२०७४ असोज २ गते १५:५० विकासन्युज
काठमाडौं । ली मोबी क्यर(एलएमसी) सेन्टरले कुलप्याड स्मार्टफोन र ओट्टो फोनको लागि पहिलो आधिकारिक सर्भिस सेन्टर राजधानीको सीभिल मलमा विस्तार गरेको छ । यसको उद्देश्य ग्राहकलाई तत्काल सेवा सुविधा उपलब्ध गराउनु हो ।
जाइमा इन्टरकन्टिनेन्टल प्रालि (जेआइपीएल) का अध्यक्ष गणेश बहादुर श्रेष्ठले सोमबार सो सेन्टरको उद्घाटन गरेका हुन् । यसले कुनै पनि देशबाट पर्सनल डीजिटल इलेक्ट्रोनिक्स खरिद गरेको पीडीइ ग्राहकलाई सेवा दिने कम्पनीले जनाएको छ ।
यो कम्पनीले ग्राहकलाई न्युनतम टर्नअराउन्ड टाइममा अधिकतम सन्तुष्टि प्रदान गर्न कुलप्याड स्मार्टफोन प्रयोगकर्ताको लागि ९० दिन निःशुल्क सेवा सुविधा दिने भएकोे छ भने ओट्टो फोनको प्रयोगकर्ताले ४५ दिनको निःशुल्क सेवा दिने जानकारी दिएको छ ।
यस सेवा हरेक हप्ता १० देखि ६ बजेसम्म खुल्ला हुने एलएमसीले जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.