सात नेपाली छुटाइदिन युक्रेनी समकक्षीसँग परराष्ट्रमन्त्री राणाको आग्रह

<p>काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले युक्रेनको कब्जामा रहेका ७ जना नेपालीलाई छुटाइदिन आफूले युक्रेनका समकक्षीसँग आग्रह गरेको बताएकी छन् । भारतको नयाँ दिल्लीमा कुराकानी गर्दै परराष्ट्रमन्त्री राणाले रुसको पक्षबाट युद्ध गर्न जाँदा पक्राउ गरी युक्रेनले बन्धक बनाएका सात नेपालीलाई छुटाउन आग्रह गरेको बताएकी हुन् । उनले कुटनीतिक तवरबाट राजदुतलाई पत्र लेखेर नेपालीहरु छुटाउन [&hellip;]</p>

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले युक्रेनको कब्जामा रहेका ७ जना नेपालीलाई छुटाइदिन आफूले युक्रेनका समकक्षीसँग आग्रह गरेको बताएकी छन् ।

भारतको नयाँ दिल्लीमा कुराकानी गर्दै परराष्ट्रमन्त्री राणाले रुसको पक्षबाट युद्ध गर्न जाँदा पक्राउ गरी युक्रेनले बन्धक बनाएका सात नेपालीलाई छुटाउन आग्रह गरेको बताएकी हुन् । उनले कुटनीतिक तवरबाट राजदुतलाई पत्र लेखेर नेपालीहरु छुटाउन आग्रह गर्ने र युक्रेनका विदेशमन्त्रीले पनि आफूले नेपाली छुटाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको बताइन् ।

उनले युक्रेनको परराष्ट्रमन्त्रीले नेपालले रुस—युक्रेन युद्धको विषयमा युरोपेली संघले राखेको प्रश्तावमा संयुक्त राष्ट्रसंघमा युक्रेनको पक्षमा मत दिएकोप्रति आभार व्यक्त गरेको पनि बताइन् । नेपालले युक्रेन एउटा महत्वपूर्ण देश भएको र दौंत्य सम्बन्ध बढाउँ भन्ने मनशायले अघि बढिरहेको बताइन् । उनले युक्रेनसँग अफिसियल र डिप्लोमेटिक भिसाहरु फ्रिमा गर्ने विषयमा पनि एमओयु भएको जानकारी दिइन् ।

उनले भनिन्, ‘युक्रेनको परराष्ट्रमन्त्रीज्युले मुख्य गरी उहाँहरुको पक्षमा भोट हालिदेकोमा धन्यवाद भन्न आउनुभएको थियो । साथै हामीले युक्रेन एउटा महत्वपूर्ण देश हो । त्यसैले हाम्रो एउटा दौंत्य सम्बन्ध बढाउँ भनेर हामीले अफिसियल र डिप्लोमेटिक भिसाहरु फ्रिमा गर्ने भन्ने एउटा एमओयु पनि गरेका छौँ ।’

पञ्चेश्वर र बिआइएसको विषयमा भारतीय समकक्षीसँग छलफल

मन्त्री राणाले नेपाल—भारतबीचको व्यापारिक सम्बन्धका बारेमा भारतीय विदेशमन्त्री एस। जयशंकरसँग छलफल गरेको बताइन् । उनले बिआईएसको बारेमा आफूले भेटमा प्रश्न उठाएको र भारतीय विदेशमन्त्रीले प्रक्रिया अघि बढाइरहेको बताएको जानकारी दिइन् । भारतीय विदेशमन्त्रीसँग आफूले हाइड्रोपावर, ट्रान्समिसन लाइन र ठूलो प्रोजेक्टहरु अघि बढाउने बारेमा छलफल गरेको र धेरै कुराहरु मिलिसकेपनि केही कुरा फेरि छलफल गर्न जरुरी रहेको बताइन् । पञ्चेश्वर र बिआइएसको विषयमा भारतीय समकक्षीसँग छलफल गरेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो ट्रेड सम्बन्धमा र हाम्रो नेपालको व्यापारीहरुको बिआईएसको बारेमा मैले प्रश्न उठाएँ । उहाँले प्रोसेसमा छ भन्नुभयो । हामीले पनि ग्लोवल मार्केटमा अघि बढ्न राम्रो प्रोडक्टहरु इम्पोर्ट गर्न खोजिरहेका छौँ, त्यसैले नेपाललाई मात्रै होइन, भियतनाम र कम्बोडियासँग पनि यस्तो प्रोसेस चलिरहेको ।’

मन्त्री राणाले नेपालले नयाँ किसिमबाट वित्त परिचालन गर्न सिक्नुपर्ने जरुरी देखिएको जानकारी दिइन् ।

Share News