सेयर बजार घट्दो क्रममा, कारोबार रकम ४ अर्बमा झर्‍यो

<p>काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा झरेको छ । आज ८६ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३१३ कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ [&hellip;]</p>

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा झरेको छ ।

आज ८६ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

मंगलबार ३१३ कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ३२ करोड रपैयाँको कारोबार भएको छ ।

साथै घलेम्दी हाइड्रोको २२ करोड, नेपाल रिइन्स्योरेन्सको १८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको १६ करोड र नारायणी डेभलपमेन्ट बैंकको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

मंगलबार अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । सो सेक्टर ०.११ प्रतिशत बढेकाे छ । घटेका सेक्टरहरुको गिरावट दर १ प्रतिशतमुनि रहेकाे छ । बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, हाइड्रोपावर ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.३१, व्यापार ०.६६ तथा निर्जीवन बीमा ०.५४ प्रतिशतले घटेकाे छ ।

Share News