकासको खुशी नै खुशी हुन्छ । तब राजनीतिलाई समाजलाई कँज्याउन सक्दैन, समाजले राजनीतिक नेतृत्वलाई खबरदारी गर्छ । बफादार र भागिदारको निःस्वार्थ सोचमा । सोचको गुलामी बोकेर काण्डैकाण्डमा फस्ने लालची स्वभावको खबरदारीमा । स्वास्थ्यमन्त्रीका च्याम्बरमा लामा आदर्शमुखी आशावादका बहस रबरझैँ तन्किरहनुको के तुक ? किनकि, भीडमा मान्छे धेरै भएकाले समस्या धेरै हुन्छन् भने “गाउँ फर्कौँ” न त ! शहरिया अस्थायी जिन्दगी होइन, महङ्गो घडेरी किनेर घर बनाउने दीवास्वप्ना पनि होइन बरु गाउँकै घरलाई महल बनाउने “गाउँ फर्क अभियान बोकेर ।” स्वाभिमानी जिन्दगीमा । पैसा तिरे पनि घरबेटीको टोकसो सहनुपर्ने काठमाडौँका अँध्यारा कोठाका पीडामा के आनन्द छ ! अप्ठ्यारोको अन्तिम आधार गाउँ । “कोरोना राजनीति” को अर्को चर्को लर्कोले झर्को नलगाओस् । राहत वितरणभित्र पनि राजनीतिको दुर्गन्धमा चुनावी स्वार्थको दुर्गन्ध नआओस् । लिएर खाने र दिएर नाम कमाउने अर्को चर्को बजार । भोकै पर्दैन र भोकै मर्दैनः कहिलेसम्म ? अनि राहत मापदण्डको पोको ? कतै “हाइटी गीत” रच्नुपर्ने त होइन ? सामाजिक अराजकता र जसको शक्ति उसको भक्तिले सत्यतामै भ्वाङ पर्न थालेपछि बिब्ल्याँटो राजनीति चलिरहन्छ । गौँडा-गौँडामा छेकिएकाहरूको आलापले स्वदेशमा पनि त स्वाभिमानी बन्ने हक खोसिएपछि मान्छे दुख्छ ! गरिबीको मनोदशाभित्र, बाध्यताभित्र । परदेशमा रेमिट्यान्सको घ्याम्पा भर्नेलाई ? रोजगार कटौती र स्वदेश फिरौती भएपछिको चापका लागि ग्रामीण विकासका योजना बनून् । “कोरोना राजनीति” को अर्को चर्को लर्कोले झर्को नलगाओस् । राहत वितरणभित्र पनि राजनीतिको दुर्गन्धमा चुनावी स्वार्थको दुर्गन्ध नआओस् । लिएर खाने र दिएर नाम कमाउने अर्को चर्को बजार । भोकै पर्दैन र भोकै मर्दैनः कहिलेसम्म ? अनि राहत मापदण्डको पोको ? कतै “हाइटी गीत” रच्नुपर्ने त होइन ? सामाजिक अराजकता र जसको शक्ति उसको भक्तिले सत्यतामै भ्वाङ पर्न थालेपछि बिब्ल्याँटो राजनीति चलिरहन्छ । आखिर मुटुरोग, क्यान्सर लगायतका दीर्घरोगीलाई नै कोरोनाको पीडाबाट ग्रसित हुनुपर्ने स्वास्थ्यकर्मीको मत छ । सबै सङ्क्रमितले मृत्युवरण गर्नुपरेको मात्रै पनि त छैन आखिर मृत्युलाई जित्ने क्षमता पनि त हुने रहेछ । ग्रामीण अर्थतन्त्रको विकासतिर लम्कने बाटोबाट नेपालले आफ्नो महामारीको ढाल र तरबारलाई सजिलै व्यवस्थापन गर्न सक्छ । यो तिललाई पहाड बनाउने धृष्टता होइन । हामी त स्वदेशमा ३ महिना काम गर्ने १२ महिना खाने र २४ घण्टा गाली गर्ने आदतका पार्टी न हौँ । अनि, अर्काको देशमा गाडीभित्र एकहातले गाडी चलाउँदै अर्को हातले पाउरोटी चपाउने बेफुर्सदिला हौँ । पैसाको चाहना । हैकमवादी सोचले मान्छेलाई कँज्याउँदा अनैतिकताको ढाड सेक्ने दुर्शक्तिले नेपाल आमाका आँशु पिउन बाँकी राखेका छैनन् । राजनैतिक विद्रोहका स्थानमा जैविक अस्तित्वको विद्रोहले पाइलो सार्न थाल्दा तब ग्रामीण विकासमुखी समाजवाद सङ्कटको सारथी हुन सक्छ । विनासपछिको विकासको बुद्धि नहुने धक्कुबाजले कोरोनासँग मानवतालाई बोध गर्दैन । धर्मशास्त्रलाई गाली गर्ने तर विश्लेषणीय व्यावहारिकता नखोतल्नेहरू बठ्याइँ छाँटिरहनेछन् । दोस्रो विश्वयुद्धपछिकै घातक नरसंहारको घटनाले विश्व व्यवस्थामा हलचल आउला, विश्व अर्थ-राजनीतिले नेपाली घरेलु राजनीतिमा प्रहार होला । कथित समाजवादीले उदारतावादको आडमा शासकीय महत्वाकाङ्क्षाको मुख्याइँ लाद्न सक्छन् । तब प्रकृति र सम्पदाको निजीकरण गरिँदाको पीडाबोध मानिसमा हुन्छ । अनि “साम्यवाद” सिद्धान्त किन भिरिरहनुपर्छ ? रामराज्य खोज्न वा बुद्धत्वको अहिंसाभित्रै मानवताको “राजर्षि जनकवाद” जन्मेला । के फरक पर्छ विकास र आनन्दको नवीन शिल्पचित्र कोरिए ! विपद्मा सहयोगी बन्नेभन्दा ठूलो राजनीति के हुन सक्ला ? चाहे कोरोनारूपी महामारी नआएको होओस् तर पनि नेपालीपनाको मौलिक विकास नै हाम्रो भविष्य हो ।

कोरोना भाईरस

यहि रहेछ जवानी तिम्रो, उन्मत्त छायौ संसार घुम्यौ, तिम्रो जवानी देखेर हामी त्रसित भयौ, थाहा थिएन कि यति डरलाग्दो छौ । रोकियो रथ जब तिमी आयौ, तर पाङ्ग्राहरु घुमिरहे, केवल घर्षण भईरहेछ, तर गन्तव्यमा अल्पविराम लागेको छ । थाहा छैन तिम्रो यात्रा लामो छ कि मेरो, तर सगै यात्रामा छौ । शिशिर आउदै थियो बसन्तलाई पालुवा फेराउन, विचैमा तिमीलाई देखे, तब कान्तीले क्रान्तीको रुप लियो । कति लामो छ तिम्रो अधुरो यात्रा, २०५ पाईला त चालीसकेउ, मलाई तिम्रो गन्तव्य बताउन सक्छौ ? डक्टर ससंकित छन, वैज्ञानिक भयवित, बहादुरले बाटो भत्काउदैछ , तर म के नै गर्न सक्छु र तिम्रो यात्रा सोध्न बाहेक । नत गरिब धनीमा भेदभाव छ, नत काला गोरामा नै, समानताको शिद्धान्तमा रुमलियौ, मट्टितेलमा आगो रुमल्लिएझै । कोचिइरहेका छन सारा हतकडी बिनाको जेलमा, मच्चाइरहेछौ तहल्का तिमी जननी टुडिखेलमा, उन्मत्त रक्तसराव लागेको सिंहझै । बहादुर छोरो लागीरहेछ, औषधि र औजार बाेकी, मत्ता हात्ती जस्तो तिम्रो विध्वंश रोक्न । आमा रोइरहेछिन् रुवासरी केश समाएर, पुत्र खोसिन्छ कि काखबाट भनेर , छोरो लडिरहेछ आमाको रक्षा गर्न, अप्रत्यासित लास वोकी भुईमा घुडा टेक्नु नपरोस् , नेपालआमा आँसुसरी भएको देख्न नपरोस्, हे कोरोना भाईरस ।।।   विराटनगर, ९८१२३३९४६१

निरर्थक मानव निर्मित सीमाना र सुरक्षा घेरा

राजधानीको सुनसान सडक, यदाकदा मानिसहरुको ओहोरदोहोर, आफ्नै मौलिक सौन्दर्यतामा खुलेको आकाश, बसन्त ऋतुमा भर्खर पालुवा भरेका बोटविरुवा, नवबर्षलाई जुगल हिमालले गरेको स्वागत, बिहान–बिहानै मेरो कोठाको झ्यालबाट देखिएको दृष्य । अचानक मेरा आँखा बिहानीमा घाम ताप्दै बार्दलीमा बसेर चियाको सुर्कीसँगै घरबेटी बाले पढेको पत्रिकाको हेडलाईनमा पुग्छ । ‘विश्वभर कोरोना कहर’, ‘आफ्नो अस्तित्व रक्षावरण गर्दै विश्व मानव समुदाय’ यी इत्यादि समाचार पल्टाउँदै गरेका प्रत्येक पाना भित्र छन् । म एक्कासी निःशब्द हुन्छु । शरीरमा रक्तसंचार टुटेको भान हुन्छ । एकछिन सोचमग्न हुन्छु । हो, मृत्युले मानवलाई बेमौसम गिज्याईरहेको छ, पछ्याईरहेको छ । त्यही मृत्युको भयमा उकुसमुकुस भएको मेरो मलिनो अनुहारलाई केवल आफ्नै कोठाको चौघेरा भित्रको स्वः बन्दाबन्दीले एक्लै नियालिरहेको छ । सम्भवतः एक्काईसौ शताब्दीको मानव जाति माथिको सबैभन्दा ठूलो प्रहार हो यो । विश्व आक्रान्त भएको यस युगको यो नै पहिलो संगीन घटना हो । इतिहासमा सायदै व्यहोर्न परेको कष्ट आज मानव सभ्यताले भोगिरहेको छ । चाहे विश्वका गरिब देश हुन चाहे समृद्ध देश किन नहोस् ? विश्व नाटकिय ढङ्गले एउटै मुद्धामा सोच्न बाध्य भएको छ, त्यो हो–‘कोरोना भाइरस’ । आज सिङ्गो मानव समुदाय सबै सँग छोईछिटो बारी बसेका किरीयापुत्री झैं झोक्राईरहेको छ । नयाँ वर्षको आरम्भ घडीमा हामी मनलाई भारी तुल्याउँदै आफैंले अप्रियतापूर्वक ‘बन्दाबन्दी’ का ताल्चाहरु लगाएको देखेर एकजना कवि यसो भन्छन् – आयो संकट विश्वमा दिनदिनै झुक्दैछ मान्छे किन । खायो विश्व सखाप पार्छकी कतै हाम्रै घुस्यो आँगन ।। परिचय र सन्दर्भ सन् २०१९ बिदाई हुने क्रममा थियो र सन् २०२० को आगमनमा केही घण्टा बाँकी थिए । चीनको बुहान प्रान्तमा सन् २०१९ को अन्तिम दिन अर्थात डिसेम्बर ३१ मा पहिलो पटक देखापर्यो ‘कोरोना भाइरस ’ । ग्रीक शब्द कोरोनाबाट आफ्नो नाम कोभिड–१९ पाएको यसको शाब्दिक अर्थ हुन्छ क्राउन अर्थात काँडा आकारको । यहि भाइरसको तापले विश्व आज जलिरहेछ । जसले मानव जीवनको रक्षावरण गर्ने चुनौति तेर्स्याई दिएको छ । विश्व कोरोनाको कहरसँगै पौठेजोरी खेल्दै मानवीय रहरलाई जतन गर्न लागि परेको छ । लेखक यो नयाँ प्रजातीको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । कोरोना भाइरसले मानिस र पशुमा संक्रमण गर्दछ । यो स्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भिर प्रकारको तीव्र श्वासप्रश्वास ‘सार्स’ सम्म गराउन सक्छ । महामारी डरलाग्दो हुन्छ, इतिहासले हामीलाई यहि बताएको छ । इतिहासका कैर्यौ कालखण्डमा घातक सरुवा रोग आए । औषधिमूलोको खासै जानकारी नभएका बेलापनि यस्ता संकटसँग मानवले जुध्यो । तर मानव सभ्यता समूल नाश भने भएन । मानव सहनशिलताको परीक्षा लिएर यिनले विश्राम लिए । झण्डै १० हजार