स्पीड फेस्ट २०२५ फागुन ३ गते हुँदै, नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल उत्सव हुने दावी

<p>काठमाडौं । स्पीड फेस्ट २०२५ मा ७० भन्दा बढी सुपरबाइकको विशेष प्रदर्शनी हुने भएको छ । फागुन ३ गते एलिस रिसेप्सन, बालुवाटारमा आयोजना हुन लागेको हो । साथै यस स्पीड फेस्टमा बजाज, केटीएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहने आयोजकले जनाएको छ । यी मोटरसाइकलहरू आफ्नो उत्कृष्ट प्रदर्शन, पावर र नयाँ प्रविधिका कारण बाइकप्रेमीहरूमाझ [&hellip;]</p>

काठमाडौं । स्पीड फेस्ट २०२५ मा ७० भन्दा बढी सुपरबाइकको विशेष प्रदर्शनी हुने भएको छ ।

फागुन ३ गते एलिस रिसेप्सन, बालुवाटारमा आयोजना हुन लागेको हो ।

साथै यस स्पीड फेस्टमा बजाज, केटीएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहने आयोजकले जनाएको छ ।

यी मोटरसाइकलहरू आफ्नो उत्कृष्ट प्रदर्शन, पावर र नयाँ प्रविधिका कारण बाइकप्रेमीहरूमाझ लोकप्रिय छन् । कार्यक्रमले मोटरसाइकल उत्साहीहरूका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेमा आयोजक विश्वस्त छ ।

स्पीड फेस्ट २०२५ नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल उत्सव हुने आयोजकले बताएका छन् जसमा हजारौं मोटरसाइकल प्रेमी र उद्योगी व्यवसायीहरुको सहभागिता रहनेछ ।

कार्यक्रममा सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्‍याली, नयाँ मोडलको लन्च, टेस्ट राइड सेसन तथा नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति समेत समावेश रहेको छ ।

स्पीड फेस्ट २०२५ ले नेपालका मोटरसाइकल उत्साहीहरूलाई रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

 

Share News