काठमाडौं । बिजबेल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । यसैक्रममा प्रभु क्यापिटलको कर्पोरेट एडभाइजरी सर्भिस अन्तर्गत उक्त कम्पनीले सम्झौता गरेको छ ।
यो सम्झौताले बिजबेल लिमिटेडको लागि रोड टु आइपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) प्रक्रियामा एउटा प्रमुख कोसेढुङ्गाको रूपमा काम गर्ने जनाइएको छ ।
हाइड्रो इम्पायर प्रालिका अध्यक्ष काजी लामाको उपस्थितिमा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक आशिस गौचन र बिजबेल लिमिटेडका संस्थापक सुशील पोखरेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाको पनि उपस्थिति थियो ।
यस सम्झौता अन्तर्गत प्रभु क्यापिटलले बिजबेल लिमिटेडलाई प्रि–आईपीओ र आईपीओ सम्बन्धी सेवाहरूसहित सल्लाहकार सेवाहरू प्रदान गर्नेछ । यी सेवाहरूले पूँजी संरचना र मूल्य निर्धारण योजना, प्रि–आईपीओ इक्विटी बृद्धि, बजार योग्यता, आईपीओ तयारी, र इश्यू व्यवस्थापन जस्ता महत्वपूर्ण क्षेत्रहरू समेट्नेछन्, जसले बिजबेल लिमिटेड आईपीओ प्रक्रियाको लागि पूर्ण रूपमा तयार छ भनी सुनिश्चित गर्नेछ ।
कम्पनीसँग नवीकरणीय ऊर्जा परियोजनाहरूमा १००० मेगावाटको बलियो पोर्टफोलियो छ । त्यस्तै एक अग्रणी मर्चेन्ट बैंकको रुपमा स्थापित प्रभु क्यापिटल लिमिटेड नेपालमा लगानी बैंकिङ सेवा प्रदान गर्ने कम्पनीका रुपमा परिचित छ ।