सात दिनपछि बढ्यो सेयर बजार, ८ अर्ब बढीको कारोबार

  २०८१ फागुन २८ गते १५:२६     विकासन्युज

काठमाडौं । सेयर बजार सात दिनपछि बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा पुगेको छ ।

आज १४६ कम्पनीको मूल्य बढ्दा ८८ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

बुधबार ३२३ कम्पनीको २ करोड २९ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार माछापुच्छ्रे बैंकको भएको छ । माछापुच्छ्रेको ८१ करोड रुपैयाँको कारोबार भएको छ ।

साथै हिमालयन रिइन्स्योरेन्सको ५६ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४९ करोड, घलेम्दी हाइड्रोको ३९ करोड र नेपाल रिइन्स्योरेन्सको ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज धेरैजसो सेक्टर बढेका छन् । बैंकिङ ०.५३, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य १.५७ र व्यापार ०.२१ प्रतिशतले बढेकाे छ । माइक्रोफाइनान्स ०.२७ र विकास बैंक सेक्टर ०.३३ प्रतिशतले घटेकाे छ ।

विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।