काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा एकल अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा पुगेको छ ।
आज ९० कम्पनीको मूल्य बढ्दा १४५ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
सोमबार ३१० कम्पनीको २ करोड ११ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ८९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
साथै नेपाल रिइन्स्योरेन्सको ८० करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको ४४ करोड, घलेम्दी हाइड्रोपावरको ३८ करोड र सीइडीबी होल्डिङको ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।