
काठमाडौं । विश्वव्यापी निर्माण तथा भारी उपकरण निर्माता जेसीबीले नेपालमा नयाँ एनएक्सटी सिरिज एक्स्काभेटर सार्वजनिक गरेको छ ।
जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटर नेपाली बजारमा ल्याएको हो ।
यी दुवै एक्स्काभेटरहरू उच्च इन्धन दक्षता र कम मर्मत खर्चलाई ध्यानमा राखी डिजाइन गरिएका छन् । नेपालमा जेसीबीका यी नयाँ मेसिनहरू एमएडब्ल्यू अर्थमुभर्स (जेसीबीको नेपालका लागि आधिकारिक डिलर) मार्फत उपलब्ध हुने जनाइएको छ ।
जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर
यस मेसिनले १४ प्रतिशत इन्धन खपत घटाउने र ५ प्रतिशत बढी उत्पादकत्व दिने क्षमता राख्छ । यसमा स्वचालित इन्जिन आइडल स्टप फिचर छ, जसले अनावश्यक इन्धन खपत हुनबाट जोगाउँछ ।

जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटर
आफ्नो श्रेणीमा सबैभन्दा बढी इन्धन दक्ष र उत्पादक एक्स्काभेटरमध्ये एक हो । यसको इन्लाइन एफआईपी इन्जिन प्रणालीले मर्मत सजिलो बनाउँछ र सञ्चालन खर्च घटाउँछ ।
अघिल्लो मोडेलको तुलनामा ५ प्रतिशत बढी इन्धन दक्ष र ६ प्रतिशत बढी उत्पादक रहेको छ ।
यसमा १० हजार घण्टा वा ५ वर्षको वारेन्टी प्रदान गरिएको छ ।
यी एक्स्काभेटरहरूको उच्च इन्धन दक्षता जेसीबीको अत्याधुनिक इन्टेलीफ्लो हाइड्रोलिक्स प्रविधिबाट सम्भव भएको हो ।
साथै इन्धन खपतको वास्तविक–समय डेटा मेसिनको अनबोर्ड स्क्रिन वा जेसीबीको लाइभलिन्क रिमोट मनिटरिङ प्रणालीमार्फत उपलब्ध हुने जनाइएको छ ।

विष्णुकुमार अग्रवाल ।
जेसीबीको नेपालमा लगानी र प्रतिबद्धता
जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा म्यानेजिङ डिरेक्टर दीपक शेट्टीले नेपाल दक्षिण एसियामा नेपाल प्रमुख बजार रहेको बताए ।
उनले भने, ‘दक्षिण एसियामा नेपाल हामीहरूका लागि प्रमुख बजार हो । देश निर्माण तथा पूर्वाधार क्षेत्रमा तीव्र प्रगति गर्दैछ । जसले जेसीबीका उत्पादनहरूका लागि ठूलो सम्भावना देखाउँछ । नेपालमा प्रविधिमैत्री उत्पादनहरू ल्याउन हामी प्रतिबद्ध छौं ।’

दीपक शेट्टी ।
एमएडब्ल्यू अर्थमुभर्सका डिलर प्रमुख विष्णु अग्रवालले जेसीबीका मेसिनहरू ग्राहकको ध्यानमा राखी डिजाइन गरिएको जानकारी दिए ।
एमएडब्ल्यूले विगत २० वर्षदेखि जेसीबीका मेसिनहरू बिक्री गर्दै आएको छ । यसका नेपालभरि ३३ वटा आउटलेटहरू छन् ।
हालसम्म ११ हजार प्लस जेसीबी मेसिनहरू बिक्री भइसकेका छन् ।
जेसीबीको बारेमा
जेसीबी जसको पूरा नाम जोशेफ सिरिल बामफर्ड हो । यो एक ब्रिटिश कम्पनी हो जसले मुख्य रूपमा निर्माण, कृषि र उद्योगहरूका लागि भारी उपकरणहरू बनाउँछ । यसको स्थापना स्थापना १९४५ मा जोशेफले गरेका थिए । यो कम्पनी विश्वभर प्रसिद्ध छ र यसले विभिन्न प्रकारका उपकरणहरू जस्तै एक्साभेटर, लोडर, बुलडोजर र टेलीह्यान्डलरहरू उत्पादन गर्दै आइरहेको छ ।