सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ७६ हजार पुग्यो

<p>काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि बुधबार चाँदी भने सस्तिएको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ प्रतितोला कायम भएको छ ।

Share News