२०७३ चैत १६ गते १६:२४ विकासन्युज
काठमाडौं । सिजी इलेक्ट्रोनिक्स र एलजी इलेक्ट्रोनिक्सले एलजी एयर कन्डिसनिङ कन्क्लेभ २०१७ सम्पन्न गरेको छ । सिंगापुरमा सम्पन्न उक्त कन्क्लेभमा एलजीका मल्टि भि एचभिएसी सिस्टममा आधारित एयर कन्डिसनरको प्रवर्द्धन गरिने बताइएको थियो ।
एयर कन्डिसनरको प्रवर्द्धन गरि भविष्यमा उर्जाको बचत गर्न तथा ग्रिनर इभोलुसका लागि एलजीका उत्पादन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एयरकन्डिसनिङ कन्क्लेभमा एलजीले घरायसीका साथै कमर्सियल एयर कन्डिसनरको पनि उत्पादन शुरु गरेको छ ।
सन् १९६८ मा कोरियामा सुरु भएको ब्राण्ड एलजीले एयरकन्डिसनरका नयाँ भेराइटी बजारमा ल्याएको जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.