वर्ष पहिलेदेखि सरुवा रोगसँग मानिसको बेला बेलामा जम्काभेट भईरहेको छ । फ्रान्समा फैलिएको सन् १७२०–२२ सम्मको प्लेग महामारी, एसिया र युरोपमा पहिलो पटक सन् १८१६–२६ मा देखिएको हैजा, विश्वभरका झण्डै १५ लाख जीवन लिला समाप्त भएको सन् १९१५–२६ को इन्सेफ्लाइटिस महामारी र त्यस्तै सन् १९१८–२० भित्र करिब पाँच करोड मानिसको ज्यान लिएको स्पेनिस ईन्फ्लुएन्जा आदि यस्तै दृष्टान्तहरु हुन् । प्रथम र दृतिय विश्वयुद्ध हुँदा अर्बौको सम्पत्ति र करौडौंको मानवीय क्षति पुगेपनि सबै देश यसरी समान रुपमा विक्षिप्त भएका थिएनन् । युद्धमा सीमित देश सहभागी बने, सीमित मान्छे लडे तर अहिलेको जस्तो कहर विश्वमा सायदै भएन । पछिल्लो समयमा मानिसले सामूहिक रुपमा भोगिरहेका इबोला, सार्स, स्वाइन फ्लु, बर्ड फ्लु ईन्सेफ्लाईटिस, डेंगू, एड्स जस्ता महामारीको पार्दुभाव वास्तवमा मानिसका आफ्नै जीवनशैली र व्यवहारले कमजोर बनाउँदै लगेको रोग प्रतिरोधात्मक क्षमता अनि प्रकृति विरुद्ध अविवेकी आचरणका प्रतिफल हुन् । हालको कोरोना भाइरसको आतंक पनि त्यस्तै श्रृखंलाको नयाँ स्वरुप हो । कोरोनाको विश्वव्यापी अवस्था चीनको बुहानबाट आगोको झिल्को झैं सल्किएको यो महामारी हाल औंलामा गन्न सक्ने राष्ट्रबाहेक सबैमा झोसिएको छ । विश्वका २१३ भन्दा बढि देश एवं भूभाग प्रभावित भएका छन् । तथापि थर्मोमिटरमा हेर्नै हो भने अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायत लगायतका देशमा चिन्ताको तापक्रम शीर्ष अकंमा पुगेको देखिन्छ । यतिखेर कोरोना भाइरस विश्वव्यापी भएको छ । यो लेख तयार पार्दासम्म यसबाट संक्रमित हुने संख्या २० लाख ७५ हजार पुगिसकेको छ । मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघिसकेको छ र यो निरन्तर बढिरहेको छ । गम्भिर अवस्थाका बिरामी उपचारमा रहेका संक्रमित संख्याको करिब चार प्रतिशत छन् । निको भई सामान्य अवस्थामा फर्केका ५ लाख त्रिपन्न हजार नाघेका छन् । एसियाको चीनसहित इरान, टर्की, इजरायल, दक्षिण कोरिया बढि प्रभावित छन् भने दक्षिण एसियाली देशमा भारत, पाकिस्तान बढि आक्रान्त छन् र संक्रमणको वेग सुस्त हुने कुनै संकेत अहिलेसम्म देखिएको छैन । फ्रान्स र इटाली जस्तो स्वास्थ्य उपचारको दृष्टिले विश्वको पहिलो र दोस्रो उत्कृष्ट देशलाई समेत हम्मे हम्मे परिरहेको सन्दर्भ एकातिर छ भने अमेरिका, बेलायत, चीन जस्ता शक्तिशाली राज्यलाई समेत झुकाएको छ । परमाणु हतियारदेखि ग्रहमा बस्ती बसाउने समेतका आविष्कार गर्ने देशहरु यो भाइरस सामु घुँडा टेक्दै असुरक्षित महसुस गरी प्रताडित भइरहेका छन् । जुन तीव्र गतिमा भाइरसले मानिसलाई गाँज्दै लगिरहेको छ । जसरी हजारौंको संख्यामा जीवनलीला समाप्त भइरहेका छन् । पृथ्वी प्रलय हुने, डायनासोर विलय भए जस्तै मानव जाति पनि विलय हुने अड्कलबाजीहरु चर्किरहेका छन् । विज्ञान र प्रकृतिको लडाईको भूमरीमा मानवजाती परेको अवस्था छ । आजको समय सन्दर्भले माल्थसको ‘जनसङ्ख्या सिद्धान्त’ र डार्विनको ‘बाँच्नका लागि संघर्ष’ र ‘सक्षमनै बाँच्छन्’ भन्ने सिद्धान्तको महत्व थप चुलिएको पाईन्छ । कोभिड–१९ को वर्तमान महामारी कहाँ गएर सुस्ताउने हो ? यसले कुन हदसम्म मानव जीवनको क्षति गर्ने हो ? विश्व अर्थतन्त्रलाई कति नकारात्मक प्रभाव पार्ने हो ? अहिले नै यथार्थ आंकलन गर्न सकिन्न । यति हुँदाहँदै पनि भौतिक दूरी, क्वारेन्टाइन, आइसोलेसन, अस्पताल भित्रको उपचार देखि चिकित्सा जगतको सोधखोज, नयाँ प्रतिरोधात्मक खोपको विकासको प्रयास जल्दोबल्दो कोरोना महामारीको विश्वव्यापी परिदृष्य हुन् भन्न सकिन्छ । नेपालको अवस्था कोरोना महामारी विश्वमै विज्ञान र चिकित्सा क्षेत्रका लागि चुनौति बनेको छ । यसको सामना थोरै संसाधन भएको हाम्रो जस्तो देशलाई कति कठिन होला, सहजै अनुमान लगाउन सकिन्छ तर संकट नेपालीको पर्यायवाची जस्तै हो । संकट टार्ने नेपालीको सहनशिलता उच्चकोटीको छ । नआओस् भन्दाभन्दै कोरोना घर आँगनमै आइपुग्यो । विश्व बन्दाबन्दी हुँदाको समाचारले अत्तालिएका हामी आज आफैं बन्दाबन्दीमा भएका छौं । नेपाल अहिलेसम्म कोभिड–१९ बाट सिर्जित मानवीय क्षतिबाट जोगिन सकिरहेको छ । संक्रमित संख्या पनि उल्लेख्य छैन । हालसम्म संक्रमित संख्या ३० (यो लेख तयार पार्दा सम्म ) पुगेको छ । सबैको अवस्था सामान्य छ । केही आइसोलेसनमा छन् भने हजारौं क्वारेन्टाइनमा बसिरहेका छन् । १ जना निको भएर घर फर्केका छन् । पिसीआर र आरडिटिबाट हजारौंमा परिक्षण गरिएको छ । उता हाम्रो छिमेकी देश भारतमा संक्रमितको संख्या दिन प्रतिदिन बृद्धि भईरहेको छ । यो हाम्रो लागि खतराको सूचक हो । सीमित स्रोतसाधन र खुल्ला सिमानाका कारण हामी सुरक्षित छौं भन्न सकिरहेका छैनौं । जतिखेर पनि अवस्था भयावह हुन सक्छ । कोरोना महामारी विश्वमै विज्ञान र चिकित्सा क्षेत्रका लागि चुनौति बनेको छ । यसको सामना थोरै संसाधन भएको हाम्रो जस्तो देशलाई कति कठिन होला, सहजै अनुमान लगाउन सकिन्छ तर संकट नेपालीको पर्यायवाची जस्तै हो । संकट टार्ने नेपालीको सहनशिलता उच्चकोटीको छ । अभाव प्रभाव र दबाबसँग सधैं लडेका नेपालीको प्रतिरोधी क्षमता त्यसैपनि बलियो छ । विश्व अर्थतन्त्रमा प्रभाव विश्व बजार ठप्प छ । गतिशिल बनेको विश्वको अर्थतन्त्र एकाएक लगाम लागेको छ । विश्वको अर्थतन्त्र नयाँ परिभाषको पर्खाइमा रुमल्लिएको प्रतीत हुन्छ । कोरोनाले व्यापार अर्थतन्त्र यस्तो बनाईदियो कि शक्तिशाली देशको ‘ट्रेडवार’ पनि सुस्तायो । चीनको वुहानबाट फैलिएको कोभिड–१९ ले अनुमान विपरित ठूलो मानवीय क्षतिसँगै विश्व अर्थतन्त्रलाई पनि ओरालो ग्राफमा झारिरहेको छ । थिंक ट्याकं ओइसिडीको प्रक्षेपण अनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर जम्मा २.४ प्रतिशत मात्र रहनेछ । यो त्रास गम्भिर र लामो समयसम्म रहिरहने हो भने केवल १.५ प्रतिशत सीमित रहने अनुमान छ । संसारभरीका ठूला सेयर बजारमा गिरावट आएको छ । औद्योगिक उत्पादनको फ्क्याट्रि भनि चिनिएको चीनको अर्थतन्त्र शिथिल हुँदा ‘ग्लोबल भ्यालु’ चेन नै विचलनमा परेको विश्लेषण छ । त्यो भन्दा पनि आज विश्व अर्थतन्त्रमा ठूलो देश अमेरिका लगायत व्यापारिक इन्जिनका रुपमा चिनिने युरोपका देश भाइरसको चरम संकटमा छन् । आज यी देशले आफ्नो आर्थिक वृद्धिदर कायम राख्न नसक्दा आफू मात्र होइन पुरै विश्वनै खलबलिन्छ । सारा मुलुकको आन्तरिक अर्थतन्त्र र दुई देशीय साथै बहुराष्ट्रिय अर्थतन्त्रलाई नराम्रो झट्का लाग्ने देखिन्छ तर यी देशहरु अहिले आफ्नो साख जोगाउन संघर्षरत छन् । दक्षिण एसियाली मुलुकमा ४० वर्ष यताकै सबैभन्दा कमजोर आर्थिक स्थिति उत्पन्न हुन लागेको छ । विश्व बैकले यस वर्षको यस क्षेत्रको आर्थिक विकासको पूर्वानुमान घटाएर १.८  देखि २.८ प्रतिशत बनाएको छ । बन्दाबन्दीका कारण पश्चिमा मुलुकबाट हुने सामानको मागमा कमि आएको छ भने ठूलो संख्याका कामदारहरु बेरोजगार भएका छन् । पर्यटन क्षेत्रमा सुख्खा लागेको छ । यस क्षेत्रका कम्तिमा आधा देशहरु ‘गहिरो आर्थिक मन्दि’मा फस्ने देखिएको छ । समग्र दक्षिण एसियामा नकारात्मक असरको आँधी नै अनुभव गर्न थालिएको छ । नेपालको अर्थतन्त्रमा प्रभाव वि.सं. २०७२ सालको विनाशकारी महाभूकम्प र भारतले गरेको नाकाबन्दी थेगेर बल्लतल्ल उकालो लाग्दै गरेको नेपालको अर्थतन्त्रलाई कोरोना महामारीले नराम्रो धक्का दिएको छ । विप्रेषणमा आइरहेको तीव्र गिरावट, दैनिक ज्यालादारीमा निर्भर मजदूरहरुको बेरोजगारी, आयात र निर्यात दुवैमा आएको कमी, कृषि, पर्यटन र औद्योगिक क्षेत्रको घट्दो उत्पादन आदिका कारण अहिले देशको अर्थतन्त्र ठप्प छ । वैदेशिक रोजगारीका नयाँ अवसर सिर्जना हुन पनि निकै लामो समय लाग्ने देखिन्छ । कुल गार्हस्थ उत्पादनमा २५.६ प्रतिशत योगदान दिँदै आएको विप्रेषणमा भएको कमीले कालान्तरमा समग्र आर्थिक बृद्धिदरलाई असर पार्ने निश्चित नै छ । बेरोजगारी दर ११.४ प्रतिशतबाट बढेर निकै माथि पुग्ने विज्ञहरुको अनुमान छ । महामारीले सिर्जना गरेको महामन्दिलाई दृष्टिगत गर्दै विश्व बैंकले यस वर्ष नेपालको आर्थिक बृद्धिदर १.५ प्रतिशत देखि २.८ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ । ६ महिना अघि नेपाली अर्थतन्त्र ६.