काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना बैंकहरूको निक्षेप संकलन ५ प्रतिशत बढेको छ । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार २० वटा बैंकले फागुन मसान्तसम्ममा ४.९० प्रतिशत अर्थात् २ खर्ब ८२ अर्ब २७ करोड रुपैयाँ निक्षेप बढाएर ६० खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ पुर्याएका छन् । जबकी गत असारसम्म बैंकहरूको निक्षेप ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ मात्रै थियो ।
८ महिनाको अवधिमा सबैभन्दा धेरै निक्षेप वृद्धि एनएमबि बैंकले गरेको छ । फागुनसम्ममा एनएमबि बैंकको निक्षेप १७.५० प्रतिशत अर्थात् ३९ अर्ब ७६ करोड रुपैयाँ बढेर २ खर्ब ६६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म बैंकको बैंकको निक्षेप २ खबै २७ अर्ब १० करोड रुपैयाँ थियो ।
यस्तै, एभरेस्ट बैंकको १४.७७ प्रतिशत अर्थात् ३४ अर्ब ४७ करोड रुपैयाँ बढेर २ खर्ब ६७ अर्ब ७६ करोड रुपैयाँ, प्राइम बैंकको १२.६० प्रतिशत अर्थात् २७ अर्ब १६ करोड रुपैयाँ बढेर २ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ११.२६ प्रतिशत अर्थात् ४५ अर्ब ८४ करोड रुपैयाँ बढेर ४ खर्ब ५२ अर्ब ६४ करोड रुपैयाँ, नेपाल बैंकको ९.४७ प्रतिशत अर्थात् २६ अर्ब ८३ करोड रुपैयाँ बढेर ३ खर्ब ९ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
बैंकर्स संघको तथ्याङ्क अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंक ९.१४ प्रतिशत अर्थात् १० अर्ब ५० करोड रुपैयाँ बढेर १ खर्ब २५ अर्ब ३३ करोड रुपैयाँ, सानिमा बैंकको ७.८६ प्रतिशत अर्थात् १५ अर्ब ६८ करोड रुपैयाँ बढेर २ खर्ब १५ अर्ब ६ करोड रुपैयाँ, नबिल बैंकको ७.३५ प्रतिशत अर्थात् ३४ अर्ब ४९ करोड रुपैयाँ बढेर ५ खर्ब ३ अर्ब २५ करोड रुपैयाँ, ग्लोबल आईएमई बैंकको ५.६१ प्रतिशत अर्थात् २८ अर्ब ३४ करोड रुपैयाँ बढेर ५ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकल गरेका छन् ।
यस्तै, सिटिजन्स बैंकको ५.३० प्रतिशत अर्थात् १० अर्ब १६ करोड रुपैयाँ बढेर २ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ५.०८ प्रतिशत अर्थात् १६ अर्ब ९५ करोड रुपैयाँ बढेर ३ खर्ब ५० अर्ब ५१ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४.२८ प्रतिशत अर्थात् १८ अर्ब ४१ करोड रुपैयाँ बढेर ४ खर्ब ४७ अर्ब ५५ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ४.१८ प्रतिशत अर्थात् ६ अर्ब ७५ करोड रुपैयाँ बढेर १ खर्ब ६८ अर्ब ९ करोड रुपैयाँ, कृषि विकास बैंकको ३.९० प्रतिशत अर्थात् ९ अर्ब ५२ करोड रुपैयाँ बढेर २ खर्ब ५३ अर्ब २८ करोड रुपैयाँ निक्षेप पुर्याएका छन् ।
नेपाल एसबीआई बैंकको ३.४३ प्रतिशत अर्थात् ६ अर्ब ३ करोड रुपैयाँ बढेर १ खर्ब ८१ अर्ब ४५ करोड रुपैयाँ, हिमालयन बैंकको १.७८ प्रतिशत अर्थात् ५ अर्ब ३२ करोड रुपैयाँ बढेर ३ खर्ब ३ अर्ब ४ करोड रुपैयाँ, कुमारी बैंकको १.६६ प्रतिशत अर्थात् ५ अर्ब ८३ करोड रुपैयाँ बढेर ३ खर्ब ५६ अर्ब ५९ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ०.५७ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड रुपैयाँ बढेर २ खर्ब ४६ अर्ब ३१ करोड रुपैयाँ र प्रभु बैंकको ०.२१ प्रतिशत अर्थात् ६८ करोड रुपैयाँ बढेर ३ खर्ब १२ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
तर, यसअवधिमा एनआईसी एशिया बैंकको निक्षेप संकलनमा भने व्यापक गिराव आएको छ । बैंकको १७.१५ प्रतिशत अर्थात् ६१ अर्ब ८६ करोड रुपैयाँ घटेर २ खर्ब ९८ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ । जबकी गत असारमा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब ५४ करोड रुपैयाँ थियो ।
कुन बैंकको कति कर्जा ?
