२०८१ फागुन २६ गते १५:१९ विकासन्युज
काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.६८ अंकले बढेर २७५१.४२ बिन्दुमा झरेको छ ।
आज ४४ कम्पनीको मूल्य बढ्दा १९१ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३११ कम्पनीको १ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७३ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको हो ।
साथै हिमालयन रिइन्स्योरेन्स कम्पनीको ७३ करोड १७ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीको ३४ करोड, गार्डियन माइक्रोलाइफको ३० करोड र गलेम्दी हाइड्रोको ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
सोमबार अन्यबाहेक सबै सेक्टर राताम्मे रहेकाे छ । हिमालयन रिइन्स्योरेन्सको मूल्य १.१६ प्रतिशत बढ्दा अन्य समूह ०.०८ प्रतिशत हरियो रहेकाे छ । बैंकिङ ०.४४, विकास बैंक ०.७३, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१६, लगानी १.५१, जीवन बीमा ०.४१, उत्पादन १.१५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.६८ र व्यापार सेक्टर १.६५ प्रतिशतले घटेकाे छ ।
आज नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.