टोरेन्टोमा टेस्लाले ईभी प्रोत्साहन नपाउने

<p>काठमाडौं । टोरन्टोले अब टेस्लाका सवारीसाधनहरूलाई ट्याक्सी वा राइड सेयरका रूपमा किनिएकोमा आर्थिक प्रोत्साहन प्रदान नगर्ने भएको छ । सहरकी मेयर ओलिभिया चाउले सोमबार संयुक्त राज्य अमेरिकासँगको व्यापार तनावका कारण यस्तो निर्णय गरेको जानकारी दिइन् । सहरले उत्सर्जन घटाउन मद्दत गर्न २०२९ को अन्त्यसम्मका लागि चालक र सवारी मालिकहरूलाई लाइसेन्स शुल्क र नवीकरण शुल्कमा छुट [&hellip;]</p>

टोरन्टोकी मेयर ओलिभिया चाउ । तस्बिर : रोयटर्स

काठमाडौं । टोरन्टोले अब टेस्लाका सवारीसाधनहरूलाई ट्याक्सी वा राइड सेयरका रूपमा किनिएकोमा आर्थिक प्रोत्साहन प्रदान नगर्ने भएको छ ।

सहरकी मेयर ओलिभिया चाउले सोमबार संयुक्त राज्य अमेरिकासँगको व्यापार तनावका कारण यस्तो निर्णय गरेको जानकारी दिइन् ।

सहरले उत्सर्जन घटाउन मद्दत गर्न २०२९ को अन्त्यसम्मका लागि चालक र सवारी मालिकहरूलाई लाइसेन्स शुल्क र नवीकरण शुल्कमा छुट दिई विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रोत्साहन गरिरहेको छ ।

तर मार्च १ देखि टेस्ला सवारीसाधनहरू अब ती प्रोत्साहनहरूका लागि योग्य हुने छैनन् ।

‘ट्याक्सीहरू जस्ता भाडामा चल्ने सवारीसाधनहरूले अब अर्को प्रकारको गाडी खोज्नुपर्नेछ,’ उनले भनिन्, ’उनीहरू अरू विद्युतीय गाडीहरू किन्न सक्छन् ।’

चाउका अनुसार यो बहिष्करण अमेरिकी सँगको व्यापार मुद्दाहरू समाधान नभएसम्म जारी रहनेछ ।

चाउले यो निर्णय टेस्लाका सीईओ एलन मस्कलाई लक्षित गर्न र प्रतिक्रिया दिन गरिएको हो, जो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सल्लाहकार हुन् ।

ट्रम्पले क्यानडालाई अमेरिकामा विलिन गर्न र क्यानडेली उत्पादनहरूमा शुल्क लगाएका छन्, जसले क्यानडेलीहरूलाई क्रोधित बनाएको छ ।

‘हामीले भनेका छौं कि यदि तपाईं टेस्ला किन्न चाहनुहुन्छ भने अगाडि बढ्नुहोस्, तर त्यसमा अनुदान पाउन करदाताको पैसामा भर नपर्नुहोस्,’ उनले भनिन्।

चाउले भनिन् कि यस कदमको आर्थिक असर ठूलो हुने छैन ।

Share News