काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि कर्मचारी मागेको छ । टेलिकमले विभिन्न पदका लागि ६९ जना कर्मचारीका लागि विज्ञापन खुलाएको हो ।
खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले दरखास्त आह्वान गरेको हो । टेलिकमले पप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त दिन आह्वान गरिएको छ ।
योग्य उम्मेदवारले वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् । आवेदन दिने म्याद यही फागुन २९ गतेसम्म छ । त्यसपछि दोब्बर परीक्षा दस्तुर तिरेर चैत ७ गतेसम्म दरखास्त दिन सकिने छ ।