एनबी बैंकका सीईओले बुझे साढे १ करोड तलब, उच्च तहका कर्मचारीको भत्ता मात्रै १० करोड बढी

  २०७८ मंसिर ४ गते ११:५९     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले बैंकबाट साढे १ करोड रुपैयाँ तलब सुविधा लिएका छन् । उनले गत आर्थिक वर्ष २०७७/७८नेपाल बंगलादेश बैंकबाट १ करोड ४१ लाख रुपैयाँ तलब भत्ता बुझेका हुन् ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका अनुसार उनले सो तलब सुविधा बुझेका हुन् ।

बैंकका प्रबन्धक तहका कर्मचारीहरुले ५ करोड २५ लाख ९० हजार रुपैयाँ तलब बुझेका छन् भने १० करोड ४२ लाख रुपैयाँ मात्रै भत्ता बुझेका छन् । बैंकका सञ्चालकले भने २४ लाख रुपैयाँ ९२ हजार रुपैयाँ भत्ता बुझेका छन् ।

यस्तै, बैंकका कर्मचारीका लागि बैंकले १ अर्ब २१ करोड ४ लाख २१ हजार रुपैयाँ कर्मचारी खर्च गरेको छ भने ५६ करोड ५४ लाख रुपैयाँ कार्यालय सञ्चालन खर्च गरेको छ ।

सम्बन्धित सामग्री: तीन बैंकका सीईओले कमाए साढे ४ करोड, कुन बैंकका सीईओको तलब कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.