२०७८ मंसिर ४ गते ११:५९ विकासन्युज
काठमाडौं । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले बैंकबाट साढे १ करोड रुपैयाँ तलब सुविधा लिएका छन् । उनले गत आर्थिक वर्ष २०७७/७८नेपाल बंगलादेश बैंकबाट १ करोड ४१ लाख रुपैयाँ तलब भत्ता बुझेका हुन् ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका अनुसार उनले सो तलब सुविधा बुझेका हुन् ।
बैंकका प्रबन्धक तहका कर्मचारीहरुले ५ करोड २५ लाख ९० हजार रुपैयाँ तलब बुझेका छन् भने १० करोड ४२ लाख रुपैयाँ मात्रै भत्ता बुझेका छन् । बैंकका सञ्चालकले भने २४ लाख रुपैयाँ ९२ हजार रुपैयाँ भत्ता बुझेका छन् ।
यस्तै, बैंकका कर्मचारीका लागि बैंकले १ अर्ब २१ करोड ४ लाख २१ हजार रुपैयाँ कर्मचारी खर्च गरेको छ भने ५६ करोड ५४ लाख रुपैयाँ कार्यालय सञ्चालन खर्च गरेको छ ।
सम्बन्धित सामग्री: तीन बैंकका सीईओले कमाए साढे ४ करोड, कुन बैंकका सीईओको तलब कति ?
Copyright © 2024 Bikash Media Pvt. Ltd.