एनसी एग्रो टेकले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

<p>काठमाडौं । एनसी एग्रो टेक इण्ड्रष्ट्रिजले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्बन्धमा चैत ३ गते ग्लोबल आइएमई क्यापिटलको रजिष्टर्ड कार्यालयमा आयोजित एक कार्यक्रममा एनसी एग्रो टेक इण्ड्रष्ट्रिजको तर्फबाट अख्तियार प्राप्त सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको [&hellip;]</p>

काठमाडौं । एनसी एग्रो टेक इण्ड्रष्ट्रिजले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्बन्धमा चैत ३ गते ग्लोबल आइएमई क्यापिटलको रजिष्टर्ड कार्यालयमा आयोजित एक कार्यक्रममा एनसी एग्रो टेक इण्ड्रष्ट्रिजको तर्फबाट अख्तियार प्राप्त सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झोतापत्रमा हस्ताक्षर गरे ।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँ अंकित दरको १८ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको हो ।

Share News