त्रिशक्ति सेक्युरिटिजले ललितपुरमा खोल्यो शाखा कार्यालय

<p>काठमाडौं । त्रिशक्ति सेक्युरिटिज लिमिटेडले आफ्नो ५औं शाखा कार्यालय ललितपुरको जावलाखेलमा आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी शुभारम्भ गरेको छ । नेपाल स्टक एक्सचेन्जका अध्यक्ष शोभाकान्त पौडेलले शाखा कार्यालयको उद्घाटन गरे । उनले सेयर बजारको जोखिम तथा प्रतिफलको बारेमा प्रकाश पार्दै सुनिश्चित भई लगानी गर्नुपर्ने बताउनुको साथै नेपालमा पुँजी बजारको धेरै सम्भाव्यता रहेको र क्रमशः [&hellip;]</p>


काठमाडौं । त्रिशक्ति सेक्युरिटिज लिमिटेडले आफ्नो ५औं शाखा कार्यालय ललितपुरको जावलाखेलमा आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी शुभारम्भ गरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अध्यक्ष शोभाकान्त पौडेलले शाखा कार्यालयको उद्घाटन गरे ।

उनले सेयर बजारको जोखिम तथा प्रतिफलको बारेमा प्रकाश पार्दै सुनिश्चित भई लगानी गर्नुपर्ने बताउनुको साथै नेपालमा पुँजी बजारको धेरै सम्भाव्यता रहेको र क्रमशः धेरै कुराको विकास भइरहेको जानकारी गराए ।

उनले हाल पुँजी बजारको विकासमा ब्रोकर कम्पनीहरूको योगदान उल्लेखनीय रहेको बताए ।

विशेष अतिथि वडा न. ०५ का अध्यक्ष विकाशमान श्रेष्ठले कम्पनीको प्रगतिको शुभकामना दिँदै आवश्यक सहयोगको लागि तत्पर रहेको बताए ।

कम्पनीले यसअघि पुतलीसडक केन्द्रीय कार्यालयका अतिरिक्त पोखरा, महेन्द्रनगर, हेटौंडाबाट डिम्याट, टीएमएसलगायतमा सेयर कारोबारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News