कुमारी बैंकका ग्राहकले होटल भिन्टेज होममा छुट पाउने

  २०८१ जेठ ६ गते १७:२३     विकासन्युज

काठमाडौं । कुमारी बैंक र होटल भिन्टेज होमबीच सम्झौता भएको छ । बैंक र होटल भिन्टेज होम, भक्तपुर दरबार क्षेत्रबीच बैंकका ग्राहकहरुलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवा तथा सुविधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले होटल भिन्टेज होमबाट सेवा लिए बापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट ग्राहकहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.