
काठमाडौं । सोमबारयता नेप्सेमा ओरालो लाग्ने क्रम जारी छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार बुधबार नेप्से २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा कायम भएको थियो ।
बुधबार नेप्से परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आज ३०८ स्टकको एक लाख १ हजार ६०३ पटक कारोबारमा २ करोड ३३ लाख ४३ हजार २०१ सेयर खरिदबिक्री हुँदा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँको कारोबार भएको छ ।
आज गार्डियन माइक्रो लाइफ इन्स्यारेन्स र समाज लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीहरूको सेयरमा १० प्रतिशतले सर्किट लागेको छ । त्यस्तै, ग्रिन डेपलपमेन्ट बैंकको सबैभन्दा धेरै ६.८४ प्रतिशत घटेको छ ।
आज व्यापारबाहेक बाँकी उपसमूहको परिसूचक घटेका छन् । व्यापार ०.४३ प्रतिशतले बढेको छ । घटेका उपसमूहरूमा बैंकिङ १.०४, विकास बैंक १.३१, फाइनान्स १.५५, होटल तथा पर्यटन १.०५, हाइड्रोपावर ०.३७, लगानी १.२४, उत्पादन ०.९४, माइक्रोफाइनान्स ९.५० प्रतिशतले घटेको छ । त्यस्तै, अन्य ०.७६, निर्जीवन बीमा १.५१ र जीवन बीमा १.४५ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा आज हिमालयन रिइन्स्यारेन्सको सर्वाधिक ९६ करोड ७० लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल रिइन्स्यारेन्स कम्पनीको ९० करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, सगरमाथा जलविद्युत कम्पनीको ३० करोड ७९ लाख ४७ हजार, एनआरएन इन्फ्रास्ट्रक्चरको २९ करोड ७६ लाख, घलेम्दी हाइड्रोको २७ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।