सलिको र इनड्राइभबीच सम्झौता, इनड्राइभ प्रयोगकर्तालाई ८ लाखसम्मको दुर्घटना बीमा

<p>काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । उक्त बीमा योजनाले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहित सुरक्षित यात्रा सुनिश्चित गर्ने लक्ष्य राखेको छ । सम्झौतामा इनड्राइभ नेपालका कम्पनी प्रतिनिधि रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर [&hellip;]</p>

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।

उक्त बीमा योजनाले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहित सुरक्षित यात्रा सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

सम्झौतामा इनड्राइभ नेपालका कम्पनी प्रतिनिधि रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार दुर्घटनाबाट मृत्यु भएमा ८ लाख  रूपैयाँ क्षतिपूर्ति हुनेछ भने  पूर्ण स्थायी अशक्तता भएमा ८ लाख भुक्तानी हुनेछ। त्यस्तै औषधोपचार खर्चका लागि ८० हजारसम्म सहयोग हुनेछ भने  नाबालिग यात्रुहरूको हकमा क्षतिपूर्ति रकमको ५० प्रतिशत भुक्तानी हुनेछ ।

यसैगरी नाबालिक यात्रुहरूको हकमा क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ ।

साथै बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभागमार्फत दाबी गरि लिन सक्नेछन् ।

उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरूले सरल र सहज रूपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।

Share News