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको थियो । साथै सेवा क्षेत्रमा परेको मारले समग्र मागमा धक्का (डिमाण्ड शक ) सँगै वित्तीय क्षेत्रमाथि सबैभन्दा ठूलो दबाब उत्पन्न हुने आकँलन गरको छ । महामारी लम्बिदै गए सेवा र औधोगिक क्षेत्रमा थप संकुचन आउन सक्ने औल्याइएको छ । यो भाइरसको त्रासदीको असर विदेशी कम्पनीले निर्माण गरिरहेका राष्ट्रिय गौरवका योजना लगायत कयौं परियोजनाहरुमा समेत पर्न गई निर्माण कार्यमा ढिलाइ हुन थालिसकेको छ । निर्माणका चरण रोकिएका कारणले विनियोजन बजेट पनि खर्च गर्न नसकिएको अवस्था छ । अस्पताल, मेडिकल र खाद्य सामाग्री बाहेकका सबै संस्थाहरु प्रायः बन्द छन् । पर्यटकीय सिजनमै धक्का लागेको छ । बीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउने र देशको आर्थिक अवस्थालाई पर्यटनको माध्यमबाट विकास गर्ने नेपालको सपना चकनाचुर भएको छ । विश्वभर नै कोरोनाको कहर र आर्थिक क्षति भएको कारणले दाता राष्ट्र र साझेदारहरुबाट आएको सहयोगमा समेत कमी हुने देखिन्छ । कोरोनाको सन्त्रास लामो समय नदेखिए तत्काल रिभाइभ हुने र त्यसको ठूलो असर नदेखिने संभावना पनि उत्तिकै छ । आर्थिक मन्दीको खाडलबाट उम्कन सरकारले ल्याउने नीति र कार्यक्रमले पनि दिशाबोध गर्दछ । त्यो प्रतिक्षाको विषय हो । तर वर्तमान अवस्था नियाल्दा महामारी सहजै मत्थर हुने अवस्था छैन । यसो हुँदा नेपाली अर्थतन्त्रमा बहुआयमिक असर पुग्ने नै देखिन्छ । अर्थतन्त्रलाई चलायमान राख्ने मुख्य स्रोत भनेको मानिसहरु हुन । तर आज तिनै मानिसहरु स्व कारागारमा बस्न बाध्य छन् अर्थात भन्न सकिन्छ हाम्राे अर्थतन्त्र अहिले चक्रव्युहमा प्रवेश गरिसकेको छ र यसको निकास महाभारतको अभिमन्यू जस्तो मृत हुन्छ वा जीवितै हुन्छ त्यो भविष्यको गर्भमै छ । मानव सभ्यता र संस्कृतिमा प्रभाव जीवन संस्कारमा प्राचिन पूर्वीय दर्शनको विराट् महत्व अब आएर विश्वभर उजागर भयो । अल्पज्ञानी आधुनिक समाजले रुढीवाद महसुस गर्ने गाला अथवा हात मिलाउनु सट्टा नमस्ते गर्नु, निश्चित दूरीमा आवास बनाएर बस्नु, बाहिर गएर आएपछि अर्को लुगा लगाउनु, खान बस्दा लुगा फेरेर बस्नु भन्ने जस्ता व्यवहारको उज्यालोपना अब चित्रित भयो । निर्मल कञ्चन नदिमा थुक्ने, खकार तथा पिसाब मिसिएका स्विमिङ पुलमा नुहाउने, शौचालयमा गएपछि कागजले पुछ्ने,  तुलसीको मठमा बत्ती बाल्ने सट्टा प्लाष्टिकको रुखमा बिजुलीको बल्ब झुन्डाउने,  घरभित्र चर्पी बनाउने कुरा वैज्ञानिक दरिद्रताका स्वरुप रहेछन् भन्ने प्रमाणित गरिदियो । रुघाखोकी, हैजा र महामारी भनेका एसियाली र अफ्रिकीहरुका पेवा हुन् भन्ने आडम्बरपूर्ण पश्चिमा दम्भलाई कोरोना महामारीले पूर्वाग्रही ज्ञान उत्पादन मार्फत हिंसा प्रवर्द्धन गर्नेहरुलाई कठोर प्रत्युत्तर समेत दिएको छ । आधुनिक मानव सभ्यतालाई अलिकति शाकाहारी जीवन र स्वच्छ विचारमा बाँच्न, ग्रामीण समाजमा रम्न र पारिवारिक एकत्वमा जम्न सिकाउँदैछ । यो बाध्यता भित्रको सुन्दर पक्ष पनि हो । वातावरण र जीवजन्तुमा प्रभाव बन्दाबन्दीका कारण हरितग्याँस उत्सर्जनगर्ने उद्योग कलकारखाना प्रायः बन्द छन् भने सवारी साधन समेत गुडेका छैनन् । यसबाट प्रदुषणमा ह्रास आईसहरी क्षेत्रमा धैरैपछि आकाश सफा देखिएको छ । वातावरण स्वच्छ र सुन्दर हुन पाएको छ । सहरबासीको फोक्सोलाई केहि राहत मिलेको छ । कृषि सबैभन्दा प्रधान आधार एवं आवश्यकता हो भन्ने सत्य एकपटक पुन प्रमाणित हुँदैछ । चराचुरुङ्गी र जगंली जनावर विस्तारै शहरी क्षेत्रमा विचरण गर्न थालेका छन् । जीवजन्तु र मानिस बीच द्वन्द्व केही हदसम्म कमी भएको छ । वैदिक दर्शनमा व्याख्या गरिएका अहिसां तथा आरोग्यताले मान्यता पाएका छन् । स्वास्थ्य बहुमूल्य धन हो । प्रकृति माथि प्रभाव र विजय सम्भव छैन । प्रकृति, जीवदेखि लिएर खोलानाला, वनस्पति र जनावर सम्मलाई पूजा गर्ने पूर्वीय सनातन चिन्तन तथा व्यवहारको वैज्ञानिक आधार अहिले संसार सामू स्थापित हुँदैछ । भाइरससँग लड्न शरिरमा प्रतिरोधी क्षमता बलियो हुन आवश्यक छ । यसका लागि आफू वरपरको वातावरण र खानपान पनि स्वस्थ हुनुपर्छ । भाइरसका लागि एन्टीबडि उत्पादन नहुँदासम्मका लागि आफू वरपरको वातावरण सफा हुनुपर्छ भन्ने सन्देशको महत्व झन् विचारणीय बन्दैछ । यो आधुनिक मानव सभ्यताको व्यवहारिक दर्शनका रुपमा विकसित हुने प्रष्ट छ । कोरोना महामारीले विश्वलाई दिएको सन्देश अहिले आएर विश्वले बुझ्दैछ कि प्राकृतिक प्रकोप र महामारीको बलात् अतिक्रमका अगाडी मानव निर्मित सीमाना र सुरक्षा घेरा निरर्थक हुन भनेर साबित भईरहेको छ । सैन्यबल, आर्थिक सम्पन्नता, वैज्ञानिक प्रगतिका राष्ट्रिय दम्भमा अलमलिएर सहकार्य, पारस्परिक सहयोगका मामिलामा अनुदार बन्न खोज्नुको परिणाम कति दुखदः हुँदो रहेछ अहिले भुक्तभोगी भइरहेका छन् । अहिले आएर विश्वले बुझ्दैछ कि प्राकृतिक प्रकोप र महामारीको बलात् अतिक्रमका अगाडी मानव निर्मित सीमाना र सुरक्षा घेरा निरर्थक हुन भनेर साबित भईरहेको छ । सैन्यबल, आर्थिक सम्पन्नता, वैज्ञानिक प्रगतिका राष्ट्रिय दम्भमा अलमलिएर सहकार्य, पारस्परिक सहयोगका मामिलामा अनुदार बन्न खोज्नुको परिणाम कति दुखदः हुँदो रहेछ अहिले भुक्तभोगी भइरहेका छन् । आधुनिक विज्ञानबाट निर्माण भएका जैविक र भौतिक हतियारले न भाइरस मार्न सके न सिध्याउन । युद्ध नभएपनि युद्ध हारेको भान सबैमा हुँदैछ । मानव अस्तित्व सक्ने आणविक हतियार बनाउने मस्तिष्क यस्ता भाइरस बिरुद्ध प्रयोग नगरेकोमा वैज्ञानिकहरु पनि चुकचुकाइरहेको हुनुपर्छ । सायद एक्काइसौं शताब्दीको यहि बिन्दुबाट विज्ञानको धार पनि परिवर्तन हुनेछ र विनाशका निम्ति सिर्जना होईन विकासका निम्ति सिर्जना हुनेछ । विश्व अर्थतन्त्रमा, राजनीतिमा परिमार्जनको चेत खोलिदिनेछ । नवउदारवादको पीडाबाट मुक्ति दिँदै समाजवादका लागि अघि बढ्ने हेक्का दिलाउनेछ । व्यक्तिवादले गाँजेको समाज सामूहिकताका साथै सहकारिता,सहअस्तित्व र समन्वयको नयाँ संस्कारको थालनी गर्नेछ । यतिमात्र होईन सुतुरमुर्गले जस्तै टाउको जमिनमुनि लुकाएर आफू सुरक्षित छौं भन्ने मुर्खता पूर्ण व्यवहारमा कति महँगो हुँदो रहेछ भन्ने कुरा अहिलेको कोरोना भाइरस विभीषिकाले पुष्टि गरिरहेको छ । कोरोना भाइरसले आज विश्व मानव समाजलाई मानवता रुपी साझा सोचको झण्डामुनी रहने सन्देश दिइरहेको छ । प्राकृतिक जीवन र पृथ्वीरुपी घरमा वन्धुत्वलाई वोध पनि गराइरहेको छ । विश्वव्यापीकरण माथी नै थुप्रै प्रश्न सिर्जना गरिदिएको छ । ‘बाँच अनि बचाऊ’को सचेतताका स्वरमा एकत्रित गर्दैछ, अनि डराएर होइन सचेत भएर जुध्न सिकाइरहेको छ । कोरोना महामारीबाट बच्ने उपाय ‘हुलमुलमा जीउ जोगाउनु ,अनिकालमा बीउ जोगाउनु’ हाम्रा पुर्खाले यस्तै सम्भावित संकटलाई ध्यानमा राखेर आव्हान चलाएका हुन सक्छन् । यस सम्बन्धमा चाणक्य नीतिको एक अंश उदाहरणीय छ । अनागत विधाता च प्रत्युत्पन्नमतिस्तया । द्धवितौ सुखमेवैते यद्धविष्यो विनश्यति ।। अर्थात जो मान्छे भविष्यमा हुने विपत्ती प्रति जागरुक हुन्छ र जसको वुद्धि तेज हुन्छ, यस्ता व्यक्ति नै सुखि रहन्छन् । यस विपरित भाग्य माथि विश्वास गर्ने व्यक्ति चाँही नष्ट हुन पुग्छन् । अतः कुनै विपत्तिसित बहादुरी साथ सङ्घर्ष गर्नु नै मानव सभ्यताको परिचायक हो । हामी बन्दाबन्दीमा छौ । यो समय जथाभावी हिँड्दा आफू संक्रमित हुने कुरा मात्र होइन, अरुलाई समेत संक्रमित बनाईने डर रहन्छ । यस अर्थमा आज विश्व नै बन्दाबन्दीमा छ । आफ्नो अस्तित्वका लागि समाजका हरेक व्यक्तिमा यो सामूहिक बोध हुनैपर्छ । त्यसैले अहिलेको घडी भनेको आत्म अनुशासनको हो । जनतामा फैलिएको मनोवैज्ञानिक त्रास अन्त्य गर्न जनचेतनाको अभियान चलाऔं । संचारमाध्यम र संजालहरु एकसाथ प्रयोग गरौं । बालबालिकाहरुले ‘फ्रि फायर’ खेल्दा ‘इनमी’ सिद्याएझैं कोरोनाको मनोवैज्ञानिक आतकंको समाधान खोजौं । चुनावमा भोट माग्न खटिएझैं जनचेतना फैलाउन होडबाजी गरौं । हाम्रो चिकित्सा प्रणालीको क्षमता बृद्धि गरौं । चिकित्सकहरुमा विश्वास गरौं र उत्साह थपौं । घरबाट बाहिर निस्कन सहज नभएपनि संचारका माध्यमबाट धेरै काम गर्न सकिन्छ । अहिलेको समयमा सुन्दा सजिलो लाग्ने तर बानी नपरेकाले गर्न कठीन भइरहेको