काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले १ः१ को अनुपातमा साविकका सेयरधनीलाई प्रति सेयर १०० रुपैयाँ दरको ६० लाख कित्ता बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।
सेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
कालिञ्चोक दर्शन लिमिटेडको रजिष्टर्ड कार्यालयमा आइतबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल कालिञ्चोक दर्शनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) बालकृष्ण शिवाकोटीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।