काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) साढे ६ प्रतिशत बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा ६.६८ प्रतिशत बढेर औसत ६.१९ प्रतिशत बिन्दुमा पुगेको हो । गत आवको पुसमा लघुवित्तहरूको औसत खराब कर्जा ६.६३ प्रतिशत थियो ।
५१ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये समीक्षा अवधिमा २१ वटा लघुवित्त संस्थाहरूको खराब कर्जा बढेको देखिन्छ भने ३० वटा लघुवित्तले खराब कर्जा घटाएका छन् । यस अवधिमा वीन नेपाल लघुवित्तको खराब कर्जा सबैभन्दा धेरै बढेको छ । गत पुससम्म वीन नेपाल लघुवित्तको खराब कर्जा १३८.६९ प्रतिशत बढेर ६.२३ प्रतिशत बिन्दुमा पुगेको हो । जबकि गत वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा २.६१ प्रतिशत बिन्दुमात्रै थियो ।
यस्तै, स्वस्तिक लघुवित्तको १३२.८७ प्रतिशत बढेर ८.५ प्रतिशत बिन्दु, इन्फिनिटी लघुवित्तको ९८.९८ प्रतिशत बढेर ९.८५ प्रतिशत बिन्दु, युनिक नेपाल लघुवित्तको ६१.२९ प्रतिशत बढेर १६ प्रतिशत बिन्दु, हिमालयन लघुवित्तको ५६.५४ प्रतिशत बढेर ५.६२ प्रतिशत बिन्दु, फस्र्ट माइक्रोफानान्स लघुवित्तको ५४.७० प्रतिशत बढेर ४.४४ प्रतिशत बिन्दु, जीवन विकास लघुवित्तको ५४.५७ प्रतिशत बढेर ४.५६ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ ।
यस्तै, आरएसडीसी लघुवित्तको ४८.९० प्रतिशत बढेर २.७१ प्रतिशत बिन्दु, उपकार लघुवित्तको ४६.०९ प्रतिशत बढेर ४.१२ प्रतिशत बिन्दु, नेष्डो समृद्ध लघुवित्तको ३८.७६ प्रतिशत बढेर १६.६१ प्रतिशत बिन्दु, समता घरेलु लघुवित्तको ३०.०६ प्रतिशत बढेर ७.८३ प्रतिशत बिन्दु, मातृभूमि लघुवित्तको २९.४३ प्रतिशत बढेर ९.६३ प्रतिशत बिन्दु, साना किसान विकास लघुवित्तको १३.५ प्रतिशत बढेर २.२७ प्रतिशत बिन्दु, सपोर्ट लघुवित्तको १२.९८ प्रतिशत बढेर १.७४ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको तथ्याङ्क छ ।
पुससम्मको तथ्याङ्क अनुसार धौलागिरी लघुवित्तको ११.५६ प्रतिशत बढेर ५.५ प्रतिशत बिन्दु, स्वाभिमान लघुवित्तको १०.६७ प्रतिशत बढेर ३.४२ प्रतिशत बिन्दु, मिथिला लघुवित्तको ८.५० प्रतिशत बढेर ४.८५ प्रतिशत बिन्दु, विजय लघुवित्तको ५.६९ प्रतिशत बढेर ८.३५ प्रतिशत बिन्दु, महुली लघुवित्तको ५.३८ प्रतिशत बढेर ४.८९ प्रतिशत बिन्दु, आत्मनिर्भर लघुवित्तको ४.५७ प्रतिशत बढेर १५.०९ प्रतिशत बिन्दु र समाज लघुवित्तको १.६५ प्रतिशत बढेर ४.९ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको हो ।
३१ लघुवित्तले घटाए खराब कर्जा
समीक्षा अवधिमा ३१ वटा लघुवित्त संस्थाहरूले भने खराब कर्जा घटाएका छन् । जसमध्ये सामुदायिक लघुवित्तको खराब कर्जा ६६.६२ प्रतिशत घटेर ४.८९ प्रतिशत बिन्दुमा झरेको छ । जबकी गत वर्षको पुसमा लघुवित्तको खराब कर्जा १४.६५ प्रतिशत बिन्दुमा थियो ।
यस्तै, महिला लघुवित्तको ६२.४२ प्रतिशत घटेर १.८६ प्रतिशत बिन्दु, सीर्जनशील लघुवित्तको ६१.५७ प्रतिशत घटेर ६.९७ प्रतिशत बिन्दु, ग्रामीण विकास लघुवित्तको ४६.९९ प्रतिशत घटेर ४.१५ प्रतिशत बिन्दु, अभियान लघुवित्तको ४२.२५ प्रतिशत घटेर ४.१४ प्रतिशत बिन्दु, डिप्रोक्स लघुवित्तको ४१.४९ प्रतिशत घटेर ६.०९ प्रतिशत बिन्दुमा खराब कर्जा झरेको छ ।
