कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता

  २०८१ जेठ ६ गते १५:५९     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमा रजिष्ट्रर गरी कुनै पनि रकमको टप-अप गर्नेमध्ये भाग्यशाली ५० जना ग्राहकले ५० रुपैेयाँको टप-अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकलाई मात्र मान्य हुने बैंकले जनाएको छ ।

त्यसैगरी, ग्राहकले न्यूनतम १०० रुपैयाँको टप-अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की-ड्रमार्फत इयरबर्डस जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहक दुबैलाई मान्य हुनेछ ।

यसैगरी, कारोबार गर्ने ग्राहकमध्ये एक जना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्तभरि लागु हुनेछ ।

बैंकले हाल देशभरि १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथमार्फत बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.