हात धुने, सामाजिक दुरी कायम गर्ने, ज्वरो खोकी लागेको अवस्थामा आइसोलेसनमा बस्ने र शंकितहरुलाई जाँच गराउन उत्प्रेरित गर्ने काम इमान्दारीपुर्वक गरौं । सरकार तथा स्वास्थ्य विज्ञहरुले औंल्याएका सामान्य नियम पालना गरौं । अहिलेसम्म संक्रमण फैलिएका मुलुकबाट जति नेपाल भित्रिएका छन्, उनीहरुको खोजी गरी स्वास्थ्य निगरानीमा राखौं । नजानेकोलाई सिकाऔं, जानेकोले सुनाऔं । हामीलाई यसैले बचाउँछ । भावी चुनौति र हाम्रो भविष्य मानव जातिले भोगीरहेको पीडाले कोरोना भाइरस नियन्त्रणमा आइसक्दा यसले विश्वव्यवस्थामा परिवर्तन ल्याउनेछ । यसो हुँदा आर्थिक मन्दी पहिलो र तत्काल आईपर्ने समस्या हो । आर्थिकमन्दीका कारणले कैयौं वित्तीय संस्थाहरु टाट पल्टनेछन् । बेरोजगारीको समस्या विकराल बन्नेछ जसले विभिन्न खाले अपराधको बढोत्तरी सँगै अर्कैखाले अराजकताको सिर्जना गर्नेछ । अकल्पनीय महामारीका कारणले मानिसमा मानसिक रोगको समस्या धान्न मुस्कील हुने गरी देखापर्नेछ । अभावले मानिसका बीचमा घृणा, द्धेष र वैमनस्य पैदा गर्नेछ । अब खुल्ला सीमाना नयाँ चुनौति हुनेछन् । सीमाना बन्दको माग बढ्नेछ । रेमिट्यान्स अर्थतन्त्र करिब करिब समाप्त हुने देखिँदैछ । पर्यटन व्यवसाय र सो सम्बद्ध उद्योगहरु केही समय धरासयी हुनेछन् । युद्ध र सेनामा लगानी हैन जनस्वास्थ्यमा लगानी बढाउनुपर्ने महसुस राज्यले गर्नेछन् । कमजोर मानिस, समाज र मुलुक झन् कमजोर हुँदै जाने र बलियाहरु झन् बलवान हुँदै जादाँ धनी र गरिब, निर्धा र बलिया, सक्षम र असक्षमहरुको खाडल अकल्पनीय ढंगले बढ्नेछ । कृत्रिम बौद्धिकताको विकास गर्दै सम्पन्न बन्ने होडबाजी चलिरहेको विश्वको ध्यानलाई यो संक्रमणले बिषयान्तर गरिदिएको छ । विश्वभरका समस्त मानव जाति नै यस महामारीबाट काँपेका छन् र आफ्नो जीवनचर्यालाई कोठाभित्र सीमित गरेका छन्, त्यो पनि महिनौसम्म । सायद यही हो मृत्युको डर र मानिसको जीजीविषा । यद्यपी सम्पूर्ण मानव क्षमता मस्तिष्क र सामर्थ्य यस प्रलयकारी भाइरससँगको लडाईंमा छ । जीत पक्कै मानवकै हुन्छ तर यसले बनाएको घाउ निको हुन भने समय लाग्नेछ । युभाल नोहा हरारीले आफ्नो चर्चित पुस्तक ‘सेपियन्स’ मा चित्रण गरेजस्तै मानव र विषाणु बीचको संघर्ष नै मानव जातिको विकास र विस्तार प्रकृया हो । कोभिड–१९ बाट पनि मानिसले आफूलाई अझ अगाडी बढाउने निश्चित छ । त्यसैले कोरोना भाइरस सँग धेरै डराउनु पर्दैन । यो मानवजातिका लागि एउटा परीक्षा मात्र हो । अहिलेसम्म जुनसुकै समस्या आइपरेपनि मानव जातिले समाधानको उपाय निकालेको छ । कठिनाईले नै मानव समाजको निरन्तरतालाई सकारात्मक दिशानिर्देश गर्नेछ । उपसंहार कोरोना महामारीसँगको संघर्ष आफैमा साध्य होइन । वर्तमानमा सिर्जित सम्पूर्ण समस्या हल गर्ने अन्ध प्रयास पनि होइन । यो त बढि प्रभावकारी मानव सभ्यता सिर्जना गरी निरन्तरता दिने वृहत उद्देश्यको एक प्रयत्न हो । मानव विनाको विश्व हुँदैन । मानवीय मूल्य,मान्यता र विश्वासमा नै विश्व अटेको छ । अहिलेको संकट मानवताको हो । हामी आपसी अविश्वास र अनेकतामा जेलिने हो भने निश्चत छ, यो युद्धमा भाइरसको जित हुनेछ । जब मानिस लरखराउँछ, भाइरस बौरिन्छ । सिंगो मानव जाति माथिको यो संकट विरुद्ध मोर्चाको तयारीमा पनि मानव समुदायको सामूहिक प्रयासको आवश्यकता छ तर विडम्बना यो महामारीलाई तह लगाउने सन्दर्भमा हामी चुरो कुरोमा पुगेर समाधान गर्न खोजिरहेका छैनौं । रुख र बोट विरुवा होइन झरेका पात गन्नमा समय खेर फालिरहेका छौं । प्रकृतिको लीलाले सबैलाई समान रुपमा व्यवहार गर्दछ । परिहाल्यो भने एक बच्ने र अर्को मर्ने हुन सक्दैन । त्यसैले विश्वलाई यस विषम् परिस्थितिबाट मुक्त गर्न हातेमालो बाहेक अर्को अचुक अस्त्र भेटिएन ।   तुलीबजार –८ स्याङ्जा सन्दर्भसामाग्रीः डब्लु.एच.ओ. र नेपालसरकार स्वास्थ्यमन्त्रालयको वेवसाइट विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखरचना जीवनहरी शर्माको कविता ‘विज्ञानको दुर्दिन’

विश्वबन्धुत्वको भावनामा आगामी यात्रा

महामारी भन्ने वित्तिकै हामीलाई विपद्को आभाष हुन्छ । जब कुनै पनि रोगको प्रकोप लामो समयसम्म फैलिन्छ, त्यसलाई महामारी भनिन्छ । महामारीले जनजीवनमा एक किसिमको संकट उत्पन्न गर्दछ । स्वास्थ्य क्षेत्रमा जोखिम पैदा गरी मानविय क्षति समेत गर्ने भएकाले महामारीले मानिसको भविष्यलाई प्रत्यक्ष असर पर्दछ । कोरोना भाइरस आर्थात कोभिड १९ हरेकको जनजिब्रोमा झुण्डिएको शब्द हो । कोरोना भाइरसको नाम सुन्ने वित्तिकै सबैको मनमा एक किसिमको त्रास उत्पन्न हुन्छ, किनकी यो भाइरसले मानव सभ्यतालाई नै चुनौती दिंदै भयावह अवस्थाको सिर्जना गरिदिएको छ । महामारीको रुप लिएर विश्वलाई नै आतंकित पार्ने कोरोना भाइरस चीनको वुहान शहरको माछाबजारमा नोभेम्बर १७ मा पहिलो पटक देखा परको भनाई छ । मानव शरीरको श्वासनलीको माथिल्लो भागबाट संक्रमण हुन सुरु भई नाकदेखि घाँटी हुँदै फोक्सोमा प्रवेश गर्दछ । कोरोना संक्रमण पछि शरीरको प्रतिरोध प्रणालीले भाइरससंग संघर्ष गर्न थाल्दछ, जसका कारण ज्वरो आउने, सुख्खा खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र निमोनिया जस्ता लक्षणहरु देखा पर्दछन । शरीरमा संक्रमण फैलिन थालेपछि भाइरस विरुद्ध प्रतिरोधात्मक प्रणाली अति सक्रिय हुने गर्दछ । प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले जलन (पीडा) हुन थाल्दछ र जलनका कारण शरीरमा निकै धेरै हानि पुग्दछ । श्वासप्रश्वासमा हुने समस्यका कारण प्रर्यात अक्सिजन प्राप्त हुँदैन । यो अवस्थामा श्वासप्रश्वासमा सहजता ल्याउन भेन्टिलेटरको सहायता लिनु पर्ने विशेषज्ञहरुको भनाई छ । गम्भिर संक्रमणबाट मानिसको मृत्यु समेत हुन सक्दछ । कोरोना भाइरसको संक्रमणबाट ५ जनवरी २०२० मा चीनमा पहिलो व्यक्तिको मृत्यु भयोे । चीनको ठूलो शहर अर्थात हुवेइ प्रान्तको राजधानी वुहानमा देखा परेको कोरोना भइरसले विश्वव्यापी महामारीको रुप लिएको छ । यसलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” नामाकरण गरेको छ । श्वाशप्रश्वाशको माध्यमबाट सर्ने नयाँ प्रजातिको भाइरस भएकाले संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना उच्च रहन्छ । अन्य भाइरस जस्तै सामान्य मान्दा नोवेल कोराना भाइरसको संक्रमणले पूरै विश्वलाई नै आक्रान्त बानाएको छ । यसको संक्रमणबाट विश्वका कुनै पनि देश अछुतो रहन सकेन । विकाशोन्मुखदेखी अति विकसित राष्ट्रहरु समेत कोरोना भाइरसको शिकार बन्न पुगे । पछिल्लो समय सिङ्गो विश्वलाई नै तरंगित बनाइरहेको कोभिड १९ विरुद्धको खोप तथा औषधीको खोज तथा अनुसन्धान भई रहेता पनि हालसम्म आधिकारीक रुपमा पत्ता लागि रकेको छैन । लेखक कोरोना भाइरस संक्रमण मानव शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्दछ । संक्रमण फैलिन थालेपछि विस्तारै मानव शरीरको कोषभित्र प्रवेश गरीे नियन्त्रणमा लिने गर्दछ । कुनै पनि रोग लाग्ना साथ मानिसको मृत्यु हुन्छ भन्ने छैन । हामीले रोगलाई लुकाउने प्रयास गर्यौं भने यो अवस्थामा मृत्यु बाहेक अन्य विकल्प नहुन सक्छ । यसर्थ रोग लाग्नु भन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुन्छ । कोरोना विरुद्ध कुनै खोपको आविस्कार भैनसकेको अवस्थामा सावधानीपूर्वक यसको संक्रमणलाई फैलन नदिनु नै प्रभावकारी हुन्छ । जनावरहरूको धेरै सम्पर्कमा नबस्ने, खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको डस्विनमा फाल्ने, नियमित रुपमा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाईजनको प्रयोग गर्ने, रुघाखोकी लागेको व्यक्तिबाट टाढा रहँदा पनि कोरोना भाइरसको संक्रमणबाट केही हदसम जोगिन सकिन्छ । कोरोना भाइरस हावाको माध्यमबाट श्वासप्रश्वास नली हुँदै फोक्सोमा प्रवेश गर्ने भएकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, निस्किनै भरेमा माक्सको प्रयोग गर्ने, भिडभाडमा नजाने, अन्जान व्यक्तिहरुसँग धेरै घुलमिल नहुने, साथीभाईहरुसंग हात नमिलाउनुका साथ टाढैबाट नमस्कार गर्ने बानीको विकासले पनि कोरोना भाइरसको संक्रमणलाई फैलिनबाट रोक्न सकिन्छ । कोरोना प्रभावित देशबाट आएको व्यक्तिहरूमा संक्रमणको लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकहरुसंग परामर्श लिने, यदी घरमै बस्नु पर्ने अवस्थामा परिवारका सदस्यहरूबाट छुट्टै आईसोलेसनमा बस्नु पर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार उमेर ढल्केका, हृदय रोग, मधुमेह, दीर्घकालीन श्वास रोग र क्यान्सर जस्ता रोग लागि औषधीमा निहित हुनु पर्ने बिरामीहरुमा कोरोनाको संक्रमण सम्भावना उच्च रहन्छ । त्यसैले वृद्धवृद्धा, बालबच्चा तथा रोगीहरुलाई विशेष ध्यान दिने, यस्तै पौष्टिक आहारहरुको सेवन गर्ने, माछामासु राम्रोसँग पकाएर मात्र खाने, हातले जथाभावि नाक, मुख, आंँखामा नछुदा नै उचित हुने देखिन्छ । कोभिड–१९ को महामारीले विश्वको स्वास्थ्य क्षेत्रलाई धरासायी बनाई दिएको छ । विश्वव्यापी महामारीको बेलामा हरेक देशहरुले सम्पूर्ण शक्ति कोरोना भाइरसको विरुद्धमा प्रयोग गरेका छन । विश्वका सम्पन्न देशहरु समेत यसबाट अति प्रभावित भएका छन् । महामारीका कारण संयुक्त राज्य अमेरिकाले सबैभन्दा बढी मानवीय क्षती सहनु परेको छ । याे लेख तयार गर्दासम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ३६ हजार भेट्न खोजेको छ भने संक्रमितको संख्या ६ लाख ७८ हजार नाघिसकेको छ । यस्तै इटालीमा पनि १ लाख ६९ हजार व्यक्तिहरुमा संक्रमण देखिएको छ । २२ हजार भन्दा बढीले ज्यान गुमाई सकेका छन । युरोपेली मुलुक स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १९ हजार ३ सय नाघेको छ, भने १ लाख ८५ हजार मानिसहरु संक्रमित छन । फ्रान्सले पनि झन्डै १८ हजार नागरीक गुमाएको छ । १ लाख ६५ हजार मानिसमा संक्रमण देखिएको छ । सबै देशमा संक्रमण उच्चदरमा फैलिरहेकाे छ । महामारीबाट अति प्रभावित देशहरुको पाँचौ नम्बरमा बेलायत देखिएको छ । बेलायतमा १४ हजार मानिसले ज्यान गुमाएका छन । यसपछि इरान, बेल्जियम, चीन, जर्मनी, नेदरल्यान्ड्स, ब्राजिल, टर्की, स्विट्जरल्यान्ड, क्यानडा लगायतका देशहरुले पनि हजारौंको आफ्ना नागरीकहरु गुमाएको छ । विश्वका २१२ वटा देशहरुमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । विश्वका २१ लाख ८५ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ, भने १ लाख ४७ हजारले ज्यान गुमाएका छन । ५ लाख ५३ हजार मानिसको उपचार सफल भएको छ भने १४ लाख ८४ हजार मानिसहरु अस्पतालमा उपचारत रहेका छन । (यो लेख तयार पर्दासम्मको वल्डमिटरको तथ्याङ्क अनुसार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७०२ जनाको संक्रमण परिक्षण गरिएकोमा जम्मा ३० जनामा संक्रमण देखा परेको छ । यो अवधिमा ९० जना आइसोलेसनमा रहेका छन । संयोगवश कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिमको सूचिमा सूचिकरण गरेको छ । विश्वका अन्य देशहरुमा जस्तै नेपालमा कोरोनाको संक्रमण देखा परेको छ । नेपालको सन्दर्शमा वि.स २०७६ फाल्गुण २६ गते संयुक्त अरब इमिरेट्स (युएइ) बाट फर्केको एक नेपालीमा पहिलो पटक संक्रमण देखा पर्यो भने उपचार सफल भई उनी घर फर्केकी थिईन । संक्रमणको रोकथाम, ब्यवस्थापन र न्यूनिकरणका लागि नेपाल सरकारले देश भर लकडाउनको घोषणा गरेको छ । विश्वभर व्यापक रुपमा फैलिएको कोरोना महामारीलाई रोक्नका लागि नेपालका प्रधानमन्त्रीबाट २०७६ चैत ७ गते बिशेष सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्दको घोषणा गरे । त्यसको केही दिन पछि फ्रान्सबाट कतार हुँदै नेपाल भित्रिएकी १९ बर्षिय नेपाली विद्यार्थीलाई चैत्र १० कोरोना भाइरसको संक्रमण भएको पुष्टी भयोे । नेपालका लागि यो दोस्रो केश थियो । ती महिलामा कोरोना संक्रमण भएको पुष्टी भएसंगै नेपाल सरकारले लकडाउनमा कडि कडाउ थाल्यो । बन्दाबन्दी (लकडाउन)को पूर्ण कार्यान्वयनका लागि सिमा क्षेत्र, हवाई उडान, सडक मार्ग, उद्योग कारखानाहरु समेत बन्द गरिएको छ । यसअघि चीनको वुहान शहरमा कोरोना भाईरसको संक्रमण तिव्र रुप लिन थाले पछि विभिन्न उद्देश्यले चीनको वुहान शहर पुगेका नेपालीहरुलाई नेपाल सरकारले फिर्ता ल्याई भत्तपुरको खरीपाटीमा क्वारनटाइन स्थापना गरी राखिएको थियोे । क्वारनटाइनमा राखि स्वास्थ्य परिक्षण गर्दा सबैको रिर्पोटमा नकरात्मक अर्थात कोरोना भइरसको संक्रमण देखिएन । पहिलाे चरणमा नेपालमा विदेशबाट नेपाल फर्किएका व्यक्तिहरुमा मात्र संक्रममण देखिएको छ । पछिल्लाे समय संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको केसहरू देखिन थालेका छन् । महामारी विरुद्ध सरकार एक्लैले लडेर सफल हुँदैन, जसका लागि हरेक नागरिकको साथ र सहयोगको खाँचो पर्दछ । ‘नेपालका लागि कोरोना भाइरसको एन्टिडोज नै लकडाउन हो’ भन्ने भावनाका साथ आम नेपालीहरुले महामारीलाई फैलिन नदिने प्रण गर्ने हो भने महामारी विरुद्धको अभियानमा विश्वलाई नेपालले राम्रो सन्देश दिन सक्छ । कोरोना भाइरस संक्रमणको सामना गर्न सरकारले उच्चस्तरीय समिति नै बनाएको छ । केन्द्रिय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले आफ्ना नगरीकहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी विभिन्न सचेतनामूलक गतिविधिहरु संचालन गरेका छन, भने विदेशबाट आउने मानिसहरुको पहिचान, उनीहरुको स्वास्थ्य परिक्षण, क्वारेनटाईनको निर्माण, प्रभावित नागरीकहरुलाई राहत वितरण जस्ता कार्यहरु संचालन गर्दै आई रहेका छन । यसै गरी राजनैतिक दल, स्वास्थ संघ संगठन, नेपाली सेना, प्रहरी, सञ्चार माध्यम लगायत आम नागरीकहरुले कोरोना विरुद्ध ऐक्यवद्धता जनाई सरकारलाई सहयोग गरिरहेका छन । कोरोनाको संक्रमणले महामारीको रूप लियो भने नेपालका अस्पतालहरूले धान्न सक्दैनन् । प्रयाप्त मात्रामा स्वास्थ्य परिक्षण गर्न कठिनाई हुन सक्छ । कोरोना औषधी वा खोपको आविस्कार भइ नसकेको अवस्थामा महामारी तिव्र फैलिएको खण्डमा नेपालले ठूलो चुनौतीको सामना गर्नु पर्दछ । विश्वको विज्ञान र चिकित्सक क्षेत्रलाई नै चुनौती बनेको कोरोना भाइरसको समाधान गर्न नेपाललाई धेरै ठूलो कठिनाई आईपर्ने सहजै अनुमान गर्न सकिन्छ । कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को पूण पालना गर्ने, सामाजिक दूरी कायम राख्नुका साथै विश्व स्वास्थ्य संगठनले जारी गरेका समाधानका उपायहरुलाई अबलम्बन गर्नु नै उचित हुन्छ । महामारी विरुद्ध सरकार एक्लैले लडेर सफल हुँदैन, जसका लागि हरेक नागरिकको साथ र सहयोगको खाँचो पर्दछ । ‘नेपालका लागि कोरोना भाइरसको एन्टिडोज नै लकडाउन हो’ भन्ने भावनाका साथ आम नेपालीहरुले महामारीलाई फैलिन नदिने प्रण गर्ने हो भने महामारी विरुद्धको अभियानमा विश्वलाई नेपालले राम्रो सन्देश दिन सक्छ । एउटा विकासोन्मुख देश त्यस माथि पनि १० वर्ष लामो सशस्त्र द्वन्द्व, २०७२ सालको विनाशकारी भूकम्प र त्यसका पराकम्पनबाट भएको भौतिक विनाशबाट विस्तारै उठ्दै गरेको नेपालमा विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारीलाई सामना गर्ने सक्षम प्रणालीको विकास भइसकेको छैन । कोरोना भाइरसले नेपालमा महामारीको रुप लिएको खण्डमा नेपालका अगाडी धेरै चुनौतीहरु देखापरेका छन् । नेपालका सबै जिल्ला र स्थानीय तहमा कोरोना परिक्षण केन्द्र, दक्षजनशक्तिका अभावका कारण संक्रमितको उपचार र महामारी नियन्त्रण गर्न कठिनाई आउनसक्छ । संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको समय लम्बिदै जाँदा नेपालको उद्योग, व्यवसाय, पर्यटन, शिक्षा लगायत उत्पादनका क्षेत्रहरु प्रभावित भएका छन । जसको कारण नेपालको अर्थतन्त्र प्रभावित हुँदै गएको छ । ग्रामिण भेगमा उत्पादित कृषि उपजहरुले बजार पाउन सकेको छैन । मजदूरहरु बेरोजगार हुनु परेको छ । जसका कारण भविष्यमा अनिकाल, भोकमारी ननिम्तेला भन्न सकिदैन । वर्तमान अवस्थामा विश्वको शक्तिशाली देशको अवस्था, नियन्त्रणका लागि अवलम्बन गरेका रणनीति, स्वास्थ्य संवेदनशिलता र मुलुकले भोगेको दुर्गतिबाट पाठ सिकेर नेपालको स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री र पर्याप्त लगानी गर्न जरुरी छ । महामारीले बिनाशको बाटो अबलम्बन गर्दछ । जसका कारण मानविय, भौतिक र अर्थतन्त्रमा क्षति पुग्दछ । कोरोना भाइरसको महामारीले स्वास्थ्य क्षेत्रलाई मात्र हैन, मुलुकको समग्र आर्थिक, सामाजिक, साँस्कृतिक पक्ष, जीवात्मा र पर्यावरणमा समेत ठूलो प्रभाव पारेको छ । महामारीको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्दछ । कोभिड–१९ को महामारीका कारण विकाशील एसियाली अर्थतन्त्रलाई उल्लेख्य रूपमा प्रभाव पार्ने एसियाली विकास बैंक (एडिवि)ले बताएको छ । आन्तरिक मागमा कमी, पर्यटन, व्यावसायिक ट्राभल, व्यापार तथा उत्पादन, आपूर्ति प्रणालीमा अवरोध र स्वास्थ्यमा प्रभावले विश्व अर्थतन्त्रमा तीन खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुनसक्ने एडीवीले आँकलन गरेको छ । जसले गर्दा विश्व अर्थतन्त्रको आकारको शून्य दशमलव चार प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव १३ प्रतिशत क्षति हुने एडिविको विश्लेषण रहेको छ । त्यसैगरी विश्वभर तिव्र गतिमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रको वृद्धिदर शून्य दशमलव प्रतिशत बिन्दुले खुम्चिने अन्तर्राष्ट्रिय मुद्राकोषले (आईएमएफ)ले जनाएको छ । यसर्थ महामारीले विश्वको अर्थतन्त्रमा ठूलो उत्तरचाडाव ल्याउने अनुमान गर्न सकिन्छ । बन्दाबन्दीमा बाहिर निष्कनेमाथि निगरानी गर्दै सुरक्षाकर्मी महामारीका कारण नेपालको ठूला साना सबै उद्योग बन्द भएकाले उत्पादन शून्य रहेको छ, भने कुल गार्हस्थ्य उत्पादनमा २५.