२१ अंकले घट्यो सेयर बजार, ६ अर्ब ८३ करोडको कारोबार

<p>काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ बिन्दुमा कायम भएको छ । आज ३१६ स्टकको ७९ हजा ३१ पटक कारोबारमा एक करोड ३९ लाख ७४ हजार ४५२ कम्पनीको कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ८३ करोड ६६ [&hellip;]</p>

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ बिन्दुमा कायम भएको छ ।

आज ३१६ स्टकको ७९ हजा ३१ पटक कारोबारमा एक करोड ३९ लाख ७४ हजार ४५२ कम्पनीको कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँको कारोबार भएकाे छ ।

आज व्यापारबाहेक सबै सेक्टर घटेका छन् । व्यापार ४.९२ प्रतिशतले बढेको छ । घटेका उपसमूहहरूमा बैंकिङ ०.८०, विकास बैंक २.२५, फाइनान्स १.३९, होटल तथा पर्यटन ०.५३, हाइड्रोपावर १.२९, लगानी १.७२, जीवन बीमा १.०६, उत्पादन ०.०१, निर्जीवन बीमा ०.७२, अन्य १.५२ प्रतिशतले बढेको छ ।

आइतबार सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ८.१९ प्रतिशतले कमाएका छन् । विशाल बजार ५.३४, आरएसडीसी लघुवित्त वित्तीय संस्था ४.४३, अप्पर हावाखेला हाइड्रोपावर ४.१८ प्रतिशतले घटेको छ । त्यस्तै, आज ग्रीन डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै ७.९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ५८ करोड ४६ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा महालक्ष्मी विकास बैंक ३७ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

अन्य कम्पनीहरूमा घलेम्दी हाइड्रोको ३३ करोड ८५ लाख, नेपाल रिइन्स्योरेन्सको ३३ करोड ८३ लाख र गार्डियन माइक्रोफाइनान्सको २६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।

Share News