‘ली मोबी क्यर सेन्टर’ नेपाली बजारमा, ग्राहकलाई तत्काल सेवा दिने

  २०७४ असोज २ गते १५:५०     विकासन्युज

काठमाडौं । ली मोबी क्यर(एलएमसी) सेन्टरले कुलप्याड स्मार्टफोन र ओट्टो फोनको लागि पहिलो आधिकारिक सर्भिस सेन्टर  राजधानीको सीभिल मलमा विस्तार गरेको छ । यसको उद्देश्य ग्राहकलाई तत्काल सेवा सुविधा उपलब्ध गराउनु हो ।

जाइमा इन्टरकन्टिनेन्टल प्रालि (जेआइपीएल) का अध्यक्ष गणेश बहादुर श्रेष्ठले सोमबार सो सेन्टरको उद्घाटन गरेका हुन् । यसले कुनै पनि देशबाट पर्सनल डीजिटल इलेक्ट्रोनिक्स खरिद गरेको पीडीइ ग्राहकलाई सेवा दिने कम्पनीले जनाएको छ ।

यो कम्पनीले ग्राहकलाई न्युनतम टर्नअराउन्ड टाइममा अधिकतम सन्तुष्टि प्रदान गर्न कुलप्याड स्मार्टफोन प्रयोगकर्ताको लागि ९० दिन निःशुल्क सेवा सुविधा दिने भएकोे छ भने ओट्टो फोनको प्रयोगकर्ताले ४५ दिनको निःशुल्क सेवा दिने जानकारी दिएको छ ।

यस सेवा हरेक हप्ता १० देखि ६ बजेसम्म खुल्ला हुने एलएमसीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.