जीवन विकास लघुवित्तको ५ करोडको सेयर बेचेर बाहिरिँदै भरत लाल

<p>काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी बाहिरिने भएका छन् । लघुवित्तका संस्थापक सेयरधनी भरत लाल बहरदार आफ्नो स्वामित्वको सेयर बेचेर बाहिरिने भएका हुन् । लघुवित्तका अनुसार भरत लालले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उनले यसअघि गत माघमा सेयर बिक्रीमा राखेका थिए । तर, उक्त अवधिमा [&hellip;]</p>

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी बाहिरिने भएका छन् । लघुवित्तका संस्थापक सेयरधनी भरत लाल बहरदार आफ्नो स्वामित्वको सेयर बेचेर बाहिरिने भएका हुन् ।

लघुवित्तका अनुसार भरत लालले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उनले यसअघि गत माघमा सेयर बिक्रीमा राखेका थिए । तर, उक्त अवधिमा बिक्री नभएको सेयर पुनः बिक्रीमा राखेको लघुवित्तले जनाएको छ ।

लघुवित्तले उक्त सेयरको मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकेको छ । यस आधारमा लघुत्तिको ५ करोड रुपैयाँ सेयर बिक्रीमा राखिएको हो ।

खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

Share News