सेयर बेचेर ५ कम्पनीका संस्थापक सेयरधनी बाहिरिँदै, मूल्य १ सय रुपैयाँ

<p>काठमाडौं । विभिन्न पाँच कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । प्रोग्रेशिभ फाइनान्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, कुमारी बैंक, सिटिजन्स बैंक र प्रभु महालक्ष्मी लाइफका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । प्रोग्रेशिभ फाइनान्सका केही संस्थापक सेयरधनीहरूले १ लाख ८१ हजार ८३८ कित्ता सेयर बिक्रीमा राखेका छन् । फाइनान्सको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै [&hellip;]</p>

काठमाडौं । विभिन्न पाँच कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । प्रोग्रेशिभ फाइनान्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, कुमारी बैंक, सिटिजन्स बैंक र प्रभु महालक्ष्मी लाइफका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।

प्रोग्रेशिभ फाइनान्सका केही संस्थापक सेयरधनीहरूले १ लाख ८१ हजार ८३८ कित्ता सेयर बिक्रीमा राखेका छन् । फाइनान्सको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र खरिदका लागि बोलापत्र पेस नगरेमा सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक समूहको ८० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा कम्पनीको १ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले चैत १२ गतेसम्म आजेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

यस्तै, कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले ४ लाख ८७ हजार १२ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र खरिदका लागि बोलापत्र पेस नगरेमा सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरिनेछ ।

यस्तै, सिटिजन्स बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ४० हजार कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

यस्तै, प्रभु महालक्ष्मी लाइफका विभिन्न ५ जना संस्थापक सेयरधनीहरूले २ लाख ७४ हजार २०१ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका संस्थापक सेयरधनी शैलेश श्रेष्ठले १२ हजार ७८ कित्ता, सनराइज होल्डिङ्स प्रालिले १८ हजार ३४८ कित्ता, अनिल प्रसाद श्रेष्ठले २ हजार १९६ कित्ता, सैला श्रेष्ठले १ लाख २० हजार ७८० कित्ता र सुयोग श्रेष्ठले १ लाख २० हजार ७९९ कित्ता सेयर बिक्रीमा राखेका हुन् । । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

 

Share News