६ प्रतिशत हिस्सा ओगटेको रेमिट्यान्समा भारी गिरावट आएको छ । देशको पुरै शक्ति महामारीको विरुद्धमा प्रयोग भएको छ । लम्बिदै जाँदा देशको अर्थतन्त्र कहिलेसम्म धान्न सक्छ, यो सरोकारवालाहरुको प्रमुख चिन्ताको विषय बनेको छ । नेपालको चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमा सरकारले यस वर्ष ८.५ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । महामारीका कारण लक्ष्य प्राप्ती हुन कठिनाइ हुने सरोकारवालाहरुले स्वीकारेका छन । छिमेकी मुलुक चीन र भारतको अर्थतन्त्रमा गिरावट आउनासाथ त्यसको असर नेपालमा पनि देखा पर्दछ । नेपालको पर्यटन क्षेत्रमा १६ प्रतिशत योगदान चीनको रहेको छ भने धेरै खर्च गर्ने सूचिमा चिनियाँ पर्यटकहरु नै पर्दछन । महामारीको कारण नेपालको पर्यटन क्षेत्र समेत धरापमा परेको छ । बैंक तथा वित्तिय क्षेत्रमा तरलता अभाव हुने संकेत देखिएको छ । हजारौ मजदुरहरु बेरोजार भएका छन् । कृषि, ब्यावसाय, सेवा लगायतका सबै क्षेत्रहरु थप्प भएका कारण नेपालको अर्थतन्त्र पूर्ण रुपमा प्रभावित भएको छ । महामारीले विश्वका मानव समुदायमा ठूलो क्षति पुर्याउनुका केही पाठ पनि सिकाएको छ । चीन, अमेरिका, इटली, दक्षिण कोरिया, बेलायत जस्ता विकसित देशहरु पनि महामारीको चटारोमा परेका छन् । विश्वका शक्तिशाली भनिएका देशहरु नै महामारीका कारण थला परेका छन् । कोरोना संक्रमणको पूर्वतयारी, सावधानी, नागरिकहरु सचेत नहुँदा इटली ठूलो दुर्दशा भोग्नु पर्यो । नागरिकहरुलाई ब्यवस्थित हुन र समाजिक दुरी कायम गर्न सरकारले जारी गरेको सूचनालाई बेवास्था गर्दा इटलीले ठूलो क्षति बेहोरिरहेको छ । कोरोना भाइरसको लक्षणलाई देखिएपछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन समेत उपचारका लागि अस्पताल भर्ना हुनु पर्यो, भने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई महामारी नियन्त्रण गर्न राष्ट्रिय संकटकाल घोषणा  गर्न बाध्य बनायो । नेदरल्याण्डका दुई तिहाई सरकारका प्रधानमन्त्रीले वहालवाला स्वास्थ्य मन्त्रीलाई हटाई विपक्षी दलका संसदलाई स्वास्थ्य मन्त्री बनाएर महामारी नियन्त्रणमा अघि बढेका छन । यसबाट संकटको घडीमा आफ्नो र पराई हुँदैन । सहि पदका सक्षम व्यक्तित्वको आवश्यकता पर्छ भन्ने सन्देश दिएको छ । विश्व इतिहासमा अग्रपंक्तिमा शक्तिशाली मुलुकको महामारीको अवस्थालाई विश्लेषण गर्ने हो भने रोगले सम्पन्न, विपन्न, शक्तिशाली, दुर्बलता, सानो, ठूलो कसैलाई विभेद गर्दैन भन्ने पाठ सिकाएको छ । केही देशहरुले रातरात अस्पतालहरुको निर्माण गर्न थाले, स्वास्थ्य सामाग्री र औषधीको उत्पादन गर्न थाले र संक्रमण रोकथाम, न्यूनिकरण र ब्यवस्थापनका लागि पूर्वतयारी गर्न थाले । भौतिक विकास, आर्थिक समृद्धि र प्रविधिले मात्र शक्तिशाली भएर हुन्न, स्वस्थ्य क्षेत्रलाई पनि प्राथामिकता दिई नविन विधि र पद्धतिलाई अवलम्बन गर्नु पर्ने महामारीले विश्वलाई सन्देश दिएको छ । पछिल्लो समय सिङ्गो विश्व नै मानवजातीको अस्तित्वको लडाँई लडिरहेको छ । मानव सभ्यता, संस्कृति, वातावरण र जीवात्माको रक्षार्थ विश्वका हरेक मुलुकहरु कोरोना विरुद्ध संघर्षरत छन् । हरेक देशहरु आफ्ना नागरिकहरुको स्वास्थ्य सुरक्षाका खातिर सबै कार्यहरु थाती राखेर महामारी नियन्त्रणका लागि प्रयत्नरत छन् । कोरोना विरुद्धको अभियानमा विश्वका गोलबद्ध हुन थालेका छन् । कोरोना भाइरसको सुरुवाती चरणलाई विश्वका प्राय मुलुकहरुले सामान्य फ्लुका रुपमा लिए । विश्व स्वास्थ्य संगठनले यो भाइरसबाट विश्व नै संक्रमित हुने सम्भावनाबारे जानकारी गराउँदा समेत गम्भिरताका रुपमा नलिदाँ महामारीले डरलाग्दो रुप लिन पुग्यो । जब भाइरसले महामारीको रुप लिन थाल्यो, तब स्वास्थ्य संवेदनशिलताको बारेमा सबैलाई सोच्न बाध्य बनायो । केही देशहरुले रातरात अस्पतालहरुको निर्माण गर्न थाले, स्वास्थ्य सामाग्री र औषधीको उत्पादन गर्न थाले र संक्रमण रोकथाम, न्यूनिकरण र ब्यवस्थापनका लागि पूर्वतयारी गर्न थाले । भौतिक विकास, आर्थिक समृद्धि र प्रविधिले मात्र शक्तिशाली भएर हुन्न, स्वस्थ्य क्षेत्रलाई पनि प्राथामिकता दिई नविन विधि र पद्धतिलाई अवलम्बन गर्नु पर्ने महामारीले विश्वलाई सन्देश दिएको छ । मानिस सामाजिक प्राणी भएकाले समाजसंग निकट रहन्छ । मानिसको जन्मदेखि मृत्युसम्मका संस्कारहरु सामाजिक, धार्मिक र साँस्कृतिक परम्परा अनुसार हुने गर्दछ । ठाउँ अनुसार भिन्नभिन्न संस्कृति हुने गर्दछ । संस्कृति नै मानिसको पहिचान हो भन्दा फरक नपर्ला । विभिन्न समयमा देखिएका भाइरसहरुले मानव सभ्यता र संस्कृति माथि चुनौती दिंदै आएको छ । कतिपय भाइरसका कारण धेरै मानिसहरुले ज्यान गुमाउनु परेको छ । वर्तमान अवस्थामा विश्वलाई नै आतंकित पारेको कोरोना भाइरसले त झनै मानव सभ्यता र संस्कृतिलाई संकटमा पारेको छ । दुःख वा सुखलाई एकअर्कामा साटासाट गर्नु मानवजातिको गुण नै हो । सुखदुःखमा साथ र सहयोग गर्नु मानवीय धर्म हो । महामारीले यसको दूरीलाई टाढा बनाई दिएको छ । यतिसम्म कि मृतक शव बोक्न, दाहसंस्कार गर्न, काजक्रिया गर्न समेत समस्या देखिन थालेको छ । नेपाल साँस्कृतिक विविधताले भरिपूर्ण देश हो । यहाँ धेरै धर्म, संस्कृति र रहनसहन, रितिरिवाजहरु रहेका छन । अरु बेलामा टाढा भएका साथीभाइ, आफन्तहरुलाई हाम्रा संस्कृति तथा पर्वहरुले एक ठाँउमा जुटाउने गर्दछ । महामारीले मानवजातीको भविष्य, धर्म, संस्कृति माथि नै चुनौती थपिदिएको छ । महामारीले ल्याएको समस्या, आगामी चुनौती, अर्थतन्त्रमा पारेको प्रभाव, जोखिम न्यूनिकरण तथा दिगो ब्यवस्थापन, मानव सभ्यता र पर्यावरणमा पारेको असर लगायतका बिषयहरू माथी सम्बोधन हुने खालको योजनाहरुको बारेमा बेलैमा सोचेर अघि बढ्न अत्यान्त जरुरी छ । महामारीको रोकथाम, न्यूनिकरण र व्यवस्थापनका लागि सिंगो विश्वले नै ऐक्यवद्धता जनाई कोरोना विरुद्धको अभियानमा हातेमालो गरी विश्वबन्धुत्वको भावनाले आगामी यात्रा तय गरे मात्र हाम्रो भविष्य सुनिश्चित छ । विपद्को बेला मानविय धर्म निर्वाह गरौं । महामारीबारे सचेत रहौं, आफू बाँचौं, अरुलाई बचाऔं ।   बेथानचोक गाँऊपालिका–२, ढुंखर्क, काभ्रे मिति २०७७/०१/०५ गते शुक्रबार [email protected]

प्रकृतिमाथि न्याय गराैं, जित मान्छेकै हुनेछ

