एकैपटक ९ कम्पनीको लाखौं कित्ता सेयर बिक्रीमा, कम्पनी छानिछानि आवेदन दिन मिल्ने

<p>काठमाडौं । विभिन्न ९ कम्पनीको संस्थापक लाखौं सेयर बिक्रीमा राखिएको छ । पुँजी बजारमा सूचीकृत कम्पनीहरूका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । लक्ष्मी सनराइज बैंकका केही संस्थापक सेयरधनीहरूले १० लाख २४ हजार ६८५ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त [&hellip;]</p>

काठमाडौं । विभिन्न ९ कम्पनीको संस्थापक लाखौं सेयर बिक्रीमा राखिएको छ । पुँजी बजारमा सूचीकृत कम्पनीहरूका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।

लक्ष्मी सनराइज बैंकका केही संस्थापक सेयरधनीहरूले १० लाख २४ हजार ६८५ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र बिक्री नभए सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

यस्तै, कामना सेवा विकास बैंकले संस्थापक समूहको ९७ हजार ७९३ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले फागुन २८ गतेभित्र आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक समूहको ८० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २११ सय रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले फागुन २७ गतेभित्र आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनी रामहरी केसीले १५ हजार २०७ कित्ता, जीवन ज्याति श्रेष्ठले ३ हजार ६७ कित्ता र नारायण बहादुर गुरुङले २४ हजार ८५२ कित्ता गरी कुल ४३ हजार १२६ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यस्तै, कुमारी बैंकका केही संस्थापक सेयरधनीले २ हजार ९३६ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र बिक्री नभए सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल छ ।

यस्तै, गोर्खाज फाइनान्सका संस्थापक सेयरधनी विजय बहादुर राउतले ५ हजार ५१४ कित्ता र रन्जित थाङ्देन लिम्बुले ३ हजार ५ सय कित्ता गरी कुल ९ हजार कित्ता सेयर बिक्रीमा राखेका छन् । फाइनान्सको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र बिक्री नभए सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने फाइनान्सले जनाएको छ ।

यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका केही संस्थापक सेयरधनीहरूले १५ लाख ६३ हजार ४८५ कित्ता सेयर बिक्रीमा राखेका छन् । कम्पनीको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र बिक्री नभए सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

यस्तै, छिमेक लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी चोलराज शर्माले ५० हजार कित्ता, अर्जन पन्तले ३० हजार कित्ता र अभय बहादुर शाहले २० हजार कित्ता गरी कुल १ लाख कित्ता सेयर बिक्रीमा राखेका छन् । लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको छ । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र बिक्री नभए सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिनेछ ।

यस्तै, सूर्याेदय वोमी लघुवित्तका संस्थापक सेयरधनी कृति अधिकारीले १५ हजार कित्ता सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र बिक्री नभए सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिनेछ ।

 

Share News