थ्री एक्स थ्री कर्पोरेट बास्केटबल सिजन- २ को शीर्ष प्रायोजक ‘भाटभटेनी सुपरमार्केट’

<p>काठमाडौं । गेटसेटगेम-एरोस सोलुसन प्रालिको खेल व्यवस्थापन शाखाले भाटभटेनी सुपरमार्केट थ्री एक्स थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता घोषणा गरेको छ । प्रतियोगिता फागुन १७-१८ गते मम्बा स्पाेर्ट्स सेन्टर, काठमाडौंमा आयोजना हुनेछ । १६ कर्पोरेट टोलीहरू लिग-कम-नकआउट ढाँचामा प्रतिस्पर्धा गर्दै उपाधि जित्न मैदानमा उत्रनेछन् । गत वर्षका विजेता इजी सर्भिसेज र उपविजेता भाटभटेनी सुपरमार्केट पुनः आफ्नो उपाधि [&hellip;]</p>

काठमाडौं । गेटसेटगेम-एरोस सोलुसन प्रालिको खेल व्यवस्थापन शाखाले भाटभटेनी सुपरमार्केट थ्री एक्स थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता घोषणा गरेको छ ।

प्रतियोगिता फागुन १७-१८ गते मम्बा स्पाेर्ट्स सेन्टर, काठमाडौंमा आयोजना हुनेछ ।

१६ कर्पोरेट टोलीहरू लिग-कम-नकआउट ढाँचामा प्रतिस्पर्धा गर्दै उपाधि जित्न मैदानमा उत्रनेछन् । गत वर्षका विजेता इजी सर्भिसेज र उपविजेता भाटभटेनी सुपरमार्केट पुनः आफ्नो उपाधि बचाउन फर्कँदैछन् ।

एरोस सोलुसनका प्रबन्ध निर्देशक राजजङ्ग थापा भाटभटेनी सुपरमार्केटलाई शीर्ष प्रायोजकको रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

यस प्रतियोगिताका थप साझेदार प्रायोजकहरू- पेपे पिज्जा ‘फुड पार्टनर’, ऊप्स, आइ लाइक इट ‘मनोरञ्जन पार्टनर’, मम्बा स्पोट्र्स सेन्टर ‘कोर्ट पार्टनर’ र ह्याम्स अस्पताल ‘मेडिकल पार्टनर’ रहेका छन् ।

सबै कर्पोरेट संस्थाहरूलाई आफ्नो टिम दर्ता गर्न र आफ्नो बास्केटबल सीप प्रदर्शन गर्न आमन्त्रण गरिएको छ ।

सीटहरू पहिलो दर्ता, पहिलो प्राथमिकता आधारमा उपलब्ध गराइनेछ । टिम दर्ता मिति फेब्रुअरी २४ मा बन्द हुने जनाइएको छ । दर्ताका लागि गेटसेटगेम नेपालका सामाजिक सञ्जाल पेजहरू भ्रमण गर्न सकिन्छ ।

गेटसेटगेम- एरोस सोलुसनको खेल व्यवस्थापन शाखा हो, जसले सफल खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

Share News