ममाथि लागेको आरोपको अनुसन्धान होस् : डा. संग्रौला

<p>काठमाडौं । प्राध्यापक डाक्टर युवराज संग्रौलाले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न माग गरेका छन् । आइतबार काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई लागेको यौन दुव्र्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको बताए । उनले कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरुपमा लेखेको [&hellip;]</p>

काठमाडौं । प्राध्यापक डाक्टर युवराज संग्रौलाले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न माग गरेका छन् ।

आइतबार काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई लागेको यौन दुव्र्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको बताए । उनले कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरुपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएकोप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले यदि साँच्चिकै पीडित हो भने सामाजिक सञ्जालमा लेख्नुभन्दा अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्ने बताए । कसैले सञ्जालमा लेखेको विषयलाई मिडियाले ट्रायल गर्ने हो भने राम्रा मान्छेहरु पीडित हुने उनको भनाइ छ ।

उनले भने, ‘मेरो ३७ वर्षको इन्टिग्रेटीमा राज्यको कुनै अनुसन्धान निकायले त्यस्तो सूचना प्राप्त गर्छ र अनुसन्धान गर्छ भने मलाई हत्गडी लगाएर लैजान सक्छ । तर कुनै एउटा व्यक्तिले सामाजिक सञ्जालमा आफू कुन अवस्थामा छ भन्ने पनि राम्रोसँग नबुझी सामाजिक सञ्जालमा आएर गाली व्यज्यति गर्छ, आमाचकारी बोली बोल्छ, म तलाई मार्छु, तेरो छोरी मार्छु भन्छ र उ आफै के भन्छ भने म पीडित होइन अरुको पीडाको लागि बोलेको छु ।’

प्रा.डा. युवराज संग्रौलामाथि लगाएको यौन दुव्र्यवहारको आरोपको अनुसन्धान गर्न काठमाडौं स्कुल अफ लको व्यवस्थापनले डा. श्रीकृष्ण भट्टराईको संयोजनमा वरिष्ठ पत्रकार तीर्थ कोईराला र अधिवक्ता सीमा धामीसहितको जाँचबुझ समिति गठन गरेको छ ।

Share News