ट्रिप टर्बाको प्ले स्टोरमा १ लाख डाउनलोड पुरा, विशेष अफर र गिभअवे घोषणा

<p>ललितपुर । ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पार गरेको घोषणा गरेको छ । २०८१ भदौ १६ मा आधिकारिक रूपमा लन्च भएको यो एपले मात्र पाँच महिनामा यो उपलब्धि हासिल गरेको हो । यस महत्त्वपूर्ण उपलब्धिको उत्सवस्वरूप ट्रिप टर्बोले &#8216;ट्रिप टर्बाे हन्ड्रेड के अफर&#8217; क्याम्पेन सुरु गरेको छ, जसमा [&hellip;]</p>

ललितपुर । ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पार गरेको घोषणा गरेको छ ।

२०८१ भदौ १६ मा आधिकारिक रूपमा लन्च भएको यो एपले मात्र पाँच महिनामा यो उपलब्धि हासिल गरेको हो ।

यस महत्त्वपूर्ण उपलब्धिको उत्सवस्वरूप ट्रिप टर्बोले ‘ट्रिप टर्बाे हन्ड्रेड के अफर’ क्याम्पेन सुरु गरेको छ, जसमा भाग्यशाली विजेताहरूले रोमाञ्चक गिभअवेहरू जित्न सक्छन् ।

ट्रिप टर्बाेका अनुसार दुई भाग्यशाली विजेताका लागि दुईवटा निःशुल्क एकतर्फी आन्तरिक उडान पाउनेछन् । एक भाग्यशाली ग्राहकका लागि पोखरामा रु. ११ हजार बराबरको हट एयर बेलुन राइड गर्न सक्नेछन् ।

यसैगरी, उप्स नेपालबाट दुईवटा गिफ्ट कार्ड (प्रत्येक ५ हजार रुपैयाँको) पाइने कम्पनीले जनाएकाे छ ।

त्यस्तै, आन्तरिक उडान र विभिन्न एड्भेन्चर एक्टिभिटीहरूमा एक लाखभन्दा बढी बराबरको छुट र प्रोमो कोड पनि पाइने जनाइएकाे छ ।

ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले एक लाख डाउनलाेड पुगेकाेमा खुसी व्यक्त गर्दै ग्राहकलाई उत्कृष्ट सेवा दिने प्रतिबद्धता जनाए ।

याे अफर २०८१ चैत्र २ देखि चैत १८ (२०२५ मार्च १५ – मार्च ३१) सम्म सञ्चालन हुनेछ ।

यस अवधिमा ट्रिप टर्बो एप वा वेबसाइटमार्फत कुनै पनि उडान, बस वा एक्टिभिटी बुक गर्ने ग्राहकहरू स्वतः गिभअवेमा समावेश हुनेछन् ।

ट्रिप टर्बो प्रयोगकर्ताहरूका लागि विशेष अफर

नियमित प्रयोगकर्ताहरूका लागि २० हजार ट्रिप टर्बोको लोयल्टी पोइन्टस् प्रयोग गरी कुनै पनि आन्तरिक उडानमा ५०० रुपैयाँ छुट पाउने प्रोमो कोड प्राप्त गर्न सकिन्छ । यो अफर सीमित संख्यामा मात्र उपलब्ध हुनेछ ।

पहिलो पटक उडान बुक गर्ने ग्राहकहरूका लागि प्रोमो कोड प्रयोग गरी पहिलो उडान बुकिङमा २०० रुपैयाँ छुट प्राप्त गर्न सकिन्छ ।

सबै प्रयोगकर्ताहरूका लागि अफर अवधिभर प्रत्येक उडान बुकिङमा प्रोमो कोड प्रयोग गरी १५० रुपैयाँ छुट पाउन सकिन्छ ।

पहिलो पटक बस टिकट काट्ने यात्रुहरूले प्रोमो कोड प्रयोग गरी पहिलो बस टिकटमा ५० रुपैयाँ छुट पाउन सक्नेछन् ।

एड्भेन्चर गतिविधिमा डिस्काउन्ट

रोमाञ्चक गतिविधिहरूमा ५० प्रतिशत वा ६ हजारसम्मको छुट पाउन सकिनेछ, साथै प्रोमो कोड प्रयोग गरी थप बचत गर्न सकिन्छ ।

लोकप्रिय एक्टिभिटीहरूमा १ हजार ४५० सम्मको छुट छ । यसमा प्याराग्लाइडिङ, बन्जी, स्काइ साइकलिङ, क्यानोनिङ, स्विङ, हट एयर बेलुन, र एटिभी (क्वाड बाइक) टूर रहेका छन् ।

यससँगै ट्रिप टर्बोका नियमित ग्राहकहरूका लागि ५ हजार ट्रिप टर्बाेकाे काेइन्स प्रयोग गरेर १ हजार ४०० सम्मको विशेष छुट प्राप्त गर्न सकिनेछ ।

यो छुट हाईग्राउन्ड एड्भेन्चर्स (पोखरा) को शावर बन्जी, हट एयर बेलुन (पोखरा), द क्लिफ (कुश्मा, पर्वत) को बन्जी, द बन्जी नेपाल (पोखरा) को बन्जी, हाईग्राउन्ड एड्भेन्चर्स (पोखरा) को एटीभी (क्वाड बाइक) टुर, र एडभान्स प्याराग्लाइडिङ (पोखरा) को प्याराग्लाइडिङमा उपलब्ध छ ।

यो अफर २०८१ चैत १८ (मार्च ३१, २०२५) सम्म मान्य हुनेछ ।

ट्रिप टर्बो नेपालको सबैभन्दा ठूलो अनलाइन ट्राभल मार्केटप्लेस हो । सन् २०२१ मा स्थापना भएको ट्रिप टर्बोले आधिकारिक रूपमा सन् २०२४ को सेप्टेम्बरमा ट्राभल मेला क्यामपेनमार्फत आफ्नो मोबाइल एप लन्च गरेको थियो ।

एन्ड्रोइड, आईओएस, र वेबमा उपलब्ध ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान टिकट, बस टिकट, २००+ इनडोर र आउटडोर एक्टिभिटीहरू र ओभरनाइट स्टे सेवा प्रदान गर्दछ ।

Share News