स्वरोजगार लघुवित्तको एफपीओे खरिद गर्ने आज अन्तिम दिन

<p>काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओेमा आवेदन दिने आज फागुन २१ गते अन्तिम दिन रहेको छ । फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको लघुवित्तको एफपीओमा आजसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ९५ हजार ७७३ [&hellip;]</p>

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओेमा आवेदन दिने आज फागुन २१ गते अन्तिम दिन रहेको छ । फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको लघुवित्तको एफपीओमा आजसम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ९५ हजार ७७३ कित्ता सेयर बिक्री खुला गरेको हो । लघुवित्तको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ बिक्रीपश्चात् लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट लघुवित्तको सेयरमा आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Share News