नेरुडे मिर्मिरे लघुवित्तबाट ११ जना संस्थापक बाहिरिँदै, २८० रुपैयाँमै फर्स्ट माइक्रोफाइनान्सको सेयर

<p>काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट ११ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । ११ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्री गरेर लघुवित्त संस्थाबाट बाहिरिने भएका हुन् । लघुवित्तका अनुसार संगिता खेतानले आफ्नो नाममा रहेको ४ हजार ५०८ कित्ता, कोपिला राईले १ लाख कित्ता, गुप्तलाल मण्डल राजबंशीले [&hellip;]</p>

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट ११ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । ११ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्री गरेर लघुवित्त संस्थाबाट बाहिरिने भएका हुन् ।

लघुवित्तका अनुसार संगिता खेतानले आफ्नो नाममा रहेको ४ हजार ५०८ कित्ता, कोपिला राईले १ लाख कित्ता, गुप्तलाल मण्डल राजबंशीले २५ हजार कित्ता, संजय कुमार श्रेष्ठले ६० हजार कित्ता, एनआरएन इन्फ्रास्टक्चर एण्ड ।डेभलपमेन्टले ७४ हजार १०६ कित्ता, राम प्रसाद दाहालले ९ हजार ९ सय कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

यस्तै, ओमकार कृष्ण बजिमयले १ हजार ७२ कित्ता, शिशिर आचार्यले १ हजार ६३० कित्ता, सरोजा फुयलले ३० हजार कित्ता, गणेश प्रसाद आचार्यले २५ हजार कित्ता र जनु शर्माले ३० हजार कित्ता सेयर बिक्रीमा राखेको लघुवित्तले जनाएको छ ।

यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी मधुसुधन राज दाहालले आफ्नो नाममा रहेको २ लाख १७ हजार ७१४ कित्ता सेयर बिक्रीमा राखेका छन् । लघुवित्तको उक्त सेयरको मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ ।

लघुवित्तको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।

 

Share News