पुससम्मको तथ्याङ्क अनुसार आरम्भ चौतारी लघुवित्तको ३७.२८ प्रतिशत घटेर २.९१ प्रतिशत बिन्दु, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ३०.६० प्रतिशत घटेर ५.३५ प्रतिशत बिन्दु, स्वाबलम्बन लघुवित्तको २७.११ प्रतिशत घटेर ८.२८ प्रतिशत बिन्दु, मानुषी लघुवित्तको २५.९४ प्रतिशत घटेर ५.८५ प्रतिशत बिन्दु, सूर्योदय वोमी लघुवित्तको २५.८८ प्रतिशत घटेर ५.४४ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् ।
गुराँस लघुवित्तको २५.८५ प्रतिशत घटेर २.७८ प्रतिशत बिन्दु, जनउत्थान सामुदायिक लघुवित्तको २५.७९ प्रतिशत घटेर ५.८४ प्रतिशत बिन्दु, एनएमबि लघुवित्तको २४.०७ प्रतिशत घटेर ५.९६ प्रतिशत बिन्दु, नाडेप लघुवित्तको १९.६७ प्रतिशत घटेर ८ प्रतिशत बिन्दु, निर्धन उत्थान लघुवित्तको १९.६५ प्रतिशत घटेर ९.४ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् ।
यस्तै, नेशनल लघुवित्तको १८.७१ प्रतिशत घटेर ३.०४ प्रतिशत बिन्दु, उन्नति सहकार्य लघुवित्तको १५.८५ प्रतिशत घटेर ४.८३ प्रतिशत बिन्दु, स्वरोजागर लघुवित्तको १४.४३ प्रतिशत घटेर ५.०४ प्रतिशत बिन्दु, लक्ष्मी लघुवित्तको १२.०४ प्रतिशत घटेर ८.४७ प्रतिशत बिन्दु, गणपति लघुवित्तको ११.३७ प्रतिशत घटेर ४.१३ प्रतिशत बिन्दुमा खराब कर्जा कायम राखेका छन् ।
सीवाईसी नेपाल लघुवित्तको ८.८० प्रतिशत घटेर ४.३५ प्रतिशत बिन्दु, छिमेक लघुवित्तको ७.७९ प्रतिशत घटेर २.७२ प्रतिशत बिन्दु, नेरुडे मिर्मिरे लघुवित्तको ४.०७ प्रतिशत घटेर ८.४७ प्रतिशत बिन्दु, कालिका लघुवित्तको ३.११ प्रतिशत घटेर ४.६७ प्रतिशत बिन्दु, एनआईसी एशिया लघुवित्तको २.८३ प्रतिशत घटेर १३.३७ प्रतिशत बिन्दु, ग्लोबल आइएमई लघुवित्तको २.६१ प्रतिशत घटेर ४.१ प्रतिशत बिन्दुमा एनपीएल रहेको तथ्याङ्क छ ।
यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तको १.१४ प्रतिशत घटेर ७.७८ प्रतिशत बिन्दु, सम्पदा लघुवित्तको ०.८६ प्रतिशत घटेर ४.५६ प्रतिशत बिन्दु, आशा लघुवित्तको ०.२० प्रतिशत घटेर ४.९२ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् ।
नेपाल राष्ट्र बैंकले खराब कर्जा बढी भएका संस्थालाई निरन्तर निरीक्षण गरिरहेको हुन्छ । खराब कर्जा बढी भएका संस्थालाई राष्ट्र बैंकले नजिकबाट निरीक्षण गरिरहेको हुन्छ । जुन संस्थाको खराब कर्जा बढी छ, त्यो संस्थालाई भन्दा पनि बढी चिन्ता चासो हुने गरेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
खराब कर्जाको सीमा नतोकेको भएपनि शीघ्र सुधारात्मक कारवाही (पीसीए)का आधारमा कारवाहीमा पर्ने गरेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेल बताउँछन् ।
खराब कर्जा १० प्रतिशत भएपनि अन्य सूचकमा संस्था राम्रोसँग सञ्चालन भइरहेको छ भने त्यस्ता संस्थालाई कारवाही हुँदैन । तर, विशेष कारणले असुल नभएर केही समयमा कर्जा असुली हुने देखिन्छ भने संस्थालाई समस्या भएको मानिँदैन ।