चालु आवको ८ महिनाको अवधिमा बैंकहरूको कर्जा लगानी ६.११ प्रतिशत अर्थात् २ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँ बढाएर ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ पुर्याएका छन् । गत असारमा बैंकहरूले ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।
८ महिनाको अवधिमा सबैभन्दा धेरै कर्जा लगानी एभरेष्ट बैंकले बढाएको छ । फागुन मसान्तसम्ममा बैंकको कर्जा २०.१५ प्रतिशत अर्थात् ३७ अर्ब ५८ करोड रुपैयाँ बढेर २ खर्ब २४ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ । जबकि गत असारमा बैंकको कर्जा १ खर्ब ८६ अर्ब ५० करोड रुपैयाँ थियो ।
यस्तै, एनएमबी बैंकको १४.२३ प्रतिशत अर्थात् २९ अर्ब १३ करोड रुपैयाँ बढेर २ खर्ब ३३ अर्ब ७४ करोड रुपैयाँ, प्राइम बैंकको ११.२३ प्रतिशत अर्थात् २१ अर्ब ७९ करोड रुपैयाँ बढेर २ खर्ब १५ अर्ब ७२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १०.७१ प्रतिशत अर्थात् १४ अर्ब ५ करोड रुपैयाँ बढेर १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १०.४७ प्रतिशत अर्थात् २७ अर्ब ४२ करोड रुपैयाँ बढेर २ खर्ब ८९ अर्ब २० करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् ।
लक्ष्मी सनराइज बैंकको १०.०८ प्रतिशत अर्थात् २६ अर्ब ९ करोड रुपैयाँ बढेर २ खर्ब ८४ अर्ब ७२ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ९.९९ प्रतिशत अर्थात् ३९ अर्ब ६ करोड रुपैयाँ बढेर ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ, नेपाल बैंकको ८.४९ प्रतिशत अर्थात् १७ अर्ब ६७ करोड रुपैयाँ बढेर २ खर्ब २५ अर्ब ६१ करोड रुपैयाँ, सानिमा बैंकको ८.३८ प्रतिशत अर्थात् १३.९० करोड रुपैयाँ बढेर १ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
फागुन सम्ममा सिटिजन्स बैंकको ७.८ प्रतिशत अर्थात् १२ अर्ब ३० करोड रुपैयाँ बढेर १ खर्ब ६९ अर्ब ८९ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ६.९ प्रतिशत अर्थात् २२ अर्ब ८३ करोड रुपैयाँ बढेर ३ खर्ब ५१ अर्ब ६९ करोड रुपैयाँ, नबिल बैंकको ६.७० प्रतिशत अर्थात् २६ अर्ब ४ करोड रुपैयाँ बढेर ४ खर्ब १४ अर्ब ३९ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ५.९३ प्रतिशत अर्थात् १२ अर्ब ९ करोड रुपैयाँ बढेर २ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
नेपाल एसबीआई बैंकको ५.१७ प्रतिशत अर्थात् ६ अर्ब ८८ करोड रुपैयाँ बढेर १ खर्ब ३९ अर्ब ८५ करोड रुपैयाँ, कुमारी बैंकको २.६१ प्रतिशत अर्थात् ७ अर्ब ६८ करोड रुपैयाँ बढेर ३ खर्ब १ अर्ब ९ करोड रुपैयाँ, हिमालयन बैंकको १.६५ प्रतिशत अर्थात् ४ अर्ब ९ करोड रुपैयाँ बढेर २ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ र कृषि विकास बैंकको ०.८१ प्रतिशत अर्थात् १ अर्ब ६९ करोड रुपैयाँ बढेर २ खर्ब ८ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी विस्तार गरेका छन् ।
तर, एनआईसी एशिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको कर्जा विस्तार भने घटेको देखिन्छ । एनआईसी एशिया बैंकको १२.४१ प्रतिशत अर्थात् ३५.४३ करोड रुपैयाँ घटेर २ खर्ब ४९ अर्ब ९० करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४.२७ प्रतिशत अर्थात् ३ अर्ब ८३ करोड रुपैयाँ घटेर ८५ अर्ब ८३ करोड रुपैयाँ र प्रभु बैंकको ०.५७ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड रुपैयाँ घटेर २ खर्ब ३४ अर्ब ५६ करोड रुपैयाँमा कर्जा लगानी झरेको छ ।