मौद्रिक नीतिको समीक्षापछि चम्कियो सेयर बजार, १८६ कम्पनीको मूल्य बढ्दा साढे ११ अर्बको कारोबार

<p>काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.१५ अंकले बढेर २८१५ बिन्दुमा पुगेको छ । आज १८६ कम्पनीको मूल्य बढ्दा ५२ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३०० कम्पनीको २ करोड ६१ लाख कित्ता सेयर किनबेच [&hellip;]</p>

काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.१५ अंकले बढेर २८१५ बिन्दुमा पुगेको छ ।

आज १८६ कम्पनीको मूल्य बढ्दा ५२ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बिहीबार ३०० कम्पनीको २ करोड ६१ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ९६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, नेपाल रिइन्स्योरेन्सको ७६ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४६ करोड, सिङगटी हाइड्रो इनर्जीको २४ करोड र कुमारी बैंकको २० करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बिहीबार सेयर बजारका सबै सेक्टर बढेका छन् । बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशत बढेको छ । बैंकिङ पछि उत्पादन सेक्टर २.९१ प्रतिशतले बढेको छ । व्यापार १.२०, अन्य १.०१, निर्जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.९१, जीवन बीमा ०.८१, लगानी १.२५, हाइड्रोपावर १.८०, होटल तथा पर्यटन १.१२, फाइनान्स ०.२८ र विकास बैंक समूह १.५३ प्रतिशतले बढेको छ ।

मौद्रिक नीतिको समीक्षाले सेयर बजारका लागि खासै सन्तोषजनक नीति नल्याए पनि सेयर लगानीकर्ता खुसी हुँदा कारोबार गर्दा रकम बढेको हो । नेपाल राष्ट्र बैंकले समीक्षामार्फत् असल कर्जाको कर्जा नोक्सानी अनुपातलाई १ प्रतिशत कायम गरेको थियो । यसले बैंकको आम्दानी बढ्ने धेरैको अपेक्षा छ ।

Share News