एथर स्कूटरको टेस्ट राइड जोन सुरु, २० हजार रुपैयाँसम्म क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर

<p>काठमाडौं । एथर स्कूटरले बौद्धमा पहिलो टेस्ट राइड जोन सुरुवात गरेको छ । प्रिमियम ईभी प्रविधिलाई अझ सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता अनुरूप यो विशेष टेस्ट राइड स्पेस चैत्र ५ गते किबु अपार्टमेन्ट, फूलबारी, बौद्धमा सञ्चालनमा आएको हो । वैद्य इनर्जी प्रालिले टेस्ट राइड जोनको उ‌द्घाटन परम्परागत बौद्ध पूजासहित गरेको हो । टेस्ट राइड जोनको [&hellip;]</p>

काठमाडौं । एथर स्कूटरले बौद्धमा पहिलो टेस्ट राइड जोन सुरुवात गरेको छ ।

प्रिमियम ईभी प्रविधिलाई अझ सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता अनुरूप यो विशेष टेस्ट राइड स्पेस चैत्र ५ गते किबु अपार्टमेन्ट, फूलबारी, बौद्धमा सञ्चालनमा आएको हो ।

वैद्य इनर्जी प्रालिले टेस्ट राइड जोनको उ‌द्घाटन परम्परागत बौद्ध पूजासहित गरेको हो ।

टेस्ट राइड जोनको सुरुवातसँगै एथरले २० हजार रुपैयाँसम्मकाे क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर पनि दिने भएकाे छ । याे अफर सीमित अवधिको लागि मात्र हुनेछ । सुरुका ५० ग्राहकलाई मात्र यो अफर प्राप्त हुनेछ ।

एथर ४५० सिरिजका स्कूटरहरूको टेस्ट राइड गर्न पाउने वैद्य इनर्जी प्रालिले जनाएकाे छ ।

नेपालमा आफ्नो सुरुवातदेखि नै एथरले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहकहरूको विश्वासका साथ ईभी बजारलाई पुनः परिभाषित गर्दै आएको छ ।

हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, र बुटवलमा गरी ६ वटा एक्सपेरियन्स सेन्टर सञ्चालनमा छन् ।

साथै एथरले काठमाडौं, भक्तपुर र चितवनमा तीनवटा सर्भिस सेन्टर सञ्चालन गरिसकेको छ भने चाँडै नै पोखरामा चौथो सर्भिस सेन्टर खुला गराउन लागेकाे छ।

यसैगरी, एथरले नेपालभरका प्रमुख स्थानहरूमा २० वटा फास्ट चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ ।

Share News