दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, ३ सय बढी कम्पनीको १५० बढी स्टल

<p>काठमाडौं । १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीको शुभारम्भ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गरेका थिए। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा यो प्रदर्शनीको आयोजना गरेका हुन् ।प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी कम्पनीहरूको [&hellip;]</p>

काठमाडौं । १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीको शुभारम्भ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गरेका थिए।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा यो प्रदर्शनीको आयोजना गरेका हुन् ।प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी कम्पनीहरूको १५० बढी स्टल राखिएको छ ।

प्रदर्शनीमा निर्माण व्यवसायसम्बन्धी उत्पादन र नवीनतम प्रविधि राखिएको छ । निर्माण क्षेत्रमा आएका नयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी सुरु गरिएको हो ।

‘कन्स्ट्रक्सन मेटेरियल्स’, ‘कन्स्ट्रक्सन मेसिनरी’, ‘प्रिफ्याब स्ट्रक्चर’, ‘युपिभिसी विन्डोज मेसिनरी’, ‘युपिभिसी प्रोफाइल’, ‘डोर्स एन्ड विन्डोज’, ‘आर्किटेक्चर हार्डवेयर’, ‘बाथरुम फिटिङ्स’, ‘पाइप, टायल्स एन्ड स्यानिटरी वायर’, ‘रफिङ’, ‘प्री इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स’, ‘विन्डोज’लगायतका सामग्रीहरू प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनी फागुन ११ गतेसम्म जारी रहने आयोजकले जनाएको छ । ४० देखि ४५ हजार दर्शकले प्रदर्शनी अवलोकन गर्ने विश्वास आयोजकको छ ।

Share News