ट्रम्पले मंगलबार रुसी समकक्षी पुटिनसँग युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्ने

<p>काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने योजना बनाएको र युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । &#8216;म मंगलबार राष्ट्रपति पुटिनसँग कुरा गर्दैछु । सप्ताहन्तभर धेरै काम भएको छ,’ ट्रम्पले फ्लोरिडाबाट वाशिंगटन फर्किने क्रममा एयर फोर्स वनमा सञ्चारकर्मीहरूलाई भने । &#8216;हामी त्यो युद्ध [&hellip;]</p>

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने योजना बनाएको र युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘म मंगलबार राष्ट्रपति पुटिनसँग कुरा गर्दैछु । सप्ताहन्तभर धेरै काम भएको छ,’ ट्रम्पले फ्लोरिडाबाट वाशिंगटन फर्किने क्रममा एयर फोर्स वनमा सञ्चारकर्मीहरूलाई भने ।

‘हामी त्यो युद्ध अन्त्य गर्न सकिन्छ कि भनेर हेर्न चाहन्छौं । हुन सक्छ, हुन नसक्ला, तर मलाई लाग्छ हामीसँग राम्रो सम्भावना छ,’ उनले थपे ।

ट्रम्पले युक्रेनले गत हप्ता स्वीकार गरेको ३० दिने युद्धविराम प्रस्तावमा पुटिनको समर्थन जित्न खोजिरहेका छन् । किनकि दुवै पक्षले सप्ताहन्तभर भारी हवाई हमला जारी राखेका थिए र रुसले युक्रेनी सेनालाई पश्चिमी रुसी क्षेत्र कुस्र्कबाट हटाउन झन् नजिक पुगेको छ ।

‘हामी भूमिबारे कुरा गर्दैछौं । हामी पावर प्लान्टहरू बारे पनि कुरा गर्दैछौं,’ ट्रम्पले भने, ‘मलाई लाग्छ दुबै पक्ष युक्रेन र रुसले यसबारे धेरै कुरा गरिसकेका छन् । हामी पहिले नै केही सम्पत्तिहरू बाँडफाँड गर्ने विषयमा छलफल गरिरहेका छौं ।’

Share News