काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा झरेको छ ।
आज ८५ कम्पनीको सेयर मूल्य घट्दा १४५ कम्पनीको सेयर मूल्य बढेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३३१ कम्पनीको ९९ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ४३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३० करोड, महालक्ष्मी विकास बैंकको २२ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २० करोड र सीइडीबी होल्डीङको १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
सोमबारको कारोबारमा व्यापार सेक्टर सबैभन्दा धेरै ३.३८ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.९२, हाइड्रोपावर ०.२३, जीवन बीमा ०.५१, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.०२, अन्य ०.५६ प्रतिशतले घटेकाे छ । उत्पादन तथा प्रशोधन ०.४४, लगानी ०.१८, होटल तथा पर्यटन ०.१८ र फाइनान्स सेक्टर ०.१२ प्रतिशत बढेकाे छ ।
आजको कारोबारमा राप्ती हाईड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने महालक्ष्मी विकास बैंक लिमिटेडको सेयर मूल्य ५.६३ प्रतिशलते घटेको छ ।