कास्कीकाे सराङकाेटबाट देखिएकाे दृष्य विश्व समुदायलाई आतङ्कित पार्न बेला बेलामा अनेक सङ्कटहरु देखिने गरेका छन् । जीवन गति जति सहज ढङ्गले चलाउनका निम्ति मानिसले प्रयत्न गरिरहेको हुन्छ ठिक त्यसका विपरीत मानव समुदायलाई आतङ्कित पार्न अनेक महामारीहरु आइलाग्छन् । कहिले प्राकृतिक त कहिले मानव सिर्जित समस्याहरु महामारीका रुपमा देखिने गरेका छन् । समय कालखण्डमा देखिएका अनेकौ रोगका महामारी मध्ये कोरोना भाइरस पनि एक हो । “ ‘कोभिड–१९’ एउटा सङ्क्रमित र सरुवा रोग हो जुन कोरोना भाइरस भन्ने नयाँ जीवाणुका कारणले लाग्दछ” भनेर विश्व स्वास्थ्य सङ्गठनले यसलाई परिभाषित गरेको छ । डब्लु.एच.ओ.ले ‘कोभिड–१९’ नाम दिएको यसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा समेत गरिसकिएको छ । जब कुनै पनि समस्याले विकराल रुप लिन्छ त्यो नै महामारी हो । विश्वलाई आतङ्कित बनाएको नोभेल कोरोना भाइरसले पनि यतिबेला महामारीको रुप लिएको छ जसले मानव जातिको भविष्यलाई अन्यौलग्रस्त र त्रस्त बनाएको छ । चीनको उहानबाट सन् २०१९ डिसेम्बर अन्त्यमा सर्वप्रथम देखा परेको भाइरस आज विश्वव्यापी महामारीका रूपमा हावाको गतिमा विश्वका २०९ मुलुकका लाखौँ मानिस सङ्क्रमित भएका छन् भने हजारौँले ज्यान गुमाइसकेका छन् । युरोप र अमेरिकामा भयावह रूपमा सङ्क्रमण फैलिएको छ । उच्च ज्वरो, सुख्खा खोकीसँगै श्वासप्रश्वासमा समस्या देखिनु यस रोगका लक्षणहरु हुन् । मानव बीचमा सीमित तबरले सर्ने सम्भावना रहेको अनुमान गरिएको यो रोगको हालसम्म कुनै औषधि पत्ता लागि नसकेको अवस्थामा ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहनु वा आफूलाई उच्च ज्वरो र खोकी लागेको छ भने पनि अरु व्यक्तिबाट टाढा रहनुका साथै मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ । खोक्दा वा हाछ्युँ गर्दा नाक, मुख टिस्यु पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई जथाभावि नफाली बिर्काे भएको फोहोर फाल्ने भाँडोमा फाल्ने अनि साबुन पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजरले हात सफा गर्ने गर्नुपर्दछ । भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने साथै हात मिलाउनुको सट्टा नमस्कार गर्नु समेत उपयुक्त मानिएको छ । सामाजिक दुरी कायम गरेर वा एकान्तबास बसेर पनि यसको सङ्क्रमणबाट बच्न सकिन्छ । सामान्य रुघाखोकीदेखि गम्भीर श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ । नोभल कोरोना भाइरसले गर्दा हुने रोगका लागि कुनै खास उपचार छैन यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार भने हुन्छ । लक्षणका आधारमा बिरामीको उपचार हुने हुनाले आफूलाई सङ्क्रमणको शङका लागेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु बुद्धिमानी हुन्छ । मानब जीवनलाई चुनौति दिने मार्गबुर्ग, इबोला, रेविज, एचआइभी, स्मलपक्स, हान्ता, इन्फ्लुएन्जा, डिङ्गो, रोटा, सार्सक्रोनो, सार्स क्रोनो–२ र नोबेल क्रोनो भाइरसहरुको संक्रमण बेलाबेलामा संसारव्यापी रुपमा फैलिने गरेको छ । कुनै समस्या पूर्व स्वार्थमा लिप्त भई मस्त रहने र सङ्कट निम्तिएपछि हतास र उदास बन्ने मानवीय चरित्र देखिन्छ । समस्याका पहाडहरु चुलिएपछि मानिस ब्युँतिएको अवस्था हो यो । हुन त भविष्य निश्चित होइन र छैन पनि । तर, यो महामारी बीचको विषम परिस्थितिले हाम्रो भविष्यबारे थप अन्यौल सिर्जना गरेको छ । हरेक समस्याले आफ्नो साथमा ठूलो अवसर पनि लिएर आएको हुन्छ । ओ हेनरीले भने झै हरेक समस्या नै अवसरको अर्को रुप हो । समस्या निन्तिएपछि आत्तिनु र पछुपाउनु भन्दा पहिले नै सचेत बनेर मानवले कदम चाल्ने हो भने कतिपय सङ्कट नै नआउने र कतिलाई सजिलै टार्न सकिने कुरालाई नकार्न सकिँदैन । प्राणी जगतको चक्रिय प्रणाली नबिगारीकन मान्छेले उन्नति गर्न सक्थ्यो तर मान्छे अति स्वार्थी भयो । उसले सम्पूर्ण प्राणी जगतको स्वार्थलाई त ख्याल गरेन, स्वयम् आफ्नै प्रजातिको स्वार्थलाई पनि ख्याल गरेन । यो धर्तिमा मानव अन्य प्रजाति मध्ये एक हो र उसको अधिकार अन्य प्रजाति सरह मात्र हो भन्ने कुरा मानवले बिर्सदै गएको देखिन्छ । कोरोना यस्तो व्याधी हो जसले प्रियजनहरुबीच स्नेहमय स्पर्शलाई निषेध मात्र गरेको छैन ममतामय चुम्बनलाई वर्जित गरी ऐक्यबद्धताकारी अङ्कमाललाई मनाही गरेको छ । यसले मानिसलाई लाचार मुद्रामा ‘हात धोऊ, दूरीमा रहू’ भन्ने मन्त्र जप्न विवश तुल्याएको छ । मानिसको निकटता मन नपराउने कोरोना जनको असमायिक काल बनिरहेको छ । मृत्यु प्राकृतिक सत्य हो र पनि मानिसले यसलाई सहजै स्वीकार्न सक्दैन । मृत्यु वा कालको नाम लिने, सुन्ने बित्तिक्कै पनि ऊ तर्सन्छ । मानिस न चाहेर जन्मेको हो न चाहेर नै ऊ मृत्यु वरण गर्दछ । यही सत्यबोध भएपनि मृत्यु मानिसका लागि असहज र अप्रिय विषय हो । मानिस मरेपछि लास जलाएर फर्कदासम्म मानिसले जे जस्ता कुरा सोचिरहेको हुन्छ त्यसपछि ऊ ती सबै कुरा बिर्सेर पुनः ईर्ष्या र अहङ्कारतर्फ नै केन्द्रित हुन पुग्छ । मानिस कतिसम्म स्वार्थी र अहङ्कारी छ भने ऊ अरु पशुप्राणीको प्राण रमाइरमाइ सहजै चुस्न लालायित देखिन्छ । वर्तमान समयमा मानव गतिविधिले पृथ्वीको सतहलाई नर्क बनाउदै लागेको छ । जमिनको सतहको एक तिहाई भन्दा बढी सम्पूर्ण जीवको साझा बासस्थानमा मानवले बलपूर्वक एकछत्र राज गरेको छ । यो धर्तिमा मानव अन्य प्रजाति मध्ये एक हो र उसको अधिकार अन्य प्रजाति सरह मात्र हो भन्ने कुरा मानवले बिर्सदै गएको देखिन्छ । विषाक्त बायुमण्डलको खतरनाक बिष सोस्ने सर्प, खतरनाक कार्बन र धातुजन्य बिष सोस्ने जङ्गल तथा खतरनाक किटाणु पचाइदिने जङ्गली जनावरहरुको मानिसले बिनास गरिरहेको छ । त्यसपछिको परिणाम भनेको यस्तै यस्तै महामारी र अन्त्यमा आफ्नै प्रजातिको बिनास हो । मानिस यो पृथ्वी सबै पशुपन्छीको साझा घर हो भन्ने भुलेर ‘मै बाँचु मै हाँसुँ’को लयमा केन्द्रित हुन पुगेको पाइन्छ । आफूलाई सानो चोट लागेपनि दुख्ने ऊ अरुको चोट र पीडामा रमाइरहेको कारण नै यी र यस्ता विपत्ति निम्तिएको देखिन्छ । यदि मानिसले यस्ता विपत्तिबाट पाठ सिकेर आफूलाई हिंसाबाट टाढै नराख्ने हो भने भविष्यमा पनि यस्ता महामारी निम्तिइ मानव अस्तित्व नै सङ्कटमा नपर्ला भन्न सकिँदैन । प्राणी जगतको चक्रिय प्रणाली नबिगारीकन मान्छेले उन्नति गर्न सक्थ्यो तर मान्छे अति स्वार्थी भयो । उसले सम्पूर्ण प्राणी जगतको स्वार्थलाई त ख्याल गरेन, स्वयम् आफ्नै प्रजातिको स्वार्थलाई पनि ख्याल गरेन । यो धर्तिमा मानव अन्य प्रजाति मध्ये एक हो र उसको अधिकार अन्य प्रजाति सरह मात्र हो भन्ने कुरा मानवले बिर्सदै गएको देखिन्छ । विपत्तिमा हो कि झै गर्ने र विपत्ति टरेपछि पुनः मत्त हुने अनि अरुको अस्तित्व नस्वीकार्ने मानवीय प्रवृत्तिकै कारण मानिस अनेक विपत्ति सहन विवश मात्र छैन आफ्ना प्रियजनलाई असमयमै गुमाउन समेत ऊ बाध्य बनेको छ । विपत्ति पनि मानव समुदायमा अनेक रुप लिएर देखापर्ने गरेका छन् । कहिले आँधिहुरी, बाढी पहिरो, भूकम्प जस्ता विपत्ति आइलाग्छन् त कहिले रोगका महामारी उसका लागि चुनौति बनेर देखापर्छ । भूकम्पले घरभित्रका मानिसहरुलाई लखेट्दै बाहिर निकालेर खुला डबलीमा भेट मात्र गराएन तिनका मनमन नजिकिए अनि बाँचेसँगै, मरेसँगै भन्ने भावना तिनका भयाक्रान्त चित्तमा पैदा भयो । तर विशाल हिमाल नाघेर जब कोरोना आतङ्क आइलाग्यो, यसले मानिसहरुलाई लखेट्दै घरभित्र हुल्यो । निरीह मानिस आफ्नै घरमा वा अस्पतालमा थुनियो । नरम थुनाको नाम भयो क्वारेन्टाइन अनि अलि कडा थुनाको नाम भयो आइसोलेसन उर्फ एकान्तवास । भूकम्पले मानिसहरुमाझ समभाव, प्रेम र सहयोगको भावना सञ्चारसँगै निकटताको सिर्जना गरेको भएपनि कोरोनाजन्य प्रकोपले मानिसहरु बिच दूरीको सिर्जना गरेको अवस्था छ । कोरोना कै कारण मानिस मानिसबाटै टाढिनु पर्ने स्थिति पैदा भएको छ तर त्यो दुरी तनको होस् मनको नहोस् । कोरोना भाइरस (कोभिड–१९)को माहामारीले विश्वका शक्तिशाली मुलुकको अवस्था पनि हायल–कायल छ । यसको रोकथाम र नियन्त्रणका लागि कोरोना संक्रमित अधिकांश मुलुकले ‘लकडाउन’ विधि अपनाइरहेका छन् । यसलाई नै कोरोना रोकथामको उत्तम तरिका मानिएको छ । इरानमा बालककाे ज्वाेराे नापिदै कोरोना महाव्याधिकै सिलसिलामा हिजो आफूलाई शत्रुतापूर्ण व्यवहार गरेर खुइल्याउन लागि परेको शक्तिसम्पन्न राष्ट्र समेत सहयोगको प्याकेज पुर्याएर उसले त्यहाँ कोरोना नियन्त्रणका लागि भूमिका निर्वाह गर्ने काम गरेको छ । लामो समयदेखि समाजवादको अभ्यास गर्ने बाटोमा अग्रसर भएकै कारण अमेरिकाको कठोर नाकाबन्दी भोगिरहेका क्युबाले यसबेला निर्वाह गरेको भूमिका पनि उल्लेखनीय छ । खासगरी, क्युबाले आफू कहाँ कोरोना हुँदा हुँदै पनि ‘रिभोल्युसनरी फाइटर’ भनेर इटाली, स्पेनलगायतका मुलुकहरुमा स्वास्थ्यकर्मी र स्वयसेवक पठाए । आपतको यो बेलामा क्युबाले आफूविरुद्धको अमेरिकी नाकाबन्दीमा सहयोगी राष्ट्रहरुमा