नेपाली बजारमा सामसङको नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, मूल्य १ लाख १३ हजार

<p>काठमाडौं । सामसङ नेपालल बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । यो रेफ्रिजेरेटरमा अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट ऊर्जासञ्चय र स्टाइलिस डिजाइन छ । बिस्पोकको विशेष फ्ल्याट डोर डिजाइन आधुनिक किचनको लागि उत्तम विकल्प हो । एआई इनर्जी मोड, स्मार्टथिङ्ग कनेक्सन, कन्भर्टएबल फाइभ–इन–वान मोडहरू र ट्वीन कुलिङ प्लस जस्ता एडभान्स फिचरहरू रहेका छन् । [&hellip;]</p>

काठमाडौं । सामसङ नेपालल बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । यो रेफ्रिजेरेटरमा अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट ऊर्जासञ्चय र स्टाइलिस डिजाइन छ ।

बिस्पोकको विशेष फ्ल्याट डोर डिजाइन आधुनिक किचनको लागि उत्तम विकल्प हो ।

एआई इनर्जी मोड, स्मार्टथिङ्ग कनेक्सन, कन्भर्टएबल फाइभ–इन–वान मोडहरू र ट्वीन कुलिङ प्लस जस्ता एडभान्स फिचरहरू रहेका छन् ।

एआई इनर्जी मोडले स्मार्ट एल्गोरिदमको प्रयोग गरी ऊर्जा खपतलाई अनुकूल बनाउने सामसुङ नेपालले जनाएको छ । साथै यसले १० प्रतिशतसम्म ऊर्जाको बचत गर्ने पनि जनाइएको छ ।

यसमा नर्मल, सिजनल, एक्स्ट्रा फ्रिज, भेकेसन र होम अलोन् गरी आवश्यकता अनुसार प्रयोग गर्न मिल्ने पाँच भिन्न मोडहरू छन् ।

ट्वीन कुलिङ प्लस प्रविधिले रेफ्रिजेरेटर र फ्रिजरका लागि अलग–अलग कुलिङ सिस्टम प्रयोग गर्छ, जसले आद्र्रता कायम राख्दै गन्धहरू मिसिनबाट रोक्छ । यसले ७० प्रतिशतसम्म आद्र्रता कायम राख्न मद्दत गर्ने भएकाले गर्मीको समयमा पनि फ्रिजमा स्टोर गरिएको फलफूल र तरकारीहरू लामो समयसम्म ताजा रहन्छन् ।

स्मार्टथिङ्ग एपमार्फत रेफ्रिजेरेटरलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । ऊर्जा खपत ट्र्याक गर्ने, तापक्रम मिलाउने वा रियल–टाइम नोटिफिकेसन प्राप्त गर्ने सबै कार्यहरू स्मार्टफोनबाट सहजै गर्न सकिन्छ ।

नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर ३९६ लिटर र ४१९ लिटर क्यापासिटीका दुई भेरियन्टमा उपलब्ध छन् । यसको मूल्य १ लाख १२ हजार ९९० बाट सुरु छ भने अहिले रहेको विशेष छुट अफरद्वारा १ लाख १ हजारमै खरिद गर्न सकिन्छ ।

यो अफर सीमित अवधिको लागि मात्र लागु गरिएको छ ।

Share News