२०८१ फागुन २९ गते १५:३७ विकासन्युज
काठमाडौं । १५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरू बिहीबार जनपुरधाम फर्किएका छन् ।
१४ औं दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो ।
जनकपुरधाम फर्किने परिक्रमा यात्री जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बसेका छन् ।
धनुषाको मिथिला नगरपालिका ८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्यमठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत सुरु भएको थियो ।
फागु पूणिर्माको दिन पुनः आज जनकपुरधाम फर्किरहेका परिक्रमा यात्री (भोलि) शुक्रवार अन्तगरगृह परिक्रमा गरेपछि परिक्रमा सम्पन्न हुन्छ ।
मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भू–भागको पद यात्रा गरिन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.