समेत सहयोग पठाएर एउटा उदाहरणीय नमूना पेश गरेको छ । यसले भावी दिनहरुमा विश्व राजनीतिमा नयाँ आयाम सुरुवात हुने सङ्केत समेत देखापरेको विश्लेषण हुन थालेको छ । यसले शस्त्रअस्त्रका बिच शक्तिको होड देखाउने मुलुकका लागि गतिलो पाठ सिकाएको मात्र छैन पद, प्रतिष्ठा र पैसाले सबथोक होइन भन्ने सन्देश प्रवाहमा पनि यसले सहयोग पुर्याएको छ । सुख र सुविधाको पछि लागेर सहर छिरेकालाई पुनः आफ्नै थात थलो फर्काएको छ कोरोनाले । पिढी कुरेर परदेशिएका सन्तानको पर्खाइमा रहेका वृद्ध बाबु आमासँग सन्तानको अकस्मात भेट गराएको छ । आफ्नै गाउँपाखा पखेरा भुलेर,उर्वर भूमि बाँझै राखेर सहरमा हराइरहेकालाई त्यो बाँझो जमिनलाई उर्वर बनाउने मौका प्रदान गरेको छ । टाढिएकालाई नजिक बनाएर सधैँ हतारमा रहने जनलाई परिवारसँग नजिक हुने अवसर अनि आत्मनिर्भरताको पाठ समेत यसले सिकाएको छ । वातावरणीय प्रदूषण न्यूनीकरण भई सुन्दर प्राकृतिक परिदृश्यको नियाल्न पाइएको छ यतिबेला । ‘बशुधैव कुटुम्बकम्’ भन्ने हाम्रो मूल मन्त्रले सार्थकता पाओस् । मानिस कतिसम्म स्वार्थी र अहङ्कारी छ भने ऊ अरु पशुप्राणीको प्राण रमाइरमाइ सहजै चुस्न लालायित देखिन्छ । वर्तमान समयमा मानव गतिविधिले पृथ्वीको सतहलाई नर्क बनाउदै लागेको छ । पृथ्वीमा रहेका साढे सात अर्ब मानिसलाई बचाउन अहिले संसारभर रहेका राज्य र नागरिकहरुले के गर्न सक्छन् ? त्यसको लागि उनीहरुले गर्दै आएका गल्ति र महाभूलहरुको समीक्षा गर्नु जरुरी हुन्छ । कोरोना जस्ता महामारी लगातार के कारणले आइरहेका छन् ? यो बहसले नै हामीलाई हाम्रा गल्तिहरुबाट बचाउन मद्दत गर्ने छ र मानव प्रजातिको अस्तित्व लम्ब्याउन गहन भूमिका खेल्ने छ । मानव जनसङ्ख्याले पृथ्वीको चक्रिय प्रणाली (इकाेसिस्टम) लाई चुनौति दिंदै आएको छ । जसको परिणाम स्वरूप वर्तमान भूगर्भीय समय क्रममा जीव जगतका अन्य प्रजातिहरूको व्यापक र निरन्तर लोप हुँदै गएको छ किनकि जल र स्थलमा रहेका जीवात्माका वासस्थान हामीले विनाश गर्दै गएका छौँ , दुर्लभ जनावरका प्रजातिहरूको व्यापक रुपमा तस्करी गरेका छौँ , शिकार गरेका छौँ र वातावरण प्रदूषण मार्फत भएको जलवायु परिवर्तनको परिणामले धेरै थरिका जीव प्रजातिहरूको लोप हुने अबस्था आएको छ जसको जिम्मेवार केवल हामी हौँ । वाताबरण विद्हरुको एक अन्वेषणले बताउछ कि औद्योगिक क्रान्ति सुरु भएदेखि वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा ३०५ प्रतिशतसम्म बढेको छ । त्यो स्वयम् मानव स्वास्थ्यका लागि कति घातक छ भन्नु नपर्ला । धर्तिको स्वास्थ्य बिग्रदै गएकोले त्यसले अन्य जीव सहित मानब स्वास्थ्यमा पनि अत्यान्त खतरनाक प्रभाव पार्न थाल्छ । कोरोना जस्ता महामारी पनि अस्वास्थ्य धर्तीका नै उपज हुन् भनेर पुष्टि गर्ने प्रसस्त आधारहरु देखिन्छन् । यस किसिमले हेर्दा अब मानिसले आफू र आफ्ना आचरण सुधार्न ढिला गर्नु हँदैन । कोरोनाको प्रकोप नियन्त्रणमा आएपछि विश्व राजनीति, विश्व सामाजिक सम्बन्ध र अन्तर्र्रािष्ट्रय सम्बन्धमा नयाँ बहसको बाटो पैदा हुन्छ भन्ने लाग्छ । कोरोनाको संक्रमण हुँदैमा मानिस मरिहाल्ने होइन । त्यसको लागि उपयुक्त सावधानीहरु र उपचारमा संलग्न हुनेहरुले आवश्यक प्रतिरक्षात्मक सामग्रीको प्रयोग गर्दा त्यो सरिहाल्दैन भन्ने कुरा विश्वका विज्ञहरुले बारम्बार भन्दै आइरहेका छन् । तर यो कुरा बुझाउन कमी नै भएजस्तो लाग्छ मलाई । कोरोनाको संक्रमणलाई एकछिन बिर्सेर हेर्ने हो भने, निमोनियाबाट मात्र वर्षमा लाखौँ मान्छे मरिरहेको हुन्छन्, क्यान्सरबाट गत वर्ष करिब १४ लाख मान्छे मरेका थिए, डेंगुबाट लाखौँ मान्छे मर्छन्, मलेरियाबाट वार्षिक ८ लाख मान्छे मर्छन् । अरु त अरु सामान्य रुघाखोकीबाट पनि वर्षेनी लाखौं मानिसहरु विश्वभरिमा मर्ने गर्छन् । ती रोगहरुले मानिसलाई आतङ्कित बनाएको छैन । कोरोनाले निम्त्याएको सन्त्रास डरलाग्दो छ । यसको संक्रमणको विस्तार रकेटको गतिमा छ । अहिलेसम्म यसको खोप–औषधिहरु पत्ता नलागिसकेको हुनाले र आफ्नो रक्षा आफै गर्ने भन्ने कुरामा पनि ध्यान नदिँदा यो अत्यन्तै डरलाग्दो ढङ्गले विश्वभरि नै फैलिन पुग्यो । हुन त मानव समुदायले थुप्रै महामारीको सामना गर्दै आएको छ । एक शताब्दी अघि स्पेनिस् फ्लुले करिब पाँच करोड मानिसको ज्यान लिएको थियो । मानव समुदायमा समय समयमा देखा पर्ने यस्ता विपत्तिको कारण केलाएर शान्ति कायम गर्न सबै प्रकारका हिंसामुक्त राष्ट्र निर्माणमा केन्द्रित हुन जरुरी भइसकेको छ । आफ्नो स्वार्थका लागि अरुलाई प्रयोग गर्नुु मुर्खता शिवाय केही हुनै सक्दैन भन्ने बुझेर आत्मानुशासनको पालना गर्नुपर्छ । कोरोना महामारी यति बेला विश्व समुदाय आतङ्कित बनेको मात्र छैन यसले व्यापार,व्यावसाय,उद्योग,पर्यटन चौपट बनेको स्थिति छ । विश्व अर्थतन्त्र धरासायी हुने आँकलन विज्ञहरुले गरेका छन् । विश्वका पौने दुई करोड मजदुरहरुले आफ्नो रोजगारी गुमाउने अवस्था पैदा भएको तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् यसले मजदुर वर्गको रोजिरोटी खोसिने देखिन्छ । बेरोजगारी अर्को जटिल समस्या बनेर आउन सक्ने कुरालाई नकार्न सकिँदैन । यसकारण अब राज्यले आम नागरिकका साझा समस्यालाई चाँडो उचित सम्बोधन गर्न आवश्यक छ । लकडाउनका कारण निम्नवर्गको अवस्था ज्यादै दयनीय बन्न पुगेको छ । यदि यसको सम्बोधन नभए र उचित राहत पुर्याउन नसके भोक युद्ध हुनसक्ने खतरा पनि उत्तिकै दखिन्छ । एकातिर कोरोना महामारी रोक्न घरभित्रै बसेर यसका विरुद्ध लड्नु त छँदै छ अर्कोतिर आम मानिसमा यसले पारेको मानसिक त्रास हटाउँदै सरकारले सबै हिसाबले नागरिकको सुरक्षा गर्नुपर्ने स्थिति पैदा भएको छ । यस अवस्थामा सरकारले विगतका सङ्कटको अवस्थाबाट पाठ सिक्दै बुद्धिमतापूर्वक आवश्यक कदम चाल्नुपर्ने कुरामा दुई मत छैन । नेपालमा त झन् सङ्कटको घडीमा समेत भ्रष्टाचार मौलाउने गरेको कुरा घाम जत्तिकै छर्लङ्ग छ । यस्ता भ्रष्ट व्यक्ति पहिचान गरी कडा कारर्वाही नगरे विदेशी सहयोग र जनताले गाँस कटाएर गरेको सहयोग पनि बालुवामा पानी बन्न पुग्ने देखिन्छ । यस घडीमा सबै प्रकारका शत्रुता भुलेर,घमण्ड तोडेर ईर्ष्या छोडेर मानव उद्दार र सेवामा लाग्नु पर्ने तथ्य भुल्नु हुँदैन । सत्य,तथ्यपूर्ण समाचार मात्र सम्प्रेषण गरी आम जनमानसलाई सुसुचित गर्न सञ्चार माध्यमहरु पनि लाग्नुपर्छ । हामीलाई पुर्खाले नासोका रुपमा छाडेर गएको यो सुरम्य प्रकृति,साझा धर्ति नबिगारिकन सुम्पनैपर्छ । हाम्रो भविष्य हामीले नै कोर्नु छ, सजाउनु छ । अँध्यारो पछि पक्कै हुनेछ सुनौलो विहानी । अन्ततः हार्ने छ कोरोना भाइरसले । विपत्ति पर्दा मात्र हारगुहार गर्ने, ईश्वर पुकार्ने नगरी यो धर्तिलाई सिँगार्न सबै मानिस एकजुट भएर उठ्नु छ । महामारीका विरुद्ध लड्नु छ र बढ्नु छ अगाडि । धर्तिलाई फलाम र कंक्रिडले ढाकेर भौतिक सुविधामा लिप्त बनिरहे मानिसले अरु यस्ता थुप्र विपत्तिको सामना गर्ने दिन झन् नजिकिँदै छ । हामीले प्रकृति माथिको दोहन नरोकेर धर्तिलाई उजाड बनाइरह्यौ भने हामी भोक र प्यासले तड्पितड्पि मर्नुपर्ने दिन नआउला भन्न सकिन्न । साथै हामीलाई हाम्रा भावी सन्ततीले समेत धिक्कार्ने छन् । हामीलाई पुर्खाले नासोका रुपमा छाडेर गएको यो सुरम्य प्रकृति,साझा धर्ति नबिगारिकन सुम्पनैपर्छ । हाम्रो भविष्य हामीले नै कोर्नु छ, सजाउनु छ । अँध्यारो पछि पक्कै हुनेछ सुनौलो विहानी । अन्ततः हार्ने छ कोरोना भाइरसले । धैर्य गरौँ धैर्यताको फल मिठो हुनेछ । गुकाएका आफन्तको अनुहार सम्झेर जागाउन लागौँ पालुवा । वर्तमानको सदुपयोग गरौँ भविष्यत् आफैं उज्ज्वल बन्ने छ । यो विपत्ति यो चुनौतिले अर्को एउटा सुनौलो अवसर पनि त लिएर आएको हुन सक्छ । परोपकार नै हाम्रो धर्म हो । जसरी सूर्य अरुकै लागि उदाउँछ त्यसरी नै हामी पनि अरुका लागि बाँचौँ । यो महामारीको समयमा अहोरात्र खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, सञ्चारकर्मी सबैप्रति नमन । सूर्य,चन्द्रमा,पृथ्वी, वायु, नदी पहाड सबैले आफ्नो कर्तव्य पूरा गरेजस्तै हामी पनि आफ्नो कर्तव्यबाट टाढा नभागौँ । बस् सबै ठिक हुनेछ । (तस्वीरहरू गुगलबाट लिइएका हुन्) दाङसिङ–८, नुवाकोट (हालः पोखरा–११) [email protected]