२०८१ फागुन २६ गते १४:२१ विकासन्युज
काठमाडौं । एनआईसी एसिया क्यापिटलले डायस्पोरा अकाउन्ट सोलुसन र अफर फर सेल प्ल्याटफर्म योजना सार्वजनिक गरेको छ । लामो समयदेखि मर्चेण्ट बैंकिङ्ग सेवा दिइरहेको क्यापिटलले सेवालाई थप परिस्कृत गर्दै दुईवटा सेवा ल्याएको हो ।
डायस्पोरा खाता सेवा गैर-आवासीय नेपाली तथा विदेशमा बसेर गरी नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी तथा लगानीकर्ताहरू व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरू क्यापिटलमार्फत गर्न सकिनेछ । उक्त सेवाले लगानीकर्ताहरूलाई एकीकृत रुपमा वित्तीय, कानुनी र कम्पनी संचालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्नेछ ।
डायस्पोरा खाता सेवाअन्तर्गत स्टार्टअप आवश्यक, व्यवसाय विस्तार, बजारको पहुँच परामर्श सेवा उपलब्ध गराउनेछ । अर्थात् कम्पनी दर्ता, कम्पनीको मूल्याङ्कन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलन गरिदिने, इक्विटी लगानी, इक्विटी/उद्यम पूँजी व्यवस्थापन, वित्तीय विश्लेषण र विदेशी प्रत्यक्ष लगानी, निष्काशन तथा बिक्री प्रबन्धक, आरटिए तथा आरटिएस सेवा, पुँजी सङ्कलन र नियामक निकायले तोके बमोजिमको कार्यसम्पादन गर्ने र वित्तीय विश्लेषण, कम्पनी मूल्याङ्कन, इक्विटी लगानी र व्यवसाय संचालनमा आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछ ।
यस्तै, पु्ँजी बजारमा सूचीकृत तथा सूचीकृ नभएका कम्पनीहरुको संस्थापक सेयर खरिद बिक्री गर्न सहज गराउने उद्धेश्यले अफर फर सेल प्ल्याटफर्म योजना सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीहरूको संस्थापक समूहको सेयर खरिद बिक्री गर्न निकै कानूनी प्रकृया पुरा गर्नुपर्ने भएकाले कम्पनीले उक्त सेवा उलपब्ध गराउने भएको हो ।
सूचीकृत नभएका पब्लिक कम्पनीहरूको संस्थापक समूहको सेयर समेत कारोबार गर्न निकै झन्झटिलो प्रकृया रहेको र लगानीकर्ताहरूले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक सेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरूबाट बारम्बार आउने गरेको छ । त्यसैले संस्थापक सेयर खरिद बिक्रीको लागि वान स्टप सोलुसन उपलब्ध गराउने मुख्य उद्देश्यले अफर फर सेल माध्यम ल्याएको कम्पनीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.