२०८१ फागुन १ गते १५:१८ विकासन्युज
काठमाडौं । साताको चौंथो कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार ७६ कम्पनीको मूल्य बढ्दा १६२ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आज ३०२ कम्पनीको १ करोड ५८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै एनआरएन इन्फ्राइस्ट्रक्चरको भएको छ । एनआरएनको ३४ करोड १४ लाख बढीको कारोबार भएको हो ।
सीईडीडी होल्डिङ्गसको २६ करोड ८९ लाख, राधी विद्युत कम्पनीको २० करोड २९ लाख, सिन्धु विकास बैंकको १९ करोड ३० लाख, सेन्ट्रल फाइनान्सको १९ करोडको कारोबार भएको छ ।
आज ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । मातृभूमि लघुवित्त, कुमारी सबल योजना, गार्डियन माइक्रो लाइफ र पोखरा फाइनान्समा सकारात्मक सर्किट लागेको हो ।
न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
तीन उपसमूहबाहेक अन्य राताम्मे छन् । फाइनान्स सूचक १.८८, लगानी सूचक ०.५२ र माइक्रोफाइनान्स सूचक ०.१७ प्रतिशतले बढेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.