काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १९ करोड बढीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्त संस्थाको संस्थापक समूहको ३ लाख ६३ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।
साथै उक्त सेयरको मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ तोकिएको छ । सो आधारमा लघुवित्तले १९ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो ।
लघुवित्तको संस्थापक सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले पनि आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले चैत ३ गतेदेखि चैत १७ गतेसम्म आवेदन दिनुपर्नेछ ।
आवेदन दिँदा कम्तिमा एक हजार कित्ता सेयरका लागि बोलपत्र पेश गर्नुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।