अपोलो हस्पिटलमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई छुट

  २०८१ जेठ ६ गते १७:५०     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अपोलो अस्पतालका सेवामा विशेष छुट दिने गरी आइतबार दुई निकायबीच उक्त सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो इन्फर्मेशन सेन्टरका प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपका उपाध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अपोलो हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, नयाँदिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका सञ्जालहरूमा समेत यी सबै सुविधा उपलब्ध रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.